Ad Code

Responsive Advertisement

तिहार आउँदा र भाई नहुँदा

Tihar Festival 2066
बालीए झलमल्ल दीप जगतै गरी उज्यालो तर
भाई नै नहुँदा परी विरहमा साह्रै अँध्यारो घर ।
भैलीनीहरु आउँछन् नजिकमा मै रुन्छु छाती पिटी
मैले लौ मन यो बुझाउँ कसरी बुझ्दैन सीतीमिति ।। १


छेवै आँगनिमा फुल्यो मखमली के काम तेस्को अब
भाई छैन भनी नफूल भनथें फूलीरहेछन् सब ।
मीठा सेल, मिठाइ अन्य रसिलो पाकीरहेको छ यो
दूबो, फूल, अबीर, तेल तिलको कामै नहुने भयो ।। २


बज्छन् मादल पीङका वरिपरी नाच्दै रमीता गरि
द्यौसी खेलि रमाइ आशिष दिइ गीत् गाइ नाना थरि ।
जे जे भो सब यो उराठ मनमा के हुन्छ सारा हुँदा
पाँचै रात बिहान यी बितिगए संझेर भाई रुँदा ।।

( शार्दूलवीक्रीडित छन्द )
शुभ दीपावली ०६९ को अवसरमा सवैमा हार्दिक मंगलमय शुभकामना !!!!!

Post a Comment

0 Comments