Ad Code

Responsive Advertisement

विजया दशमी, फेसबुक र शुभकामना

राखिएका फोटो, भिडियो, नोट तथा स्ट्यासस्का सम्पूर्ण सामग्रीहरू साथीहरूपेज , समूहमा सेयर, ट्याग, रिपोर्ट आदि गर्न सकिन्छ । ‘समूह बनाउने, सेयर गर्ने, ट्याग गर्ने , रिपोर्ट गर्ने, निमन्त्रणा तथा शुभकामना र सन्देश पठाउने , फोटो, भिडियो एल्बम बनाउने, अनलाइन कुराकानी गर्ने र ब्लक गर्ने आदिको व्यवस्थाका साथसाथै मोबाइलबाट पनि यसको प्रयोग गर्न सकिने भएकोले फेसबुक एकाएक लोकप्रिय बनेको हो ।

विजया दशमी होस् वा नेपाली समाजमा प्रचलित विभिन्न पर्व तथा दिवसहरूमा एकले अर्कोलाई शुभकामना दिने र लिने काम विद्यमान रूपमा रहेको पाइन्छ । विजया दशमी तथा शुभ दीपावली जस्ता महत्वपूर्ण पर्वमा शुभकामना आदानप्रदान गर्नका लागि विभिन्न माध्यमहरू युगौंदेखि स्थापित हुँदै आएका छन् । पोष्टकार्ड बाँडेर, सांस्कृतिक तथा चियापान कार्यक्रम आयोजना गरेर र विभिन्न सञ्चारका माध्यमबाट शुभकामना आदानप्रदान गर्ने क्रियाकलाप नेपाली समाजमा प्रचलित रूपमा रहेको पाइन्छ । पछिल्लो समयमा स्वदेश तथा विदेशमा बस्ने साथीभाई तथा आफन्तजनलाई शुभकामना दिन लिनको लागि अत्यन्त लोकप्रिय र सरल माध्यम बनेको छ फेसबुक


एक्काइसौं शताब्दिको युग प्रविधिको युग हो । मनोविज्ञानमा विभिन्न शताब्दिलाई विभिन्न युगले नामाकरण गरिएको छ । मनोविज्ञानले एक्काइसौं शताब्दिको युगलाई प्रविधिको युग भनेर परिभाषित गरिरहँदा विश्वमा नै प्रविधि प्रयोगले प्राथमिकता पाउँदै आएको छ । विदेशमा बस्नेले स्वदेशमा बस्नेलाई खबर र शुभकामना दिनको लागि फेसबुकका वालहरूमा शुभकामना लेखेर पठाउने गर्दछन् । फेसबुकका वालहरूमा लेखिएका सन्देशहरू सबैले सजिलै पढ्न र हेर्न पाउने भएकोले पनि यो प्रविधि एकाएक मानव समुदायमा लोकप्रिय हुँदै गएको हो । दशैं नजिकिदै गर्दा शुभकामनाका सन्देशहरूले आजभोलि फेसबुकका वाल र पेजहरू भरिएका छन् ।

फेसबुकमा सन्देश मात्र नभएर फोटो, भिडियो, लामो लेखहरूलाई नोटको रूपमा राख्न सकिन्छ । त्यसरी वालमा पोष्ट गरिएका सामग्रीलाई सुझाव लेख्न सकिने भएकोले पनि यसको लोकप्रियता बढेको हो । विशेष गरी फेसबुकमा आआफ्नो समूह बनाएर इच्छाइएकालाई संगठित बनाउन सकिन्छ । जन्मदिनको शुभकामना दिन इच्छा हुनेलाई आफ्नो साथी बनिसकेका छन् भने जन्मदिन क–कसको छ भनेर साइडमा आउने गर्दछ । राखिएका फोटो, भिडियो, नोट तथा स्ट्यासस्का सम्पूर्ण सामग्रीहरू साथीहरू, पेज , समूहमा सेयर, ट्याग, रिपोर्ट आदि गर्न सकिन्छ । ‘समूह बनाउने, सेयर गर्ने, ट्याग गर्ने , रिपोर्ट गर्ने, निमन्त्रणा तथा शुभकामना र सन्देश पठाउने , फोटो, भिडियो एल्बम बनाउने, अनलाइन कुराकानी गर्ने र ब्लक गर्ने आदिको व्यवस्थाका साथसाथै मोबाइलबाट पनि यसको प्रयोग गर्न सकिने भएकोले फेसबुक एकाएक लोकप्रिय बनेको हो ।

फेसबुकको सकरात्मक पाटोहरू निकै छन् । सकरात्मक पाटोका साथमा केही नकरात्मक पाटो पनि जोडिएका छन् । अश्लील तस्वीर राख्ने, अरुको सामग्रीलाई नकरात्मक सुझाव दिने, अरुको नाममा फेसबुक एकाउन्ट बनाएर अनावश्यक टिकाटिप्पणी गर्ने जस्ता विविध साइबर अपराधहरू पनि हुने गरेका छन् । अश्लील तस्वीर वालमा राखेर अरुलाई सेयर वा ट्याग गर्नेलाई ब्लक पनि गर्न सकिन्छ ।

जे होस् सन्देश वा शुभकामना मात्र नभएर महत्वपूर्ण विषयवस्तुलाई फेसबुकमा राखेर सूचना प्रवाह गर्दा त्यसले परिवर्तनका द्वारहरू पनि खुलाउन सक्छन् । समाजमा विकासका चेतना प्रवाह गर्नका लागि फेसबुकले सकारात्मक भूमिका निर्वाह गर्न सकोस् । दशैं, टिका, जमरा र आशिर्वाद लिन दिनको लागि आफन्तजन परिधिले कोषौं दूर रहेता पनि फेसबुकमा भने नजिक छन् । फेसबुकमार्फत प्रत्यक्ष धरातलमा नभेटिए पनि आँखाको परेलीमा नै देख्न सकिन्छ । त्यसैले विजया दशमीजस्ता विशेष पर्वमा भेट हुन नसक्ने आफन्तजनको भेटघाटको चौतारी बनेको फेसबुकलाई विजया दशमी २०६९ को मंगलमय शुभकामनासहित ‘फेसबुक विकास परिवर्तनको संवाहक बनोस्’ र फेसबुकका प्रयोगकर्ताहरू सकारात्मक पाटोमा मात्र लागुन् न कि अश्लील र नश्लील हैन ।
See this Article @ Mero Report . Net



Post a Comment

0 Comments