Home » , » जैविक तरकारी खेतीका नमूना बने अर्जुन न्यौपाने

जैविक तरकारी खेतीका नमूना बने अर्जुन न्यौपाने


तोरीमा तिलमा छ तेल भरिलो त्यसै कहाँ झर्छ र ?पेल्नै पर्छ विना प्रयत्न मुखमा आई कहाँ पर्छ र ?? 


तोरी र तिलमा तेल छ भनेर नपेली बस्यो भने तेल पाइँदैन । त्यस्तै हामीले गर्न सकिने काम धेरै छन् तरनगरी बस्यो भने केही पनि प्राप्त गर्न सकिदैन । तोरीतिल वा तेलजन्य वस्तुमा तेल हुन्छतर विना प्रयत्न तेल निस्किदैनपेल्नैपर्छ भन्ने तर्कमा विश्वास गर्दै परम्परागत शैली वा निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँदै मनग्य आम्दानी गर्न सफल बनेका छन् रसुवा धैबुङ-९ का अर्जुन न्यौपाने ।
Local Method Water Reserve System


Tonnel of Tomato Farming 

रोजगारी वा आम्दानीका निमित्त भारतीय मुलुकमा भौतारिएका न्यौपानेले आफ्नै भूमिमा केही गर्न सकिन्छ भनेर वा उताको जस्तो पसिना पाए आफ्नै जन्मभूमिले पनि केही दिन्छ भन्ने तर्कमा विश्वास गरेर वि.सं २०५७/५८ तिर कोदो र मकैमात्र रोप्ने परम्परालाई आधुनिकीकरण गर्दै उनले काउलीबन्दा र प्याज  रोप्न थाले । उनले उत्पादन गरेका नगदे बालीहरू स्थानीय बजारमै बिक्री हुन थाल्यो । त्यतिखेरदेखि नै उनको वाषिर्क नाफा ४५ हजार हुन्थ्यो ।'करिब ३० पाथी कोदो फल्ने-बढीमा ५ हजार आम्दानी हुने)बारीमा 'हाल वाषिर्क रूपमा ७० हजार नाफा हुन्छउनी भन्छन् । 'कहिले इण्डिया गएँकहिले ट्रेकिङ गएँतर त्यो भन्दा राम्रो आम्दानी तरकारी खेतीबाट भयोखुसी हुँदै उनले भने 'आफूले काम गर्न सुरु गरेपछि विभिन्न संस्थाबाट पाएका तालिम तथा सहयोग मेरा लागि अत्यन्त सहयोगी भएका छन् ।कामको सुरुवात आफ्नै मनोज्ञानबाट भएको बताउने न्यौपानेले  व्यवसायिक रूपमा तरकारी खेती गरेर आम्दानी लिन सफल भएपछि एक अगुवा कृषकको रूपमा चिनिन सफल भए । वि.सं २०६२ सालमा करेला खेतीमा भएको आइपीएम कृषक पाठशाला उनको लागि एक सहायक बन्यो । त्यहाँबाट सिकेका ज्ञानहरू'शत्रुजीव र मित्रुजीव पहिचानशत्रुजीव निवारण तथा मित्रुजीव बढावाजैविक मल र जैविक विषादीजस्ता ज्ञानहरू पाएपछि अझ बढी गुणस्तरीय वस्तु उत्पादनका लागि आफ्नो क्षमता बढेको उनी बताउँछन् ।


 न्यौपानेले तरकारी खेती सुरु गर्दा रासायनिक मल प्रयोग गर्थे तरअहिले उत्पादित तरकारीहरू बिलकुलै जैविक छन् । 'बजारमा उपलब्ध हुने भिटामिन र विषादीले क्षणिक फाइदा दिने खालका हुन्छन् । तरस्थानीयस्तरका सामग्री प्रयोग गरेर बनाइएका विषादीबाट लामो समयसम्म एकैनासको आम्दानी भइरहन्छ ' उनको भनाई थियो । उनी भन्छन् 'रासायनिक मलको प्रयोगले जग्गाको उत्पादन शक्ति कम भएको छजैविक वस्तुको प्रयोगले उर्वराशक्ति कायम गर्छतर समय लाग्छ ।'  लारानिको मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले उनीलगायतका अन्य घरमा गोठ सुधार कार्यक्रम दिएपछि गाइको गहुँतबाट जैविक विषादी बनाउन थालेका छन् । गाइभैंसी बाँध्ने ठाउँबाट टयाङ्कीका जम्मा भएको गहुँतलाई विभिन्न प्रकारका जैविक वस्तुमा मिर्साई ड्रममा कुहाएपछि विषादी बन्छ । जसको प्रयोगबाट बजारबाट महंगो विषादी र भिटामिन किन्नु नपर्ने भएको छ । त्यसरी तयार गरिएको विषादीले विषादीको मात्र नभई भिटामिनको पनि काम गर्छ । न्यौपाने भन्छन् 'जैविक विषादीले मित्रुजीवलाई पनि नष्ट गर्दैन ।

लाङटाङ राष्ट्रिय निकुञ्जमध्यवर्ती क्षेत्र सहयोग आयोजना र जिल्ला लघु उद्यमी संघको सहयोगमा प्लाष्टिक पानी भकारी बनाउन पाएका छन् उनले । छिमेकीका धाराबाट प्रयोग भएर खेर गएका पानी संकलन गरी तरकारी खेती गर्छन् उनी । पहिले खेर गइरहेको पानी जम्मा गरेपछि कसैको सिंचाई योजनाको मुख ताक्न नपरेको देखिन्छ । चाहना भए जे पनि गर्न सम्भव हुने रहेछ भन्ने उदाहरण न्यौपानेको क्रियाकलापबाट पाइन्छ । पाल्पाको मदनपोखरा भ्रमण गएर प्लाष्टिक पानी पोखरी तथा टनेल बनाउन सिकेका हुन् उनले ।

जिल्ला कृषि विकास कार्यालय तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनको सहयोगमा 'एसआरआई प्रविधिबाट ताइचुन २४२ नामक धान खेतीमा गरिएको परीक्षण वा उक्त कृषक पाठशालाबाट थोरै जमिनथोरै बीउथोरै कामदारबाट धेरै आमदानी लिन सकिने उदाहरण पाएका छन् यहाँका किसानले । न्यौपाने भन्छन् 'लामो समयको धानको बीउ रोप्ने चलन थियो तर१० दिनमा रोप्ने र एउटा मात्र रोप्ने भन्दा सुरुमा पत्यार लागेको थिएन । सबैले यो हुँदैन भनेका थिएन । धान रोपेको एक महिनासम्म त  हामीलाई पनि त्यति पत्यार लागेको थिएन ।एसआरआई प्रविधि प्रयोग गरेर धान खेतीलाई लक्षित गरी सञ्चालन गरिएको पाठशालामा नवीन तथा पुरातन दुबै तरिकाद्वारा खेती गरिएको थियो । सोही बीउ मुठामुठा रोपेको भन्दा एउटा एउटा मात्र रोपेको ठाउँमा राम्रो आम्दानी भएको छ । पहिले २५ पाथी धान फल्ने जग्गामा परीक्षण क्रममा ४५ पाथी फल्यो यसरी गरिएको परीक्षण सफल भएपछि अहिले धेरैले सोही बीउ रोपेका छन् । तर एउटा एउटा रोप्न मानेनन्'न्यौपाने भन्छन् । बढ्दो खाद्यान्न अभावलाई र्टार्न वा आयातित खाद्यान्नको महंगो मारलाई यो प्रविधिले सहयोग पुर्याउनेमा विश्वास गरेका छन् धेरै किसानहरूले ।

काम गरेर देखाउनेलाई सबैले सहयोग पनि गर्दा रहेछन् । न्यौपानेको जग्गामा देखिएको तरकारी खेतीको टनेलपानी भकारीगोठ सुधार सँगसँगै दाउराको प्रयोगको विकल्प गोवरग्यास प्रविधि पनि छ । गतसाल सञ्चालन भएको कृषक पाठशालामार्फ मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले २० हजार रूपैंयाँ सहयोग स्वरूप दिइएको रकमलाई स्थानीय कृषि पूँजिको रूपमा विकास गर्ने लक्ष्य उक्त समूहले लिएको पनि न्यौपानेले बताए । उक्त रकमबाट अदुवाको बीउ खरिद गरी समूहका सबैले बाँडेर लगाइएको पनि न्यौपानेले बताए ।

न्यौपानेको सानो प्रयत्नबाट यति ठूलो काम भएको छ । व्यक्तिगत रूपमा उनलाई हुने फाइदा आफ्नै ठाउँमा छ । खेर गएका पानीको सदुपयोग हुँदा वातावरणमा पनि सहयोग पुग्नेछ । न्यौपानेको यो अथक प्रयास देख्दा जो कोहीले पनि यो कविता स्मरण गर्छन् ।

तोरीमा तिलमा छ तेल भरिलो त्यसै कहाँ झर्छ र ?
पेल्नै पर्छ विना प्रयत्न मुखमा आई कहाँ पर्छ र ?? 

0 सुझाव लेख्नुहोस्:

Post a Comment

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com