Home » » इतिहाँस निर्माणमा सहयोगी पुस्तक

इतिहाँस निर्माणमा सहयोगी पुस्तक


जैविक विविधता संरक्षण , पर्यटन विकासमा धर्म-संस्कृति


रसुवाको सामान्य बस्तीमा जन्मिएका फूर्पा तामाङ रसुवाका निम्ति एक उदाहरणीय व्यक्तिàवका रूपमा चिनिएका छन् । गाउँको सामान्य वा विकट जीवनको भोगाइदेखि राजधानीको अत्याधुनिक विकाससम्मका भोगाइलाई अनुभवका रूपमा लिइसकेका फूर्पा तामाङले जिल्लाको विविध समस्या, सम्भावना र चुनौतिहरूलाई विभिन्न सञ्चार माध्यम -कान्तिपूर, नागरिक, गोरखापत्रजस्ता राष्ट्रिय दैनिक पत्रिका र कान्तिपूर साप्ताहिक, त्रिशूली प्रवाह र रसुवा खबर साप्ताहिक) मा लेखनशैलीबाट प्रस्तुत गरिसकेका छन् । अधिवक्ता बनेर न्याय र अन्यायको पहिचान गरी जनताको मुक्तिका लागि क्रियाशील तामाङले पछिल्लो समयमा जैविक विविधता संरक्षणमा पर्यटन विकासमा धर्म संस्कृतिको योगदान तथा भूमिकाको बारेमा गहकिलो अध्ययन तथा अनुसन्धान गरेका छन् । सोही अध्ययनको एक लिपीवद्ध सँगालो हो यो पुस्तक 'जैविक विविधताको संरक्षण, पर्यटन विकास धर्म-संस्कृति ।' 


लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको धार्मिक तथा सांस्कृतिक महàव भएका स्रोत तथा सम्पदाहरूलाई एउटै पुस्तकमा लिपिवद्ध गर्दै जैविक विविधताको संरक्षणमा धर्म तथा संस्कृतिको महàव वा जैविक विविधता संरक्षणमा तामाङ जातिको धर्म संस्कृतिको अन्तरसम्बन्धलाई उजागरमा सहयोग पुर्याउन लाङटाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र सहयोग आयोजनाअर्न्तर्गतको पवित्र हिमालय भू-परिधि कार्यक्रमले उनको उक्त अध्ययन प्रतिवेदनलाई पुस्तकको रूपमा प्रकाशित गरेर रसुवाको तामाङ जाति र जैविक विविधता संरक्षण क्षेत्रमा एउटा इतिहाँस निर्माण गरेको छ । पुस्तकमा ३० वटा शीर्षकअन्तर्गत अनुसन्धनात्मक लेखहरू प्रस्तुत गरिएका छन् । तामाङ जातिको भाषा अनुसार जस्ताको तस्तै वा चलनचल्तीमा रहेका र लोप हुन लागेका विभिन्न शब्दहरूको प्रयोग यस पुस्तकको प्रमुख विशेषता हो । जुन् शब्दहरूको प्रयोगले तामाङ जातिको भाषाको संरक्षणमा टेवा पुर्याउने छ । विषयसँग सम्बन्धित जिल्लाका विभिन्न व्यक्तित्वहरूसँगको अन्तर्वार्तामा आधारित रहेर रसुवाको तामाङ जाति र यहाँको जैविक विविधताको संरक्षणमा तत्कालीन अवस्था र अब गर्नुपर्ने कार्यहरूसहित एक मार्गनिर्देशक बनेर फूर्पा तामाङ आएका छन् । 

धर्म संस्कृतिको भूमिका शीर्षकअन्तर्गत लेखकले बोम्बो -बोन) धर्मका अनुयायीहरू रसुवाका तामाङ जाति प्रकृतिपूजक रहेको बताउँछन् । बोन -झाँक्री ) धर्ममा आस्था राख्ने अनुयायीहरूले प्रकृतिमा पाइने सबै चीजहरूलाई इश्वर मानेर पूजा गर्ने गरेको पुस्तकमा उल्लेख छ । बौद्ध धर्मका अवतारी टुल्कु गुरु रिम्बोर्छे (पद्मसम्भव) ले बोम्बो धर्मका अनुयायीहरूलाई धर्म परिवर्तन गराएर बौद्धमार्गी बनाउनुभन्दा बोम्बो धर्म र बौद्ध धर्मलाई कसरी समायोजन गरी मध्यमार्गी बनाउन सकिन्छ भनेर कसरत गरी तान्त्रिक विधिबाट बोम्बोहरूलाई दिक्षित गरेको र बोम्बो र बौद्ध धर्म पर्यायवाची रहेको विषयलाई पुस्तकमा ऐतिहाँसिक पुष्ट्याइँसहित प्रस्तुत गरिएको छ । लामाहरूले गाउँघरका देवीदेवताका साथै खोला, नाला, कुण्ड, हिमाल आदिको नाम उच्चारण गर्दै पूजा गर्ने गर्छन् । उनीहरूले प्रकृतिमा रहेका सबै चीजहरूलाई देवता मान्ने भएकोले पनि त्यस्ता चीजहरूको संरक्षणमा ध्यान दिने गर्दछन् । पुस्तकमा लेखिएका सिद्ध विषयवस्तुका अनुसार तामाङ जातिले प्रकृतिमा उपस्थित सबै चीजहरूलाई देवता मान्ने र संरक्षण गर्ने भएकोले उनीहरूले जैविक विविधताको संरक्षणमा ठूलो योगदान पुर्याएका हुन्छन् भन्दा फरक नपर्ला । 

लाङटाङ गाउँको उत्पत्ति कसरी भयो भनेर पुस्तकमा लेखिएको छ । लाङडाङ शब्दको अपभ्रम्स रूप लाङटाङ हो । 'लाङ' को अर्थ 'गोरू' र 'डाङ' को अर्थ 'अघाएको' भन्ने हुन्छ । केरुङबाट भागेर आएको गोरु यस ठाउँमा अघाएको हुनाले यस क्षेत्रको नाम लाङडाङ भएको भन्ने कथनलाई लेखकले रोचक प्रस्तुती दिएका छन् । 'लाङडाङ' को परिवर्तित वा अपभ्रम्स भएको नाम नै लाङटाङ हो । लाङटाङ क्षेत्रका सबै ठाउँको नाम उक्त केरुङबाट हराएको गोरुको कथासँग सम्बन्धित छ । 

'लाङटाङ क्षेत्रका धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय आकर्षाहरू' शीर्षककमा लेखकले लाङटाङ गाउँको गुम्बा -टासी गोमाङ क्षोर्तेन), क्याङ्जेनको ढुङ्गे चट्टानमा रहेको गुरु रिम्बोर्छेको पैतालाको डोब र गुफा, यती बस्ने आडार, लाङसिसाको बेनक्याप बोम्बोको थान, मुन्डु गुम्बा, ज्योमोल्हाङ क्षेलिङ गुम्बा, साम्दिलिङ गुम्बा, क्याङ्जेन गुम्बा, घोडातबेलामा रहेको गेमो तेङ्दोङ नेसा, पेरिङ्छो कुण्ड, क्याङ्जेनको चीज उत्पादन केन्द्र तथा विभिन्न हिमाल तथा पिकलगायत वनस्पति, चराचुरुङ्गी, ग्ल्यासियर आदि यसक्षेत्रको धार्मिक तथा पर्यटकीय आकर्षाहरू हुन् भनेर वर्णन गरिएको छ । यस क्षेत्रमा पाईने विभिन्न मुख्य तथा लोपोन्मुख जडिबुटीको स्थानीय नाम, अंग्रेजी नाम तथा प्रयोग के के मा हुन्छ भनेर पनि वर्णन गरिएको छ । लाङटाङ क्षेत्रका लोप भइसकेका र लोप हुन लागेका जनावर र पन्छीहरूको विवरण पनि लेखकले यही शीर्षककमा प्रस्तुत गरेका छन् । लाङटाङ सल्लो, धूपी, बुकी, डालेचूक, लालीगुँरास तथा वनमाराजन्य वनस्पतिको विवरणलाई 'लाङटाङको आकर्ष मुख्य वनस्पति' शर्ीष्ाकमा उल्लेख गरिएको छ । लाङटाङ क्षेत्रमा मनाइने विभिन्न प्रकारका चार्डपर्वहरू ग्याल्बो ल्होसार, डुक्पा छेच्यु, ल्हाबाप द्वीक्षेन, बुद्ध जयन्तीलगायतका चार्डपर्वको वर्णन गरिएको छ । 

पुस्तक हेर्दा बुइ भागमा विभाजित भएको पाईन्छ । एक लाङटाङ क्षेत्र वर्णन र अर्को गोसाइँकुण्ड तथा आसपासका क्षेत्रका विषयमा वर्णन गरिएको छ । 


'गोसाइँकुण्ड क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय आकर्षणहरू' शीर्षककमा भार्खु गाउँको उत्पत्तिको कथालाई रोचक प्रसङ्गसहित प्रस्तुत गरिएको छ । लाङटाङ क्षेत्रको धार्मिक पूजा तथा चार्डपर्व जस्तै यस क्षेत्रका पनि चार्डपर्वका बारेमा वर्णन गरिएको छ । चार्डपर्वलाई हेर्दा लाङटाङ क्षेत्र र गोसाइँकुण्ड आसपासका क्षेत्रका मानिसहरूको कतिपय चार्डपर्वहरू मिल्दाजुल्दा रहेपनि कतिपय गोसाइँकुण्ड क्षेत्रका चार्डपर्वहरू ब्राम्हण समुदायसँग मेल खाएको देखिन्छ । यहाँका मानिसले दशैं, तिहार चार्डपर्वलाई पनि प्राथमिकतासाथ मनाएको पाइन्छ । यसरी हेर्दा एक जातिको पर्व अर्कोले पनि मान्ने हुँदा धार्मिक सहिष्णुता प्रस्ट देखिन्छ । 

पुस्तकमा लेखिएको गोसाइँकुण्डको उत्पत्तिबारे हेर्दा बौद्ध धर्म र हिन्दु धर्मको बीचमा विषमता देखिएको छ । सबै कुण्डहरूको उत्पत्तिका बारेमा लेखकले बोम्बोहरूको छलफलमा आधारित रहेर वर्ण्र्ाागरेका छन् । यस क्षेत्रमा रहेका विभिन्न गुम्बा तथा गुफाहरूको पुस्तकमा चर्चा गरिएको छ । धुन्चे गाउँ र घले राजाको कथा, धुन्चे वरपरका धार्मिक तथा पर्यटकीय स्थलहरू, थुमन गाउँको जनजीवन, धार्मिक तथा पर्यटकीय आकर्षाहरूको विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ । 

'धार्मिक, सामाजिक तथा सांस्कृतिक मान्यता एवं विश्वासहरू' शीर्षकमा स्थानीय तामाङ जातिका मानिसहरूले अग्ला डाँडाहरू, जीवजन्तु, झर्ना, खोला, पानीका मुहान, लहरा, सिमसार, वनजंगल र कुण्डप्रति विश्वास राख्ने ती चीजहरूलाई देवता मानी पूजा गर्ने भन्ने विषयलाई लेखकले प्रस्तुत गरेका छन् । यसरी हेर्दा तामाङ समुदायको धर्म संस्कृतिले जैविक विविधता संरक्षणमा टेवा पुर्याउने छ । जैविक विविधताको संरक्षणसँगसँगै पर्यटन विकासमा पनि यस्ता धर्म तथा संस्कृतिले सहयोग पुर्याउँछ भन्नेमा विश्वास गरिन्छ । तामाङ भाषा अनुसारको सालचक्र -वर्ष महिना, दिन) गन्तीलाई पनि पुस्तकमा चर्चा गरिएको छ । तामाङ, भोटेली भाषामा संख्या एकदेखि सयसम्म कसरी गन्न सकिन्छ भनेर पनि उल्लेख गरिएको छ । विभिन्न स्थानहरूको पुराना तथा परिवर्तित नामहरूको विवरण पनि प्रस्तुत गरिएको छ । 

पुस्तकमा धर्म-संस्कृति विकासलाई वस्तुगत विश्लेषण गरिएको पाइन्छ । लामो समय अध्ययन पछि लेखकले बौद्धमार्गीका धर्म संस्कृतिको पर््रवर्द्धन, पर्यटन विकास, जैविक विविधता संरक्षणका लागि आफ्नो राय प्रस्तुत गरेका छन् । जिल्लामा पर्यटन विकास, आजको अत्याधुनिक विकास क्रमले प्रकृतिमा पर्न गएको प्रभाव, मुल्य मान्यताको पहिचानमा कठिनाई तथा विश्वसनीय अभिलेखीकरणको अभाव भइरहेको बेला यो पुस्तकले एउटा इतिहाँस निर्माण गरेको छ भन्दा फरक पर्दैन । आयातित विभिन्न धर्म र भाषाको असरले तामाङ जाति र भाषाका विविध विषयहरू ओझेलमा परेका बेलामा लेखकले अध्ययन गरी यथार्थमा चित्रण गरेको यो पुस्तकले आगामी पुस्ता तथा अनुयायीहरूलाई एक अध्ययन सामग्रीको रूपमा कार्य गर्नेछ । जैविक विविधताको संरक्षण र तामाङ जातिको भाषा र संस्कृति संरक्षणजस्ता दुबै कार्यका लागि यो पुस्तकले सहयोग गर्नेछ भन्नेमा विश्वस्त हुन सकिन्छ । 

रसुवाका तामाङ समुदायमा आयातित क्रिश्चियन जस्ता धर्मको चाप बढेको र आ-आफ्नो पहिचान बनाउन खोजेको बेलामा तामाङ धर्म र सो जाति विशेषका लागि यो पुस्तक एक कोशेढुङ्गा बन्नेमा कसैको पनि दुइमत रहँदैन । लाङटाङ राष्ट्रिय निकुञ्ज, पवित्र हिमालय भू-परिधि कार्यक्रमको आर्थिक सहयोग तथा सो कार्यक्रमका आयोजना प्रबन्धक अशोक बाँनियाद्वारा सम्पादित यो 'जैविक विविधता संरक्षण' पुस्तक एक अध्ययन सामग्रीको रूपमा स्थापित हुनेछ भन्ने आशा गर्न सकिन्छ । तामाङ समुदायमा रहेका विभिन्न पेशा, धर्म, संस्कृति, चार्डपर्व, परम्परा, कला तथा पर्यटकीय स्थलहरू, जडिबुटी तथा पशुपन्छीहरूको तस्वीरहरू समेत रहेको यो पुस्तकले जैविक विविधता संरक्षणका लागि सहयोग पुर्याओस् ।

अन्त्यमा सन् २००७ मा 'युवा शान्तिदूत' भनेर परिचित व्यक्तिàव, रसुवाको सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरूलाई राय सुझावसहित अघि बढ्न प्रेरणा दिने एक उदाहरणीय व्यक्तित्व फूर्पा तामाङको संरक्षणलगायत विषयमा अझ बढी कलम चलोस् भन्ने शुभकामना दिन चाहन्छु । तामाङ समुदायका अग्रणी वा तामाङ समुदायको अस्तिàव जोगाउन तल्लीन हुनुहुने सामाजिक व्यक्तिàवका लागि मार्गनिर्देशक पुस्तक लेख्ने लेखक तथा सो विषयमा अध्ययन गर्न मौका दिने र पुस्तक प्रकाशन गरेर सहयोग पुर्याउने संस्था रसुवाका तामाङ समुदाय मात्र नभई सिङ्गो रसुवालीको तर्फाट नै धन्यवादका पात्रहरू हुन् ।

0 सुझाव लेख्नुहोस्:

Post a Comment

Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com