Ad Code

Responsive Advertisement

व्यवहारिक परिवर्नमा बालबालिकाको भूमिका

“हैन, हाम्रो सरले भन्नुभएको यो कुरा त यस्तो हो रे १” केही विषमतामा विद्यार्थीले अभिभावकलाई भन्ने गर्छन् । विद्यालयमा शिक्षकले भनेको र अभिभावकले भनेको कुरामा फरक हुने बित्तिकै विद्यार्थीले हठ गरिहाल्छन् अनि अभिभावकलाई भन्दा शिक्षकलाई बढी विश्वास गर्छन् । त्यसैले विद्यालय तथा शिक्षकले समाजमा परिवर्तन हुन गाह्रो भएका र परिवर्तन गर्नैपर्ने कुराहरू जसलाई “व्यवहारिक परिवर्तन” भनेर पनि बुझ्ने गरिन्छ, त्यसलाई विद्यार्थीमार्फत् समुदायमा पु¥याउँदै शिक्षक वा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । 

घरमा शौचालय भएका विद्यार्थीलाई पुरस्कार दिने, शौचालय नहुने विद्यार्थीलाई स्वास्थ्य शारिरिक विषयमा केही नम्बर कम दिने जसको कारण विद्यार्थीका अभिभावकमा त्यसको प्रभाव प्रत्यक्ष परोस् र शौचालय बनाउन अग्रसर रहुन् । आफ्नो घरमा शौचालय नै नभएको कारण, सुधारिएको चुल्हो नभएका कारण बालबालिकाले विद्यालयमा कापी, सिसा पुरस्कार प्राप्त गर्न सकेनन् वा यो खबरले अभिभावकहरू शौचालय, सुधारिएको चुल्हो बनाउन अगाडि बढ्छन् । विद्यालयस्तरमा दिइने सानो पुरस्कार चकलेट या सिसाकलम, या कापी या अन्य कुनै वस्तु अतयन्त महत्वपूर्ण हुन्छ र त्यो प्राप्त गर्न नसकेको खण्डमा विद्यार्थीहरूमा अभिभावकलाई झकझकाउने अवस्था सिर्जना हुन्छ ।

बालबालिकाहरूले धेरै कुराहरू सिक्ने अनि सिकाउने थलो नै विद्यालय हो । विद्यालय विद्यार्थीको लागि घर नै हो ।  विद्यालयले विद्यार्थीलाई निर्दिष्ठ गरिएका पाठ्यपुस्तकका कुराहरू मात्र हैन घर र समाज परिवर्तनका अतिरिक्त विषवस्तुहरूलाई पनि सिकाउँदै आएका छन् । विद्यार्थीका माध्यमबाट एउटा समुन्नत तथा सुसंस्कृत समाज निर्माणका विभिन्न आधारहरूलाई विद्यालयले बलियो बनाउँदै जान सक्छ । गाउँघरको सरसफाई, शौचालय प्रयोग गर्ने, रासायनिक मलको साटो जैविक मल प्रयोग गर्ने अनि घरमा धुँवारहित चुल्हो प्रयोग गर्ने कुराहरूका साथसाथै हाल चर्चामा रहेको वातावरण संरक्षण वा जलवायु परिवर्तनका गहन विषयवस्तुहरूलाई विद्यार्थीका माध्यमबाट समुदायमा लान सकियो भने त्यसबाट प्राप्त गर्नुपर्ने आधारभूत उपलब्धिहरू सजिलै प्राप्त गर्न सकिन्छ । 

बालबालिकाहरूलाई विकास र परिवर्तनका साझेदारको रूपमा स्थापित तथा विकास गर्दै लैजानु आजको प्रमुख आवश्यकता पनि हो । सानै उमेरदेखि नै सकरात्मक सामुदायिक परिवर्तनका निमित्त लक्षित गर्दै बालबालिकालाई लैजान सकियो भने युवा अवस्थामा पुग्दासम्म उनीहरूबाट धेरै लाभ लिन सकिन्छ । बालमनोबैज्ञानिकका अनुसार बालबालिकामा गरिएको लगानी संसारमा कुनै पनि व्यवसामयमा लगानी गरिएको भन्दा ज्यादा फलदायी रहन्छ । बालबालिकामा अहिले गरिएको लगानीले २० वर्षपछि १ सय ३६ गुणा बढी लाभ प्राप्त गर्न सकिने कुरा संसारले नै स्वीकारी सकेको अवस्था छ । त्यसैले बालबालिकाबाट कुनै फाइदा लिनको लागि उनीहरूको बृद्धि विकासका लागि लगानी बढाउनु आवश्यक पनि छ । 

हाम्रो पारिवारिक र समुदायको विविध खालका काममा हाम्रा बालबालिकाले योगदान पु¥याई रहेकै पनि छन् । विभिन्न काममा सक्दो योगदान पु¥याइरहेका बालबालिकालाई बढीभन्दा बढी लगानी गर्दै लैजान सकियो भने समुन्नत राष्ट्र निर्माणमा उनीहरूको भूमिका उल्लेखनीय रहन्छ भन्नेमा दुइमत रहँदैन । नेपाल सरकारको शहस्राब्दी विकास लक्ष्य जस्तै सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिशामुक्त बनाउने अभियानमा विद्यालय र विद्यार्थीलाई आधारभूत माध्यम बनाएर तिनका घर तथा समुदायमा यो अभियान पु¥याउन सकिन्छ । दाउरा प्रयोग नगर्ने वा कम प्रयोग गर्नका लागि सुधारिएको चुल्हो वा गोबरग्याँस प्रविधि प्रयोग गर्नका लािग रचनात्मक तवरले अतिरिक्त कृयाकलाप सञ्चालन गर्न सकिन्छ । त्यस्तैगरि रासायनिक मलको साटो घर बाहिर वा भित्र हुने फोहोरलाई जैविक मल प्रयोग गरेर उत्पादन बढाउने, स्वस्थ उत्पादन गर्ने वा फोहोर व्यवस्थापन गरी वातावरण जोगाउनको लागि पनि विशेष कार्यक्रमहरू विद्यार्थीका माध्यमबाट गर्न सकिन्छ । 

पहिलादेखि नै विश्वास गरिदै आएको संसारका धेरै हठमध्ये बालहठलाई अभिभावकले सहजै नकार्न सक्दैनन् । उनीहरूको मागलाई अभिभावकले पुरा गर्दै आएका छन् । सकरात्मक विषयलाई वा परिवर्तनको आवश्यकता भएको विषयवस्तुलाई तथा अभिभावकमा परिवर्तन गर्न गाह्रो भएको  विषवस्तुलाई कार्यान्वयन गर्नका लागि पहिलो माध्यम नै उनीहरूका बालबालिका हुन् भन्ने विषयवस्तुलाई नकार्न सकिदैन । 

घरमा शौचालय भएका विद्यार्थीलाई पुरस्कार दिने, शौचालय नहुने विद्यार्थीलाई स्वास्थ्य शारिरिक विषयमा केही नम्बर कम दिने जसको कारण विद्यार्थीका अभिभावकमा त्यसको प्रभाव प्रत्यक्ष परोस् र शौचालय बनाउन अग्रसर रहुन् । आफ्नो घरमा शौचालय नै नभएको कारण, सुधारिएको चुल्हो नभएका कारण बालबालिकाले विद्यालयमा कापी, सिसा पुरस्कार प्राप्त गर्न सकेनन् वा यो खबरले अभिभावकहरू शौचालय, सुधारिएको चुल्हो बनाउन अगाडि बढ्छन् । विद्यालयस्तरमा दिइने सानो पुरस्कार चकलेट या सिसाकलम, या कापी या अन्य कुनै वस्तु अतयन्त महत्वपूर्ण हुन्छ र त्यो प्राप्त गर्न नसकेको खण्डमा विद्यार्थीहरूमा अभिभावकलाई झकझकाउने अवस्था सिर्जना हुन्छ । साँच्चै यस्ता कुराहरूबाट समाज परिवर्तनमा ठूलो सहयोग पुग्न सकिन्छ । एउटा मात्र विषयवस्तुलाई आधार नबनाई शौचालय, चुल्हो, जैविक मल तथा रूख विरूवा रोप्ने विषयवस्तुलाई एकै प्याकेजमा सम्बोधन हुने गरी कृयाकलाप बनाउन सके साँच्चै नै परिवर्तन हुनै पर्ने कृयाकलाप कार्यान्वयन हुनमा सहयोग पुग्दछ । 

त्यसैले समाजमा अत्यावश्यक व्यवहारिक वा सामुदायिक परिवर्तनका निमित्त बालबालिका पहिलो सूचक हुन् । उनीहरूको माध्यमबाट समाजले चाहेको, राज्यले चाहेको र हामी सबैले चाहेको समुन्नत, सुसंस्कृत र परिस्कृत समाज निर्माणका लागि विभिन्न आधारहरूको सिर्जना गर्न सक्दछौं । उनीहरूमा उपयुक्त वातावरण र लगानीका लागि अभिभावक, समुदाय, विद्यालय र राज्यका विभिन्न निकायहरू एकजुट हुनै पर्दछ । यसैमा समाजको हित छ, हामी सबैको जित छ । 

श्यामेवाङ्फेल ज्ञानसागर २०७१ मा प्रकाशित 

Post a Comment

0 Comments