Ad Code

Responsive Advertisement

म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ


आजभोलि म लेख्दिन भन्छु
लेख, रचना र कविता
लेख्दिन भनेर लेखिरहँदा
आफैं लेख वा कविता बनिँदो रहेछ 
म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।।१


खै मलाई थाहा छैन 
किन म लेखिरहेर लेख्दिन भन्छु 
लेख्दिन भनेर लेखिरहँदा 
त्यो आफैंमा लेख वा कविता भएछ
म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।। २

भन्दिन म लेख्दिन भनेर
लेखिएरै छाड्छ भने
लेख्दिन भनेर लेखिरहँदा
अनायासै कविता पो बन्न गएछ
म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।। ३


728x90 - Travel Nepal