Ad Code

Responsive Advertisement

असार पन्ध्र, रोपाइँ, जन्मदिन र दही चिउरा

गाईको दाम्लो, भैंसीको दाम्लो किलाको किलै छ, किलाको किलै छ
अलैंची  दाना बाडौंला भन्थें हात मेरो हिलै छ ।हात मेरो हिलै छ....... अलैंची  दाना बाडौंला भन्थें हात मेरो हिलै छ ।
वि.सं २०६८ को असार १५ मा पर्मेली रोपाहारहरूले गाएको असारे गीतलाई मैले यहाँ
थपक्कै टिपेर राखें । असार महिना, मानु रोपेर मुरी उब्जाउने तयारी महिना । आलीमा उभिएर रोपाहारलाई हिलो छेप्ने महिना अनि दाँदेमा चढेर ह माले भन्दै पानी र हिलो छताछुल्ल बनाउने महिना । पानी पर्दा घुम ओढेर रूखको छहारीमा बसेर साथीहरूसँग मिली गीत र श्लोक गाउने महिना । ६/७ वर्षअगाडिका ७/८ वर्षयस्तै गरी बिते असार, साउनका महिना ।

असारभरि नै  नेपाली किसानहरूको लागि अति नै महत्वपूर्ण  महिना हो । खेतभरि खेताला वा पर्मेलीहरू आ-आफ्नो काममा व्यस्त हुन्छन् । खेताला वा पर्मेली भन्नाले बाउसे, आली लगाउने, रोपाहार, हली र कुना खन्ने मान्छेहरूको समूहलाई बुझाउँदछ ।

विशेषत: असार १५ नेपालीका लागि मात्र नभएर नेपालमा आउने विदेशीहरूका लागि माझ  एउटा पर्वको रूपमा स्थापित भईसकेको छ । विभिन्न पर्यटन व्यवसायीहरूको अगुवाईमा देशका विभिन्न ठाउँमा रोपाइँ महोत्सव पनि हुने गरेको छ । वर्षौभरि खेतीपातीमा काम नगर्ने मान्छेहरू पनि यस दिन रोपाइँमा गएर आली लगाउने, बाउसे गर्ने, धान रोप्ने र  हिलो खेल्ने अनि दहीचिउरा खाएर असारे भाखामा गीत गाउने गर्छन् । युवायुवतीदेखि प्रौढ अवस्थाका सबै मानिसहरूलाई असार १५ ले आकषिर्त गरेको हुन्छ ।

मैले थाहा पाएदेखि नै असार १५ मेरा लागि अविष्मरणीय दिनको रूपमा रहँदै आएको छ । असार १५ जन्मदिन भएकोले मलाई यो अवसर मिलेको हो । हजुरआमा, आमा र बुबाले मलाई जहिले पनि जन्मेको ठाउँमा बसेर दही चिउरा खान दिएपछि मात्र उहाँहरूले खानुहुन्छ । 

सानैदेखि हजुरआमाले भन्नुहुन्थ्यो "असार १५ मा जन्मेको मान्छे यस दिन जहाँ भए पनि दहीचिउरा खान जन्मेको थलोमा आई पुग्छन् रे ।त्यसैले म पनि सकेसम्म असार १५ मा घरमा नै हुने र रोपाइँमा जाने,जन्मेको मझेरीमा  बसेर दही चिउरा खाने जमर्को गर्छु ।  मैले हेक्का राखेसम्म मलाई लाग्छ मैले जम्माजम्मी ३ वटा असार १५ बाहिर बिताएको छु ।  

  See this on Meroreport.net and Rasuwa Digital Khabar


सानैदेखि हजुरआमाले भन्नुहुन्थ्यो "असार १५ मा जन्मेको मान्छे यस दिन जहाँ भए पनि दहीचिउरा खान जन्मेको थलोमा आई पुग्छन् रे ।त्यसैले म पनि सकेसम्म असार १५ मा घरमा नै हुने र रोपाइँमा जाने,जन्मेको मझेरीमा  बसेर दही चिउरा खाने जमर्को गर्छु ।  मैले हेक्का राखेसम्म मलाई लाग्छ मैले जम्माजम्मी ३ वटा असार १५ बाहिर बिताएको छु ।  

Post a Comment

0 Comments