Ad Code

Responsive Advertisement

नचम्केका आगोहरू

रसुवा खबर वर्ष १, अंक ८, २०६७ मंसिर १८ गते शनिवार
रसुवा खबर साप्ताहिकको प्रकाशनको पर्ूवार्द्धमा वा पहिलो अंकमा 'आवर्तन' स्तम्भ अर्न्तर्गत प्रधान सम्पादक पं नारायण देवकोटाले 'सेपिलामा बिलाएका रसुवाली स्रष्टाहरू' को विषय उठान गर्नुभएको थियो । त्यसैको लगत्तै सनर्राईज युथ क्लब, रूप्सेपानीले आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा जाँदा एउटा भर्खरैको माधव तिमल्सिना नामका रसुवाली स्रष्टा फुत्त कविता वाचन गर्न आईपुगेछन् । क्लबले बनाएको आकर्ष मञ्चबाट विभिन्न गीतहरूका प्रस्तुतीका मध्ये भागतिर साहित्यको सबैभन्दा जेठो विधा 'कविता' को प्रवेशले केही क्षण हाम्रा मन रमाए । कविता वाचन गरिसकेपछि ती भाई मञ्च बाहिर केही प्रफुल्ल मुद्रामा देखिए । केही मान्छेसँग ती भाई आफैं परिचय गर्दै थिए । म पनि ती भाइनिर पुगेँ । तिनको र मेरो पनि कुराकानी भयो । म रसुवा खबर पत्रिकाको मान्छे भनेपछि उनको एउटा साहित्यको कोसेली 'नचम्केका आगोहरू' मेरो हातमा थमाउँदै समीक्षा लेखिदिन अनुरोध गरे र मैले हुन्छ भनें । यस पहिला नै उनको त्यो कृति बजारमा कतै झुण्ड्याइएका थिए, विरलैले हेरेका थिए पसलमा बसेर तर उनको कृति कसैले पनि किनेका थिएनन् ।

पुस्तक समीक्षाको पर्खाइमा रहेका ती कलिला स्रष्टाको आग्रहलाई हाम्रा अखबारले सम्मान गर्नुपर्छ । आफ्नो सिर्जनालाई काव्यात्मक व्यवस्थापन गर्नु र अखबारमा प्रकाशन गर्नु उत्तिकै महत्व छ । साहित्यप्रेमीले सञ्चारको माया गर्ने र सञ्चारमाध्यमले साहित्यको माया गर्नुपर्छ । रसुवामा देखिएका कविको कृति हर्ेदा र कविको मुहार नियाल्दा सामान्य परिवार, गरिव बस्तीका धरातलमा उभिएका ती आँकुरामा अथाह साहित्यिक विम्वहरू छन् भन्ने आभास पाइन्छ । सेपिलामा बिलाएका छैनन्, तर उम्रदै गरेका कलिला विरूवा पलाउदै गर्दा सेपिन दिनुहुँदैन । 'रसुवाली कवि' भनेर उनको नामको पछाडि लेखिएको थियो । सानै उमेरमा ती स्रष्टामा निकै साहित्यिक तरंङ्गहरू रहेछन् । पुस्तकलाई हातमा लिँदा राजनीतिक भावनामा रहेको आभास पाइन्छ । कविमा दलीय प्रशिक्षण छ कि भन्ने पनि लाग्न सक्छ, तर कविको सिर्जना चेतनामूलक, व्यवहारिक र यथार्थपरक छन् । कुनै कविता, कुनै मुक्तत त कुनै गजलका रूपले पुस्तकमा प्रस्फुरण रहेको पाईन्छ । लघुकथा, मनोवाद, नाटक, हाइकु, ज्ञानमञ्च, चुट्कीलाजस्ता सिर्जना विधाहरू पुस्तकमा प्रस्तुत भएका छन् । पुस्तकका आधाआधी शर्ीष्ाकहरूबाट भने राजनीतिक बिम्ब प्राप्त गर्न सकिन्छ । तर राजनीतिक दलले ती कलिला मुनालाई साधनको रूपमा प्रयोग नगरोस् । र्सजगका रूपमा सम्मान गरोस् ।

तिमल्सिनाले कृतिका केही अंशबाट जनयुद्धका एक दशकमा देशमा देखिएको इन्द्रेणीलाई प्रतिबिम्बित गर्न खोजेका छन् भने केही प्रस्तुतीबाट चेतना प्रवाह गर्न खोजेका छन् । चर्चामा आएको जलवायु परिवर्तन, खँदिलो जनसंख्या, सामाजिक विकृति जस्ता विषयमा चेतनामूलक साहित्यिक प्रवाह गर्न पनि कवि सफल भएका छन् । 'रिमिक्स' शर्ीष्ाकमा छिमेकी देश भारतसँगको सम्बन्धको अर्थ जान्न मन लागेको कुरा र सीमा लुटिएको प्रतिबिम्ब गरेका छन् । राष्ट्रियताको विषयमा पनि कविले धेरै बुझेका रहेछन् । कवितामा अधिकारका कुरा पनि उठेका छन् । कुनै शब्दहरूलाई चाहिँ प्रयोग कम गर्दै जानुपर्ने देखिन्छ । 'उठ नारी उठ' भन्ने शर्ीष्ाक अर्न्तर्गत महिला अधिकारको विषयलाई उठाउन खोजिएको छ । तर सामाजिक तथा लैङ्गकि समानताको विषय प्रवाह गर्न जोड दिनर्ुपर्छ । राष्ट्रियमात्र नभई अन्तर्रर्ााट्रय विषयवस्तु पनि कवितामा पोखिएका छन् । कविको लक्ष्य आफैंले निर्धारण गरेका छन् । आफूलाई साहित्यकारकै रूपमा चिनाउनमा नै सबै र्समर्पण गर्नेर् इश्वरसँग पर््रार्थना गर्छन् । कविमार् इश्वरीय भक्ति पनि रहेको पाईन्छ । साहित्य सिर्जना गर्ने र यो धरातलमा दर्ुइ खुट्टा टेक्नको लागि रोजगारीको आवश्यकताको महशूस कविले गरेका छन् । कृतिमा शुद्धाशुद्धी गर्नुपर्ने धेरै देखिएका छन् । कम्प्युटरमा टाइप गर्दा कविको कविता अशुद्ध भएको अनुमान गर्न सकिन्छ ।

रसुवा जिल्ला धैबुङ गाविस १, बेतिनीमा २०५१ साल भदौ १५ गते जन्मिएका तिमल्सिनाको यो कृति बाहेक अन्य कृतिहरू पनि रहेछन् । केही काव्य प्रकाशित रूपमा त केही पाण्डुलिपीको रूपमा रहेका छन् । त्यो हत्यारेा विदेशतिर, नयाँ साहित्य वस्ती, रक्तिम देशभक्त जस्ता कृति छन् भनेर पुस्तकमा उल्लेख गरिएको छ । काठमाडौको सडकमा कविता गाउँदै गर्दा उनका काव्यलाई कलंकी- १४, काठमाडौका हेमकान्त पराजुलीले प्रकाशन गरिदिएका रहेछन् । रसुवाका कन्दरा र ढाँडमा उदाउँदै गरेका नवीन साहित्यप्रेमीको प्रतिभालाई पराजुलीले सम्मान गरेका छन् । पराजुलीको सराहनीय सहयोगले पराजुली जस्तै रसुवालीलाई घच्घच्याउँन सक्छ या सक्दैन, त्यो भविष्यले बताउला । हेमकान्त जस्तै धेरै पराजुलीहरूले रसुवाको साहित्यिक विकासमा सहयोग गरून् । तर माधव तिमल्सिना जस्ता अरू सेपिलामा बिलाएका रसुवाली स्रष्टाहरूलाई सन्देश जाओस् - सिर्जनामा थकाई नमारौं, तपाईले लेख्नुभयो भने सिर्जना र र्सजगको खोजी हुन्छ । अथाह साहित्यिक सम्भावना भएका माधव तिमल्सिनाको साहित्यिक प्रगतीको कामना छ । कक्षा १० मा अध्ययन गर्दै गरेका कविमा उच्च शिक्षामा नेपाली भाषा साहित्यको अध्ययन भयो भने रसुवामा साहित्यकार भनेर चिनिन सहयोग पुग्दछ । रसुवाको संस्कृति, प्राकृतिक सम्पदा, पर्यटकीय विकास, सामाजिक मेलमिलाप, द्वन्द्व रूपान्तरणका चेतना दिने खालको कोसेली सिर्जना गर्ने पाटोमा कविको पाइला अघि बढोस् । साहित्य सिर्जनाबाट समुन्नत समाज निर्माण गर्न सहयोग पुर्याओस् । कविमार्फ वातावरण संरक्षणमा चेतना प्रवाह गर्ने खालका सिर्जना प्रस्फुरण होस् । परिवर्तनको संवाहक बन्न कविलाई शुभकामना दिदैै जलवायु परिवर्तनको विषयमा चित्रण गर्न खोजिएको कविको यो गजलका साथ जदौ !

ओजन तहको प्वालबाट सूर्यको हानीकारक ग्यास छिर्दैछ धर्तीमा
अनावृष्टि, अल्पवृष्टिले राक्षस बनी बनी पिर्दैछ देशमा ।

हिमालयका हिँउ पग्लदैछ, हाम्रो तालहरू सदाका लागि सुक्दैछन्
जलवायुको निहुँ गरी बाढीपहिरो, महाभूकम्प फिर्दैछ धर्तीमा ।

जनसंख्या बृद्धिले सहरीकरण र वनविनासले प्रसय पाउँदा
ज्वालामुखी, भूक्षय अनि प्राकृतिक प्रकोपले चिर्दैछ धर्तीमा ।

प्राणीहरूको साझा घर ब्रि्रेर भवाशेषको रूपमा
प्राणीहरूको लागि प्रतिकूल वातावरण गिर्दैछ धर्तीमा ।

Post a Comment

0 Comments