Home » » मान्छेका लागि वन र वनका लागि संरक्षण

मान्छेका लागि वन र वनका लागि संरक्षण

रसुवा खबर वर्ष १, अंक २५, २०६७ साल चैत १९ गते शनिबार

मान्छे बाँच्नको लागि अक्सिजन र पानी चाहिन्छ, अक्सिजन र पानी दुबैको स्रोत रूख वा वन हो । हाम्रा वातावरण वरपर निस्केका वा मानव क्रियाकलापबाट पैदा भएका विभिन्न किसिमका ग्याँसहरू रूखले खानाको रूपमा ग्रहण गर्दछ र सो ग्याँसको प्रदुषणबाट मान्छेलाई जोगाउँदछ । रूखले फ्याँक्ने अक्सिजन मान्छेको लागि नभई हुँदैन । मान्छे मर्ने संघारमा पुग्दा थोरै अक्सिजन दिएर भने पनि केही समय जोगाइराख्नको लागि प्रियजनहरू आतुर देखिन्छन् । यसरी हेर्दा अक्सिजन पाउने स्रोत नै रूख हो र रूख विरूवा मान्छेको जीवनका लागि अपरिहार्य छ । मानवको लागि दोस्रो आवश्यकताको रूपमा रहेको पानी वातावरण वरपरका रूख विरूवाले बचाएर राख्छन् । अक्सिजन र पानी विना मान्छे र रूख विरूवा विना अक्सिजन र पानीको सुरक्षा गर्न सकिदैन । अतः वन विना मान्छेको जीवन अकल्पनीय छ ।


विश्वमा नै जलवायु परिवर्तनको विषय चर्चामा आएको छ । सरल शब्द वा मैले बुझेको भाषामा भन्दा जलवायु परिवर्तन हुनु भनेको रूख विरूवा लोप हुनु हो वा रूख विरूवा नास हुँदै जाँदा जलवायु परिवर्तनको समस्यामा बृद्धि हुँदै जान्छ । हाम्रा वरपरका जंगलमा जानी नजानी हुने गरेका क्षति, दैवी प्रकोप वा जलवायु परिवर्तनका कारण रूख विरूवाहरू लोप हुँदै गएका छन् । रूखबाट निस्कने अक्सिजन मान्छेका लागि चाहिन्छ भन्ने सबैलाई थाहा छ, तर रूख नभए अक्सिजनको साटो हानीकारक ग्याँसको आक्रमणले मान्छे मर्छ भन्ने सायद कमैलाई थाहा छ । ग्रामीणस्तरमा यस विषयमा जानकारीमूलक चेतना प्रवाह हुनु अति नै आवश्यक छ । जाने बुझेका वर्ग वा देश परिवर्तन गर्नका लागि जिम्मेवारी लिएका व्यक्तिहरू वा बुझक्कडहरूबाट नै बुझेर पनि बुझ पचाइएको अवस्था छ ।

अक्सिजन र पानीको स्रोत जंगल विभिन्न रूपबाट विनास भइरहेका छन् । खाना बनाउने इन्धनको रूपमा अधिकाँश वन जंगलको क्ष्ति हुने गरेको छ । खाना बनाउनको लागि दाउराको प्रयोग हुनु बाध्यकारी समस्या हो । नवीन प्रविधि गोबरग्यास वा लघुजलविद्युतलगायत ठूला जलविद्युतको प्रयोगबाट खाना तयार गर्न स्थानीय जनताको पहुँच विस्तार हुन नसक्नु नै दाउराजन्य इन्धनमा आस्रित हुनु हो । आधिकाँश हिमाली वा पहाडी क्षेत्रमा आवश्यकता भन्दा पनि बढी दाउराको प्रयोग हुने गरेको छ । तामाङ समुदाय वा जनजातिका विशेषका समुदायमा चाड पर्व वा संस्कृतिका नाममा धेरै दाउराको प्रयोग हुने गरेको पाईन्छ ।

रसुवाको सर्न्दर्भमा स्थानीय तामाङ समुदायले साँझमा उज्यालो बनाउनको लागि वा अगेनामा आगो सल्काउनको लागि सल्लाको काँचो रूख प्रयोग गर्ने गरेका छन् । बस्ती वरपरका दृश्यलाई हेर्दा सल्लाको रूख ठाडै भए पनि छिट्टै नास हुने वा मान्छेलाई अक्सिजन दिन नसक्ने अवस्थामा परिणत भइरहेका छन् । ठाडो र काँचो रूखको फेद चारैतिरबाट ताछिएका हुन्छन् तर ढलेको वा सुकेको रूख प्रयोग विहिन अवस्थामा छन् । स्थानीय भाषामा 'मेदाङ' को प्रयोगले पनि अक्सिजन र पानी प्राप्त गर्ने स्रोतको लोप हुँदै गएको पाईन्छ ।

पहराबाट एउटा चट्टान पल्टेर अर्कोमा ठोकिँदा आगो निस्केर जंगलमा आगलागी हुने गरेको पनि पाइन्छ । जानी नजानी मान्छेद्दारा नै जंगलमा आगलागी हुने गरेको छ । दाउरा, घाँस प्राप्तिमा सरलता र सहजता ल्याउन वा वन्यजन्तु चोरी सिकारीका लागि पनि जंगलमा आगलागी हुने गरेको छ । चाहे जुनसुकै कारणबाट आगलागी हुने गरेको भएपनि आखिर जंगल मात्र आगलागी भएको हैन । फरेनको लागि चाहिने श्वास र जिउनको लागि पिउने पानीको स्रोत विनास भएको हो ।

हामी बाँच्नको लागि चाहिने पहिलो र दोस्रो प्राथमिकताका अक्सिजन र पानीको संरक्षणका लागि जंगलको संरक्षण हुनु जरूरी छ । त्यसैले जंगल जोगाउनको लागि सम्पूर्ण मानव जगत नै क्रियाशील हुनु आजको आवश्यकता हो । हाम्रा लागि वन र वनका लागि संरक्षण गतिविधि सञ्चालन गर्नु लामो समयसम्म सहज र सरल तरिकाले बाँच्न सहयोग पुग्नु हो ।

0 सुझाव लेख्नुहोस्:

Post a Comment

Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com