Home » , » रसुवाले अरु जिल्लालाई के सिकायो त सभासदज्यू ?

रसुवाले अरु जिल्लालाई के सिकायो त सभासदज्यू ?

रसुवा खबर साप्ताहिक वर्ष २ अंक ३० चैत ४ गते शनिबार
कोही लाङटाङबाट, कोही गतलाङबाट त कोही सातधारेको फेद यार्साबाट जिल्ला परिषद भनेर जनता भनौं या राजनीतिक कार्यकर्ताको धुइरो लाग्थ्यो । कोही प्रौढ अवस्थाका त कोही युवा युवती, प्राय सबै गाउँबाट जिल्ला परिषदमा सहभागी हुन्थे । जिविसको सभाहलमा करिव ३/४ सय जनताको जमात जम्थ्यो । वि.सं २०६५ मा यार्सा गतलाङबाट विकासको आशा बोकेर परिषदमा सहभागी भएका ती तामाङ महिला, युवा युवती तथा राजनीतिक दलका कार्यकर्ताहरू दंग थिए । रसुवाको जिल्ला परिषदले अरु जिल्लाका परिषदलाई के सन्देश दिन लाग्यो त भनेर ! 'अब रसुवाको जिल्ला परिषदले अरु जिल्लालाई परिषद गर्न सिकाउँदैछ, रसुवाबाट अरुले सिक्नेछन्, हामी अरु जिल्लालाई सिकाउँदैछौं ' सभासद प्रेम तामाङले वि.सं २०६५ मा जिल्ला परिषद उद्घाटनमा बोलेका थिए यी वाक्यहरू । तर परिषदमा सहभागी भने के सन्देश दिन लाग्यो त रसुवाले भनेर दंग थिए । हामी सबै दंग थियौं । त्यसैको ३ वर्षै सेरोफेरोमा रसुवाको जिल्ला परिषदले रामैसँग सबैलाई सिकायो । यता दलहरू सभासदलाई आरोप लगाउने, उता जिल्ला परिषदमा दलहरूका साँढेले रजाइँ गरे, त्यहाँ के भएको छ - एकचोटी गएर हेर्नुस, तपाइँ सबैलाई थाहा हुन्छ भन्ने सभासदको मन्तव्य । दल र सभासद बीचको दोहोरीले एकपटक जिल्लाले अरु जिल्लालाई नसिकाए पनि आफ्नो जिल्लालाई चिनायो, सिकायो भन्ने र्छलङ्गै भयो ।


सशस्त्र द्वन्द्वकालमा गाउँ परिषदहरू पनि ज्यादै रहर लाग्ने गरी सम्पन्न हुन्थे । धैबुङ गाविसको परिषद हुँदा परिषदस्थलमा मान्छेको घुँइचो लाग्थ्यो । जंगलमा लुकेर दिन बिताउने अनि जनताको चोटामा सुतेर रात काट्नेहरूको राज्यमा सामीप्यता आएपछि वा देशमा शान्ति आयो भनिएपछिका गाउँ परिषद र जिल्ला परिषदहरू जनताबाट टाढिदै गएका छन् । गाउँ वा जिल्ला तहमा सम्पन्न हुने ती परिषदहरूमा जनताको उपस्थिति पातलिदै गएको छ । विकास र जनता बीच फाटो आएको छ । योजनाको छनौट समान सहभागिताबाट नगर्दा विकास हुनु पर्ने कुरामा विकास नहुन सक्दछ वा विकास हुनु पर्ने ठाउँमा विकास नभई सिमित संख्याले मात्र त्यसको लाभ पाउन सक्छन् । रसुवाको सर्न्दर्भमा हेर्दा आफ्नो समूह, संगठन बलियो बनाउन वा आफ्ना पक्षमा मोटो रकम विनियोजन गर्ने दलहरूको लालसाले गर्दा धेरैलाई थाहा नदिइकन सुटुक्क योजना छनौटका विभिन्न चरणहरू पार हुने गरेका छन् । विभिन्न योजना छनौटका चरणको नाममा दर्ुइ चार जनाको उपस्थितिमा, एकै दिनमा ४/५ वटा बितेका मिति राखेर माइन्यूट लेख्ने चलनको विकास हुँदै आइरहेको छ । २०/२२ जना बसेर परिषद सम्पन्न गर्ने चलनको विकास भएको छ । दुइचार दिन पछि पत्रकारलाई जानकारी दिने, सभासद आएका कार्यक्रममा प्रमुख राजनीतिक दलहरू नआउने चलनको सुरुवात रसुवाले गरेको छ । यही हो त रसुवाको जिल्ला परिषदले अरु जिल्लालाई सिकाएको सभासदज्यू ?

सिकाउनेले नसिकी कसैलाई पनि सिकाउन सक्दैन । सिकाउनको लागि सिक्न बसेका वा सिक्न चाहनेहरूले भन्दा बढी जानेको हुनु पर्दछ । सम्भावनाका हिशावले रसुवाले अरु जिल्लालाई सिकाउन नसक्ने भने पक्कै हैन । रसुवामा भएका स्रोत, साधन तथा सम्पदा संरक्षण, सर्ंवर्द्धन, पर््रवर्द्धन तथा उपयोगको लागि भावी योजना तयार गर्न सके मुलुकलाई रसुवा वा रसुवाली जनताले धेरै कुराहरू सिकाउन सक्छन् । पर्यटकीय मार्ग, रसुवागढी नाका र चिलिमे जलविद्युतको नामले अगाडि आएको रसुवालाई चिनाउन रसुवालीले सानो प्रयासबाट नै सक्नेछन् । रसुवाको विकासबाट अरुले सिक्ने हो, अरुलाई सिकाउन भनेर दौडिन पर्दैन । कुरा यति सत्य हो, सभासद तामाङले भने जस्तै रसुवाले धेरैलाई सिकाउन सक्छ मात्र छ इमान्दार प्रयासको खाँचो ।

0 सुझाव लेख्नुहोस्:

Post a Comment

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com