Ad Code

Responsive Advertisement

माइती चेली र तिहारको सम्बन्ध

रसुवा खबर वर्ष १, अंक ४, २०६७ कार्तिक १३ गते शनिवार
नेपाली समाजमा चार्डपर्वहरूले महत्व स्थापित गरिसकेका छन् । नेपालीहरूको पहिलो ठूलो पर्वको रूपमा रहेको बडादशैं सकिएको अनुभूति गर्न नपाउँदै तिहारको सांकेतिक किरण तपाइँ हाम्रो आँगनमा प्रवेश गर्दैछ । दशैंले आफूभन्दा अग्रजसँगको भेटघाटलाई महत्व राख्छ त तिहारले माइती चेलीको सम्बन्धलाई र्सार्थकता बनाएको छ । दाजु यमराज र बहिनी यमुनाको कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्मको सम्बन्धको कथालाई लिएर तिहारको सुरुवात भएको धार्मिक किंवदन्ती पाईन्छ । तिहार कृष्णपक्षमा पर्ने भएपनि झिलिमिली हुने भएकोले दीपावली र यमराज पाँच दिनसम्म बहिनी यमुनाको घरमा आरामका लागि बसेकोले तिहारलाई यमपञ्चकको नामले पनि चिनिन्छ । तिहार नजिक पर्दै आउँदा दाजुभाई र दिदी बहिनीको पनि सम्बन्ध नजिक रहन्छ । कागतिहार, कुकुरतिहार, गाइतिहार/लक्ष्मीपूजा, गोवर्द्धन पूजा, भाईटीका जस्ता शब्दहरू तिहारका विषेश संरचनात्मक आधारहरू हुन् । सेलरोटी खाँदै गाउँका दाजुभाई र दिदी बहिनी सम्मिलित देउसी र भैलोले अझ सामाजिक सद्भावलाई अँगाली रहेको हुन्छ । भाइपूजामा मखमली फूलको माला, दुवो, तीलको तेलको सम्बन्ध हुन्छ । दाजुभाईको जीवन मखमली फूल गाँसी माला लगाइदिएर दीर्घायुको लागि कामना गर्दछन् हाम्रा चेलीहरू । तीलको तेलको धाराले छेक्दा कहिल्यै पनि छेकेको धारा मेटिदैनन् भनिएको छ । तेलका धारा नसुकेसम्म दाजुभाइको उन्नती हुने आशामा चेलीले त्यसो गरेकी हुन्छिन् भनेर पनि अनुमान गर्न सकिन्छ ।


दशैं तिहारको महत्व जुन रूपमा विकास हुनुपर्ने हो, त्यति नभएको कुरा स्वीकार्य छ । मलाई लाग्छ, चार्डपर्वको संस्कृतिको विकास नहुनु यी पर्वहरूलाई हिन्दू अतिवादीहरूको पर्व भनिनु हो । के हिन्दूहरूले मात्र यो पर्व मानेका छन् - रसुवाकै कुरा गर्ने हो भनेपनि सबै रसुवावासीले तिहार मानेका छन् । तिहारका मान्यता फरक फरक होला वा तिहार कुनैमा केन्द्रित रहला त्यो प्राचीन मान्यताको आधारमा निर्धारित हुने कुरा हो । राष्ट्रियस्तरमा नै महत्व पाएका यस्ता पर्वको समुन्नत संरक्षण गर्न सकियो भने आर्थिक विकासमा पनि भूमिका खेल्न सक्छ ।

हामीले विभिन्न जातजाति विशेषका संस्कृति संरक्षणको विषयमा जनचासो बढेको पाएका छौं , तर हिन्दू मात्र नभई अन्य धर्ममा आस्थावान रहने धेरै धर्माम्वलीहरूले मनाएका चार्डपर्वको महत्व कम हुँदै आएको छ । तर सराहनीय पक्ष समूदायमा जे जस्ता परिवेश रहेका भएपनि सांगीतिक क्षेत्रमा यो संरक्षित छन् । हाम्रा स्थानीय स्तरमा पनि यसको संरक्षण गरिराख्नु पर्दछ । संघीयताको विकासको कुरा उठिरहँदा सांस्कृतिक विकासको कुरा पनि उठ्नु पर्दछ । पर्यटन वर्षकोशेढुङ्गा सावित हुनेछ भन्दै गर्दा पर्यटकीय विकाशका आधारहरू तय गरिनु पहिलो आवश्यकता हो । उद्यम, संस्कृति, हिमाल, वनजंगल, ताल, खोला जस्ता सम्पदाको विकास नै पर्यटकीय विकास हो ।

Post a Comment

0 Comments