Ad Code

Responsive Advertisement

छत्रीय भाइहरू 'पाहुना आए' भन्दै आँगनीमा नाँच्न पुग्छन्

वर्ष१, अंक २६, २०६७ साल चैत २६ गते शनिबार
औरे गृहे खेलन जाउँ, अब औरे गृहे खेलन जाउँ हो माता मालिका औरै गृहे खेलन जाउँ ,माता मालिका औरै गृहे खेलन जाउँ , राम ...
१.यसै गृहेका कुल पित्र देवता , यसै गृहेका कुल पित्र देवता , राम ...

उनलाई पनि साथैमा लैजाउँ अब उनलाई पनि साथैमा लैजाउँ, विन्ध्यावासिनी औरै गृहे खेलन जाउँ, माता मालिका औरै गृहे खेलन जाउँ

२.यहाँ र क्यारे सिमे भूमे देवता, यहाँ र क्यारे सिमे भूमे देवता, राम ...
उनलाई पनि साथैमा लैजाउँ अब उनलाई पनि साथैमा लैजाउँ, विन्ध्यावासिनी औरै गृहे खेलन जाउँ, माता मालिका औरै गृहे खेलन जाउँ ।

३. उत्तराखण्डका नीलकण्ठ महादेव, उत्तराखण्डका नीलकण्ठ महादेव, राम...
उनलाई पनि शिरैमा राखौं, अव उनलाई पनि साथैमा लैजाउँ, विन्ध्यावासिनी औरै गृहे खेलन जाउँ, माता मालिका औरै गृहे खेलन जाउँ ।


विनम्रतापूर्वक निमन्त्रणा भई आएको घरमा छत्रनाँच प्रदर्शन गर्न छत्र राखिएको घरबाट निस्कन लाग्दा गाउँने पाठ हो 'औरै गृहे खेलन जाउँ ।' छत्रीय भाइको लामो लर्को छत्र राखेको घरको कुलदेवता र गाउँको सिमेभूमे देवतालाई पुकारा गर्दै समग्र रक्षार्थको आराधना गर्छन् । छत्रीय भाइको रक्षार्थका लागि सम्पूर्ण देवी देवतालाई सँगै जाउँ भनेर आराधना हुने गर्दछ । बाटामा रमाइला रमाइला र भगवानका कीर्तनहरू गाउँदै सम्बन्धित घरमा पुग्छन् र आँगनीमा नाँच्नको लागि पाहुना आएको संकेत दिन्छन् ।


सत्यनारायणको पूजा लगाएको ठाउँमा वा अन्य देवकार्यमा छत्रनाँच प्रदर्शनीको लागि निमन्त्रणा गरिन्छ । कुनै कार्य नपर्दा पनि मनोरञ्जनका लागि छत्रीय भाइहरूको जमघट हुने गर्दछ । आँगनीको माझमा छत्रपूजनको लागि कीला गाडिएको हुन्छ । छत्र पूजनस्थल वा मण्डपको तयारी र आकर्षालाई बिम्बित गर्ने पाठको प्रस्तुती हुन्छ 'पाहुना आए' भन्ने मूलपाठमा ।


पाहुना आए राम खेलन आए हरिकै पाहुना आए, राम खेलन आए हरि आज गोकुल कृष्ण पाहुना आए,हरेराम आजको गोकुल कृष्ण पाहुना आए, आए राम ....

१. गाईका गोबरले आागन लिपाउँ, गाईका गोबरले आँगन लिपाउँ,राम......

हे चारै कुना दीप जगाउ हरि चारै कुना दीप जगाउ हो हरि आज गोकुल कृष्ण पाहुना आए,हरेराम आज गोकुल कृष्ण पाहुना आए, आए राम ....

२. चन्दन घोटी घोटी मण्डल लिपाउँ, चन्दन घोटी घोटी मण्डल लिपाउँ, राम...
हे ताही उपर चदुँवा टगाउँ हरि ताही उपर चदुँवा टगाउँ हो हरि आज गोकुल कृष्ण पाहुना आए, हरेराम आज गोकुल कृष्ण पाहुना आए, आए राम ...

३. चारै दिशा खम्वा गराउँ, चारै दिशा खम्वा गराउँ, राम...
हे गजमोती चौका पुर्याउँ हरि गजमोती चौका पुर्याउँ हो हरि आज गोकुल कृष्ण पाहुना आए, हरेराम आज गोकुल कृष्ण पाहुना आए, आए राम ...

४. बाहिर बजे नवैमति बाजा, बाहिर बजे नवैमति बाजा,राम...
हे भितरू मङ्गलु गाइ, हरि भितरू मङ्गलु गाइ , हो हरि आज गोकुल कृष्ण पाहुना आए, हरेराम आज गोकुल कृष्ण पाहुना आए, आए राम ...

पाहुना आए राम खेलन आए हरिकै पाहुना आए, राम खेलन आए हरि आज गोकुल कृष्ण पाहुना आए,हरेराम आजको गोकुल कृष्ण पाहुना आए, आए राम ....

आँगनलाई गाईका गोबरले लिपेर चारैतिर दीप बाल्नको लागि सम्बन्धित आयोजकलाई अनुरोध गर्दै छत्रीय भाइहरूले छत्र नचाउँछन् । छत्र पूजन मण्डप श्रीखण्ड चन्दनको बासनाले सुगन्धित गरी सामुन्ने माथि आकर्षक चदुँवा टाङ्ने संकेत गर्छन् छत्रीयभाइको जमातले । चारैतिर आकर्ष खम्बा गाडेर गजमोती चौका बनाउन र बाहिर नौमति बाजा र भित्र सम्बन्धित आयोजकबाट मङ्गलाचरण भएको बुझाउँदछ 'पाहुना आए' भन्ने मूलपाठले ।

'पाहुना' शब्द सुन्ने बित्तिकै 'सत्कार' शब्दसँगै आउँछ । यथासक्यले पाहुनालाई सत्कार गर्नुपर्छ भन्ने मान्यता हाम्रो समाजमा पाइन्छ । छत्रीय भाइले प्रदर्शन गर्ने प्रस्तुतीको सत्कार गरेर उनीहरूलाई पाहुनाको रूपमा समाजले स्थापित गरेको छ । नाँच देखाउनको लागि सुपारी र भेटी दिएपछि र लिएपछि छत्रनाँच नचाउने निधो हुन्छ । त्यसैले छत्रनाँच विधिपूर्वक निमन्त्रणा भएमा मात्र प्रदर्शन हुने गरेको छ । 

सामाजिक मेलमिलाप, संस्कृतिको पहिचान र आर्थिक तथा पर्यटकीय विकासको लागि छत्रनाँचले महत्व राख्नेमा विश्वास गर्न सकिन्छ । विगतका समयमा छत्रनाँचको महत्व जति थियो अहिले त्यति महत्व कायम हुन सकेको छैन । स्थानीय संस्कृतिको विकास नै पर्यटकीय विकास हो । हिन्दु संस्कृति अर्न्तर्गत पर्ने यो नाँच सबैका लागि उपयुक्त हुनसक्दछ । विगतदेखि हालसम्मका छत्रनाँचका दृश्यमा बुद्धमार्गीहरूको पनि सहभागिता रहेको पाउँदा यस नाँचमा धार्मिक सहिष्णुता रहेको पाईन्छ । विशेषगरी गुरूङहरूको लोकप्रिय 'मारूनी नाँच' ले पनि छत्रनाँचमा प्रामिकता पाउने गरेकोले पनि सबैका लागि छत्रनाँच लोकप्रिय बन्न सक्दछ । 

विभिन्न महोत्सव र रानीतिक दलहरूका कार्यक्रममा पनि प्रदर्शन भइरहेको छत्रनाँचलाई आर्थिक विकासको रूपमा मात्र प्रयोग गर्न थालिएको छ । रसुवामा महत्वको रूपमा रहेको छत्रनाँचले गत तिहारमा आर्थिक उपार्जनको सहायक सामग्रीको रूपमा प्रयोग गरिएको पाईन्छ ।


राजनीतिक दलले तिहारमा देउसी भैलोमा प्रयोग गर्दा जति महत्व छत्रनाँचलाई दिने गरिएको छ त्यति छत्रको पहिचान र महàव वा छत्रले कुन् विषयलाई महàव राख्छ भन्ने विषयलाई अध्ययन गरिएको छैन । २०६८ मा हुने रसुवाको महोत्सवमा छत्रनाँच प्रवर्दनका लागि छत्रीय भाइको सकृयता कस्तो रहला, त्यसैमा यसको संरक्षण छ । तामाङ संस्कृतिले भरिएको जिल्लामा छत्रनाँच फरक विशेषता र विषमतामा रहेको छ । जसरी तामाङ संस्कृतिअर्न्तर्गत पर्ने नाँच वा झाँकीले महोत्सवमा महàव राख्दछ, त्यसरी नै विषम र सुरम्य ध्वनीको मनोरम नाँचको दृश्य पर्यटन महोत्सवमा गुञ्जियोस् । राष्ट्रियस्तरमा पहिचानमा रहेको छत्रनाँचअर्न्तर्गतका भजननाँच र अन्य नाँचहरू रसुवाको महोत्सवमा एक सफल सूचकको रूपमा रहनको लागि कामना । मूल आयोजक समितिले छत्रीय भाइको समूहलाई निमन्त्रणा गरेर पाहुनाको रूपमा स्थापित गरोस् । रसुवाको महोत्सवमा दिलदेखि नै सकृय सहभागिता जनाउन छत्रनाँचका संरक्षक, शुभचिन्तक, संस्कृतिपरेमी र रसुवावासी सबैमा हार्दिक अपिल ।

Post a Comment

0 Comments