Ad Code

Responsive Advertisement

राखौं यही चेतना

शार्दूलवीक्रीडित छन्द

पृथ्वीमा बढि गो प्रभाव हरितै ग्यासै त उत्सर्जन
हल्ला भो जगतै हुनेछ त्रसितै वस्ती नि वीसर्जन ।
नाङ्गै भो पहरा विनास वनको कम्तै छ अक्सीजन
रोपौं रूख जयै हुनेछ सबको राखौं यही चेतना ।। १

छैनन् रूख भने रहन्न जगतै बाँच्दैन भन्ने पिर
फैलेका कण धेर, दूषित हुँदै फर्किन्छ मान्छे तिर ।
मान्छेले लिनु पर्छ चीज जुन हो भन्ने त अक्सीजन
रोपौं रूख दिनेछ आज सहजै राखौं यही चेतना ।। २

गर्दै धेर प्रयोग् नवीन प्रविधी धुँवा नहूने चुलो
दाउराको वदला प्रयोग गरनू ग्यासै त गोवरको ।
खेतीपाति पनी विशुद्ध गरनू जैवीक भन्ने कन
रोपौं रूख वचाउँ मूल जलको राखौं यही चेतना ।। ३

वन्जंगल् गरियो विनास् यदिभने नासिन्छ ज्यान् प्राणिको
लागौं आज सबै मिलेर यसमा हित्का कुरा जानि यो ।
ढाले रूख लगाय अग्नि वनमा कार्वन् नि उत्सर्जन
रोपौं रूख बचाउँ वायु जगमा राखौं यही चेतना ।। ४

जल्वायु पनी यैं फरक् फरक भो पानी नपर्ने कुरो
खण्डै बृष्टि कतै त बृष्टि अति भो कुरो यही हो चुरो ।
भारै भो यसको अती गहकिलो निर्दोष रैतीकन
रोपौं रूख जयै हुनेछ सबको राखौं यही चेतना ।। ५


वातावरण दिवस २०६७

Post a Comment

0 Comments