Ad Code

Responsive Advertisement

पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा

मेरो देश भनी भन्यौ तर अहो देखिन्न राष्ट्रियता
मेची विव्हलमा छ रोदन गरी काली कता हो कता ?
मेरो ठाउँ यहाँ, कहाँ अरु बसे - भन्दै लछारो यहाँ
व्यर्थैमा झगडा परे दिनदिनै देखी रहेछौं जहाँ ।। १


पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा
कौनै जात अरे त कौन कुन हो - यस्तै कुनै भानमा ।
नेता खण्डित नै हुँदा जगतमा विश्वास घट्दै गए
यूवाशक्ति विशाल स्वप्नसहितै सारा पराया भए ।। २

शान्ती क्षेत्र भनेर यो चिनियको सारा कुरा बिर्सदै
नेता राज रहे त कल्मषी भए यै मट्मिा कुल्चदै ।
माटो मानिसमा अमुल्य रहँदा बन्दै गए घायल
नेपाली भूमिका सबै नगरिमा देखिन्न है उज्वल ।। ३

कालीमा नदुखे कहाँ प्रिय भयो - यो देश मेरो भनी
साराको दुःख देख्नु पर्छ सहजै मेची र काली बनी ।
कौनै धर्म र जातिका तवरले यो देश चुड्ने भए
छातीमा परि वेदना जगतको भेटिन्न कैल्यै जय ।। ४
- प्रेमप्रसाद पौडेल, धैबुङ-९, रसुवा (-९७४१०१६७३२)

Post a Comment

1 Comments

  1. साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

    ReplyDelete