महिमा आमाको

डा. ओमवीरसिंह बस्न्यातद्वारा सिर्जित माथि चित्रमा उल्लेखित  कविताको व्याख्या आवश्यकता छैन, कविताले नै आमाको परिभाषा दिएको छ । डां बस्न्यातको आमा खण्डकाव्यको यो कविता, कवितामा माध सिमित छैन । अत्यन्त आदर्शको शब्द, सबैका जन्मदाता आमाको प्रतीकको रूपमा यो कविता रहन्छ । नेपाली साहित्यकारहरूको सिर्जना मध्येको आमाको परिभाषालाई प्रतबिम्बित गर्ने हरफहरूका प्रतिनिधि हरफहरू पाइन्छन् उनका कवितामा ।


पृथ्वीका सबै सजिव प्राणी पृथ्वीमा देखापर्नैका लागि पनि आमा चाहिन्छ । आमाको सहायताले नै भरखर जन्मेको एक बालकले जीवन पाउँछ । जन्मदेखि मृत्यु पर्यन्तसम्म आमाले केही न केही पाटोमा सहायता प्रदान गरेकी हुन्छिन् ।


डा. बस्न्यातले आमा खण्डकाव्यमा नै भनेका छन्– 

आमाकै अनुराग प्यार ममता यो सृष्टिको सार हो
आमाकै दशधार भित्र रहनू यो एक आधार हो । 

आमा जीवनको पहिलो व्यक्ति, जसले दश महिनासम्म गर्भमा पीडा र खुसीका साथ लिएर हामीलाई जीवन प्रदान गर्नुहुन्छ । त्यसैको फलस्वरूप हामी आमाको त्यही दुःखको स्मरण गर्दै सम्मान प्रकट गर्दछौं । बैशाख कृष्ण अमावश्याका दिन आमाको दुधको भारा तिर्नका लागि विभिन्न परिकारका खानेकुरा र राम्रो लाउन दिएर खुसी बनाउने गर्छौं ।

“आमा त्यो आउँछ र ? हो बा त्यो आउँछ, त्यो बिहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।” अर्को प्रतिनिधि कविता साहित्यकार गोपालप्रसाद रिमालको “आमा” वाङ्मयमा आमा र छोराको परिवर्तनशील यो वार्तालाप हो । नेपाली साहित्यकारहरूले आमालाई विभिन्न तरिकाबाट कवितामा उतारेका छन् । 

पृथ्वीभन्दा को ठूलो भारी हुन्छ महान
पृथ्वीभन्दा पनि ठूली जननी जान महान ।। 

साहित्यकार लक्ष्मीदत्त भट्टले लेख्नुभएको “आमाको स्मृति” बाट लिइएको यी दुई हरफले पनि आमाको महिमा उल्लेख गरेको छ । पृथ्वीभन्दा पनि ठूली आमाको महिमालाई त्यस काव्यमा पनि धेरै चर्चा गरिएको छ ।


माथिका केही प्रतिनिधिमूलक कविताका हरफबाट आज आमाको मुख हेर्ने दिनमा आमाको महिमा सम्झने प्रयास गरें । जन्म दिएर हामीलाई मानिसको आकार बनाइदिने महान् आमालाई सद्भाव र सम्मान दिने न त  कुनै शब्द छन्, न त गर्ने केही व्यवहार नै । जति सम्मान, मान र मर्यादा गरे पनि आमाको ऋण तिर्न सकिन्न । आमा हाम्रा लागि धरती हुन्, हामी उहाँका सन्तान ।

 जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी "
हुन्छन शब्द अनि कयौं जगतमा, प्यारा र राम्रा तर !
यौटै शब्द छ शब्दकोश भरिकै, आमा आहा सुन्दर ..!! 

त्यस्तै साहित्यकार/डा. नवराज लम्सालले आमालाई भन्नुभएको छ -

दुख्दा सबै दुख्ख दु:खेर जान्छ
जाँदा उसैले सब दुख्ख लान्छ ।
यो देश तिम्रै सपना सँगाल्छ
आमा नरोउ अब घाम लाग्छ ।।
तर घाम लाग्ने छाँट देखिएन ।। 

यो कविता सुन्न 


जन्म दिएर धरतीमा बाँच्न सिकाउने उनै महान् हामी सबैका आमाप्रति हार्दिक सम्मान प्रकट गर्दै ।

आमासँग सम्बन्धित केही सिर्जना, रचनाहरू


निक्की कार्की
आमा नै नभए हुँदैन रचना आमा बिना के छ र ?
आमाकै प्रिय कोखबाट जगमा जन्मे स्वयम् ईश्वर ।
आफ्नो जीवन मृत्युको पनि कठै पर्वाह छाडीकन
सानो निर्जिव पिण्डभित्र सहजै भर्छिन् नयाँ जीवन 







Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com