चिन्ता वातावरणको

आज विश्वमा नै वातावरण सन्तुलनका लागि चिन्ता गर्न थालिएको छ । केही वर्षदेखि अत्यन्त चर्चामा आएको जलवायु परिवर्तनको अनेपेक्षित तथा अपेक्षित प्रभावले हाम्रो समाजमा वातावरण संरक्षणको लागि चिन्ता, प्रयास तथा विविध छलफल हुँदै आएका छन् ।

जलवायु परिवर्तनको प्रतिकूल असर सबै ठाउँमा देखिएको भए पनि बढी असर चाहिँ हिमाली क्षेत्रमा देखिएको छ । हिमालमा हिँउ पर्ने मात्रा कम हुँदै रेखा माथि माथि सर्दै गएको अवस्था एकातिर छ भने अर्कोतिर परेका हिउँ पनि अत्याधिक रूपमा पग्लँदै जान थालेको छ । हिँउ पर्ने समयमा फेर बदल आएको छ । कतिपय हिमालहरू हिँउ विहीन बन्दै गएका छन् । पानीको मुख्य स्रोतको रूपमा रहेको हिमालमा नै यसरी प्रतिकूल असर पर्दै गएपछि मुलुकमा पानीको अभाव पर्न सक्ने संकेत देखिएको छ ।


हरेक वर्ष मनाइने यस्ता वातावरण दिवस वा वातावरण संरक्षण सम्बन्धि कृयाकलापहरू केबल दिवसमा मात्र सिमित रहनु हुन्न । दिवसमा मात्र हैन प्रत्येक दिन, प्रत्येक क्षण वातावरण सन्तुलनका लागि सोच्ने बेला आएको छ । हामी बाँच्नैका लागि सन्तुलित वातावरण चाहिने र हाम्रा प्रत्येक कृयाकलापका कारण नै वातावरण प्रतिकूल बन्ने भएका कारण पनि यसका विषयमा अत्यन्त गम्भीर हुनु आजको टड्कारो आवश्यकता पनि हो । सर्बप्रथम हाम्रा कस्ता कार्यले वातावरणमा नकरात्मक असर परी वातावरणीय असन्तुलन हुन्छ र हामीले के गर्दा यसमा सन्तुलन कायम गर्न सकिन्छ भन्ने विषमा सोच्ने हो भने वातावरण संरक्षण वा सन्तुलनका निमित्त कुनै पनि ठूला योजना तथा आयोजनाको आवश्यकता पर्दैन ।

हाम्रा दैनिक कृयाकलापबाट उत्पन्न हुने वातावरणीय असन्तुलनको कृयाकलापहरू ठूला पनि हुन्छन् र केही सामान्य पनि हुन्छन् । ठूला कृयाकलापले वातावरण ठूलै खैलाबैला निम्त्याउन सक्छ भने साना कृयाकलापले सानै । तर ठूलो होस् या सानो वातावरणमा असन्तुलन निम्त्याउने कार्य सबैले आआफ्नो स्थानबाट न्यूनीकरण गर्न सक्नु पर्दछ । उदाहरणको लागि हामीले दैनिक प्रयोग गर्ने भान्छाको फोहोर (जैविक तथा अजैविक) लाई व्यवस्थापन गरी पुन प्रयोग गर्ने बानी मात्र गर्न सक्यौं भने पनि जैविक तथा अजैविक फोहोरका कारण निम्तिने वातावरणी ह्रास कम भई वातावरण संरक्षणमा योगदान पु¥याउन सकिन्छ । यसका लागि न त कुनै विदेशी सहायताको आवश्यकता पर्दछ न त नेपाल सरकारका कनै विशिष्ट कार्यक्रम ।

घरभित्र र बाहिर जम्मा हुने जैविक फोहोरलाई मलको रूपमा पुनर्उत्पादन गरेर बालीनालीमा प्रयोग गर्न सकियो भने एक त महंगो र पाउन मुस्किल भइरहेको रासायनिक मलको प्रयोगलाई कम गर्दै क्रमशः जैविक खेतीतर्फ उन्मुख हुन सकिन्छ भने अजैविक फोहोरलाई अन्य उपयोगी सामग्री उत्पादनमा लगाउन सकिन्छ । सानै विषय भए पनि हामीले यति मात्र गर्न सके अहिले चर्चामा आएको वातावरणीय ह्रास वा जलवायु परिवर्तनको समस्या न्यून गर्न सकिन्छ ।

वातावरण प्रतिकूल असर पर्ने कृयाकलापहरू विभिन्न औद्योगिक शहरमा कलकारखाना सञ्चालन, सवारी साधन तथा अन्य कुनै हुन सक्लान्, तर हाम्रो ग्रामीण परिवेशमा दरिद्रय मानसिकताका कारण घाँस काट्न सजिलो बनाउने बाहानामा वस्ती वरपरका जंगलमा आगो लाग्ने गरेको छ । यसबाट उत्पन्न प्रतिकूल असरले हामीलाई नै गाँजिरहेको छ । त्यहाँ रहेका वनस्पति र वन्यजन्तु तथा वासस्थानको पनि विनास हुने, पछिल्लो चरणमा निकै चर्चामा आएको जलविद्युत केन्द्र स्थापना गर्ने तीब्र रहर यस्ता खालका आगलागीका कारण धराशयी बन्दै गएका छन् । जंगलमा आगो लाग्दा त्यहाँको पानीको मूल सुक्ने, प्रदुषणका कारण हिमालमा हिँउ पर्न कम हुन्छ, मानव वस्तीमा विभिन्न रोगव्याधी बढ्दै वातावरणीय प्रलयतर्फ उन्मुख हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरूरी छ ।

आजभोलि हाम्रो समुदाय वातावरण संरक्षणमा अग्रसर पनि छ, पछिल्लो समयमा जन्मदिन मनाउन केक काट्नेको साटो विरूवा रोप्ने, प्रणय दिवसमा प्रेमीप्रेमिकाले पनि विरूवा रोपेर मनाउने गरेको हामीले समाचार सुन्न पाएका छौं । वातावरणको निमित्त रूख, सर्वोपरि उपाय हो, रूख पानी र वातावरणका लागि सर्वोपरि उपाय हो, पानी तथा सन्तुलित वातावरण प्राणी जगतका लागि अपरिहार्य हो यही नै चुरो कुरो हो भन्ने नारालाई साकार पार्न ५० जना, १०० जना हैन सिङ्गो समुदायको सबै मान्छे लागे मात्र वातावरण जोगाउन सकिन्छ । 


साना कृयाकलापले पनि वातावरण संरक्षणमा टेवा पु¥याउँछ र सानै कृयाकलापका कारण वातावरणमा प्रतिकूल असर पर्छ भन्ने कुरा सबैले स्वीकार गर्दै सकरात्मक रूपमा संरक्षणका लागि मात्रै अगाडि बढ्न सक्नु पर्दछ । वातावरण संरक्षणको निमित्त सबैभन्दा ठूलो वन र वनस्पति संरक्षण हो भन्ने विषय कहिल्यै भुल्न हुन्न । वन संरक्षणका लागि ठूला ठूला विरूवा रोपेपर मात्र योगदान पु¥याउन सकिन्छ भन्ने मानसिकतालाई हटाउँदै घर वा कौसीमा रहेको गमलामा फूल मात्र रोपे पनि केही योगदान पु¥याउन सकिन्छ । होला ठूला रूखले ठूलो योगदान पु¥याउला, सानो विरूवाले सानै । तर पनि गमलामा मखमली  रोप्ने, खुर्सानी रोप्ने हरियाली हुने केही न केही विरूवा रोप्ने कार्यले केही न केही योगदान पु¥याउँछ भन्ने बुझ्नु वातावरण संरक्षणमा चिन्तन गर्नु हो ।  

घरभित्रको शत्रु

विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशको तुलनामा नेपालमा घरेलु वायु प्रदुषण १५ प्रतिशतले बढी हुने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा घरभित्रको वायु प्रदुषणका कारण वर्षेनी २२ हजार ८ सय ४१ जनाले अकालमा ज्यान गुमाउने गरेका छन् भने सबैको गरी ७ लाख ४६ हजार ३ सय ८१ वर्ष समय यसका कारण विरामी परेर वा अकालमा मरेर उत्पादनमूलक समय त्यसै खेर गइरहेको प्राक्टिकल एक्शन नेपालको एक प्रतिवेदनमा भनिएको छ ।  यसरी हेर्दा परम्परागत चुल्होमा खाना पकाउँदा निस्कने धुँवा वा परम्परागत इन्धन र चुल्हो मानिसको लागि घरभित्रकै शत्रु बनेको छ । 

तर पनि पुननिर्माणको कार्यक्रममा सरकारकै सहश्राब्दी विकास लक्ष्य अनुरूप सन् २०१७ सम्ममा नेपाललाई घरभित्रको धुँवामुक्त देश बनाउने लक्ष्यलाई समावेश गराउन सकेको छैन । पुननिर्माणसँगै घरलाई स्वच्छ, सफा र उत्तम बनाउन प्रत्येक घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अनिवार्य हुन्छ ।



नेपालका प्राय गाउँघरमा खाना बनाउन जैविक ठोस इन्धन जस्तै दाउरा, गुइँठा र कृषिजन्य रहेलपहेलहरूको प्रयोग हुने गरेको छ । नेपालमा ७४ दशमलब ४ प्रतिशत घरधुरीहरूले माथि उल्लेखित ठोस इन्धनको प्रयोग गर्ने गरेका छन् । नेपालका हिमाली तथा उच्च पहाडी भेगमा यस्ता समस्या अधिकतम हुने गरेका छन् । प्राय गरीव मुलुकमा यी इन्धनको प्रयोग गर्नु एउटा बाध्यकारी समस्याको रूपमा रहेको छ । नेपाल जस्तो गरीव, अल्पविकसित वा विकासोन्मुख देशहरूमा प्रयोग हुने यी ठोस इन्धनहरूको प्रयोगमा उन्नत प्रविधिहरू जस्तै सुधारिएको,  दाउरा कम लाग्ने र धुँवा भान्छा बाहिर जाने चुल्होको प्रयोग नहुनु मुख्य समस्या हो । जसका कारण स्वास्थ्य सम्बन्धि विविध समस्या सिर्जना भई उपचारमा धेरै धनराशी खर्च हुने गरेको एकातिर छ भने अर्कोतिर दाउरा संकलनमा भइरहेको समय खर्च, परिश्रम, वन विनाश र विश्व वातावरणमा प्रतिकूल असरलगायतका समस्याहरू विद्यमान छन्  । 

घरभित्र खाना बनाउन प्रयोग हुने इन्धन व्यवस्थित वा उन्नत प्रविधिको प्रयोगमा हाम्रो समुदायले बुझेर पनि बुझ पचाएको अवस्था छ । जसका कारण घाँटी खस खसाउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, कफ आउने, आँखा बिझाउने, चिलाउने, हेर्न कठिनाई हुने, आँसु आउने, घॉंटी दुख्ने, बच्चालाई निमोनिया हुने जस्ता तत्कालीन रोगहरू देखा पर्दछन् भने लामो समयसम्म दुषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, आँखासम्बन्धी रोग जस्तै मोतियाबिन्दु आदि दीर्घकालीन रोगहरू लाग्ने गर्दछन्  । यसको अलावा गर्भवती महिला धेरै समयसम्म धुँवामा बसेको खण्डमा बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चाको जन्म हुने र अत्याधिक प्रदुषणका कारण मृत बच्चाको जन्म हुनसक्ने सम्भावना रहन्छ । घरेलु वायु प्रदुषणका कारण विशेष गरी महिला तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयहरूको प्रतिवेदन हेर्ने हो भने निमोनियाँ वा श्वासप्रश्वास सम्बन्धि समस्याहरू एक नम्बरमा आउने गरेका छन् । फोहोर पानी, दुषित हावा, असुरक्षित यौन सम्पर्क पछि रोग निम्त्याउने चौथो कारक तत्वको रूपमा घरभित्रको धुँवा रहेको पनि स्वास्थ्यविद्हरू बताउँछन् । 

यी विविध समस्या समाधानका लागि मुख्य गरी दुइवटा उपायहरू छन् । दाउरा वा कृषिजन्य रहेलपहेल, गुँइठा, कोइला, त्र्रिकेट आदि प्रयोग गर्दा  भेन्टिलेसन वा हावा राम्रोसँग ओहोर दोहोर हुने कोठामा सुधारिएको वा धुँवा वाहिर जाने प्रविधिहरू जस्तै सुधारिएको चुल्हो, चिम्नीहुड तथा उन्नत स्वच्छ चुल्होको प्रयोग गर्ने एउटा उपाय हो भने गोबरग्याँस, सौर्य उर्जा र विद्युतीय चुल्होको प्रयोग गर्नु अर्को उपाय हो । यसो गर्दा भान्छाको सफाई, स्वास्थ्य सुधार र काममा सहजता भई समाज आर्थिक उन्नति र विकासको पाटोमा अघि बढ्दछ । 

हामी यतिबेला पुननिर्माणको संघारमा छौं । पुननिर्माणको समयमा उल्लेखित समस्यालाई ध्यान दिन सकिएको छैन अर्थात् पुननिर्माणमा घरको डिजाइन गर्दा उन्नत चुल्होलाई अनिवार्य गर्न सकिएको छैन । विनाशकारी भुकम्पका कारण क्षतिग्रस्त संरचनाको पुननिर्माणमा नेपाल सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै छ । तर पनि पुननिर्माणको कार्यक्रममा सरकारकै सहश्राब्दी विकास लक्ष्य अनुरूप सन् २०१७ सम्ममा नेपाललाई घरभित्रको धुँवामुक्त देश बनाउने लक्ष्यलाई समावेश गराउन सकेको छैन । पुननिर्माणसँगै घरलाई स्वच्छ, सफा र उत्तम बनाउन प्रत्येक घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अनिवार्य हुन्छ । नेपाल सरकारको “क्लिन कुकिङ सोलुसन टु अल” को लक्ष्य पुरा गर्न, वन वातावरण जोगाउँदै विश्व वातावरण संरक्षणमा योगदान दिन तथा मानव स्वास्थ्यमा सुधार गरी समृद्ध समाज निर्माणमा स्वच्छ वा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अपरिहार्य छ ।  




जलविद्युत र गोवरग्यासको सम्बन्ध

एकातिर लोडसडिङको चर्को मार त अर्कातिर ग्रामीण भेगमा खाना बनाउने इन्धनको अभाव अथवा विश्वव्यापी रूपमा बढ्दै गईरहेको जलवायु परिवर्तनको असर, जे भने पनि आखिर यी दुबै समस्याले नेपाल जस्तो विकासोन्मुख देशमा प्रभाव पारिराखेको छ । सो समस्या समाधानका लागि अत्याधुनिक शहरदेखि दुरदराजको ग्रामीण बस्तीसम्म चर्चा परिचर्चा हुन थालेको छ । ग्रामीण वस्तीसम्ममा खाना बनाउन तथा बैकल्पिक उर्जाको रूपमा गोवरग्यास प्रविधिलाई विकास गरी प्रयोग गर्न सकियो भने उर्जा अभाव, जलवायु परिवर्तनको समस्या अनुकूलनमा मात्र नभई सम्भावित जलविद्युत उद्योगमा पनि दिगोपन बनाउन सकिन्छ  ।

जलविद्युत विकासका सम्भावना भएका ठाउँमा वा पानीको स्रोत वरपरका वस्तीमा गोवरग्यास प्रविधि निर्माण तथा प्रयोग गर्न सकेमा अहिले अत्याधिक प्रयोग भईरहेको दाउराको मात्रालाई कम गर्दै पानीको स्रोत संरक्षणमा सहयोग गर्न सकिन्छ । हालसम्का विभिन्न अध्ययन तथा अनुसन्धानका आधारमा गोवरग्यास प्रयोग भएमा प्रतिघर प्रतिवर्ष २.४४ टन दाउरा वचत  वनजंगलको संरक्षण भई पानीको स्रोत संरक्षण हुन्छ भने  प्रतिघर प्रतिवर्ष  ७ टन कार्वन कम उत्सर्जन भई जलवायु परिवर्तनका समस्या अनुकूलनमा ठूलो टेवा पुग्नेछ  । त्यसैले जलविद्युतको विकासका निमित्त गोवरग्यास प्रविधि तथा प्रयोगको अत्यन्त नजिकको सम्बन्ध रहेको छ । 


गोवरग्यास प्रविधिले माथि उल्लेखित जलविद्युत उद्योगको दिगोपना तथा जलवायु परिवर्तनको समस्या अनुकूलनमा सहयोग पु¥याउनुको साथसाथै कृषि उत्पादनका लागि गुणस्तरीय जैविक मल निर्माण तथा प्रयोगका लागि मार्ग खुल्ला गर्दछ । गाईबस्तुको गोवरमा रहेको मिथेन ग्याँस खेतीपातीका लागि हानीकारक हुन्छ तर गोवरग्यासमा प्रयोग गरी बचेको लेदोमा उक्त ग्याँसरहित हुने र उक्त लेदोलाई अन्य फोहोरसँग मिसाएर जैविक मल बनाउन सके गुणस्तरीय कृषि उत्पादन मात्र नभई महंगो रासायनिक मल किन्नुपर्ने बाध्यता टर्दछ । 

विश्व तापमान बृद्धिको समस्या समाधान गरि जलवायु परिवर्तनको समस्या न्यूनीकरण वा यसमा अनुकूलन गर्नको लागि साँच्चिकै कुरा सँगै काम ९ऋयmष्लन ष्लतय ब्अतष्यल० गर्ने हो भने वा सम्भावित तथा बनिसकेका जलविद्युत केन्द्रको दीगो सञ्चालनको लागि पानीका स्रोत वरपरका बस्तीहरूका भान्छालाई दाउरारहित बनाउन गोवरग्यास प्रविधि निर्माण तथा प्रयोग हुनु जरूरी छ । रूख नरहे पानी र पानी नरहे हामी यस धर्तीमा रहन सक्दैनौं भन्ने कुरालाई आत्मसाथ गर्दै वन प्रयोगको विकल्प खोज्न हामी सबै लामबद्ध हुनै पर्दछ । 

चिलिमे प्रतिभापुञ्ज, २०७० मा प्रकाशित

हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण

जीवनयापनमा प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण भन्ने शब्द एउटा शब्द मात्र हैन, संरक्षण गर्नुपर्ने महत्वपूर्ण विषयवस्तु हो । वातावरणको संरक्षण नहुँदा विश्वको भूगोल महामारीको चपेटामा पर्ने तीतो यथार्थतालाई विश्वले स्वीकारी सकेको छ । वातावरण संरक्षणका लागि अनेकन् चुनौति रहेता पनि संसारका मानिसहरू भावी पुस्ताका लागि यो संसार अनुकूल बनाएर हस्तान्तरण गर्नका लागि आतुर छन् । बितेका केही वर्षमा जलवायु परिवर्तनको समस्या अनुकूलन गर्नुपर्ने यथार्थताले गर्दा आज दुरदराजका बस्तीहरूमा वातावरण संरक्षणको नाराले प्राथमिकता पाएको छ ।

वातावरण भन्ने बित्तिकै हामी बाँच्ने प्रमुख आधार हो भन्ने हाम्रो समाजले हिजोदेखि नै बिश्वास गर्दै आएको छ । तर पनि मानिसका अनेकन् आवश्यकता वा भौतिक सुविधामुखी संसार भएको कारण वातावरण प्रतिकूल बन्दै गएको छ । वातावरण प्रतिकूल हुँदा एक भेगका मात्र नभई भूगोलभरिका जनमानसका जीवनयापन प्रतिकूल हुन्छ । मात्र यति फरक हो कतै त्यसको प्रभाव कम पर्ला त कतै बढी । नेपालको तराईमा भन्दा पहाडमा र पहाडमाभन्दा हिमालमा तापक्रम बढ्दै गईरहेको छ । जलवायु परिवर्तन सम्बन्धि विभिन्न तथ्याङ्कका अनुसार नेपालको तापक्रम प्रतिवर्ष सरदर ०.०६ डिग्री सेल्सियसका दरले बढ्दै गईरहेको छ तथा हिमाली क्षेत्रमा भने बृद्धिदर ०.०९ डिग्री सेल्सियस पाईएको छ ।

जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा पर्ने भएकोले नेपाल जस्तो हिमाल धेरै भएको देश वातावरण प्रतिकूल बढी हुने र यसको असर धेरै खेप्ने देशभित्र पर्दछ । यो समस्या अनुकूलनका लागि विभिन्न क्षेत्रबाट विभिन्न प्रयासहरू भइरहेका छन् । जलवायु परिवर्तनका कारण हुने समस्याले भूगोल नरहने कुरा अन्तिम विषवस्तु हुनसक्छ तर जीवनयापका क्रममा चाहिने स्वस्थ हावा, पानी, खाद्यान्न तथा अन्य आवश्यक वस्तुहरूको अभाव प्रतिदिन पर्ने गर्दछ ।

जलवायु परिवर्तनको समस्यालाई मानव जगतले जति धेरै बुझेपनि आफ्नो जीवनशैलीलाई सहज बनाउनका लागि वातावरण प्रतिकूल हुने कार्य गर्दछ । जस्तै सुविधायुक्त घर बनाउनका लागि काठको प्रयोगलाई उदाहरणको रूपमा लिन सकिन्छ । वातावरण प्रतिकूल हुन्छ भन्दैमा रूख प्रयोग गर्न हुन्न भन्ने कुरा सर्बोपरि हैन तर हाम्रो समाज हिजोदेखि नै रूख काटेर आवश्यकता पुरा गर्न तल्लीन छ तर काटीसकेपछि फेरि अर्को रोप्नका लागि अग्रसर नहुनु चाहिँ समस्या हो ।

वातावरण संरक्षण गर्नका लागि प्रमुखत वन जंगलको संरक्षण नै हो । वनबाट नै अक्सीजन, पानी तथा मानव समाजका विभिन्न आवश्यकता पुरा हुने गर्दछ । वन संरक्षणबाट प्राप्त हुने विभिन्न सुविधा हाम्रा लागि अपरिहार्य छन् । जंगलबाट हुने गरेका संरक्षित पानीबाट नै जलविद्युत उत्पादन गरी हाम्रा बस्तीहरू उज्यालो प्राप्त गर्न सकिन्छ । त्यसैले वन संरक्षणबाट हामीले दाउरा, घाँस, पानी, उज्यालोलगायत बाँच्नका लागि अक्सीजन पाउनुका साथै दुर्लभ मानिएका विभिन्न चराचुरुङ्गी र जनावरहरूकोसमेत संरक्षण हुने गर्दछ ।
वातावरण संरक्षणका विषयबस्तुलाई प्रभावकारी ढंगबाट समाज वा बस्तीमा पु¥याउनका लागि प्रत्येक वर्ष विश्व वातावरण दिवस मनाउने गरिएको छ । तर यो दिवसका रूपमा मात्र नभई साच्चिकै व्यवहारिक रूपमा वातावरण संरक्षण टेवा पु¥याउने खालका कार्य गरेर मनाउनु आवश्यक छ । वातावरण संरक्षण सम्बन्धि कार्यमा सहयोग पु¥याउन धेरै ठूला ठूला कार्य मात्र पर्दैन । आफ्नो घरभित्रबाट निस्कने फोहोरको स्व–व्यवस्थापन गरे पनि वातावरण संरक्षणमा सहयोग पु¥याउन सकिन्छ । घरभित्रबाट निस्कने अजैविक वा नकुहिने वस्तुको व्यवस्थापनका लागि दीर्घकालीन योजनाको आवश्यकता परेपनि जैविक फोहोरलाई मल बनाएर करेसाबारीमा प्रयोग गर्न सके वातावरण संरक्षण मात्र हैन कृषि उत्पादन पनि बृद्धि गर्न सकिन्छ । आफ्नो बारीमा एउटा डाले घाँसको रूख हुर्काउन सके वातावरण संरक्षणमा मात्र नभई गाईभैंसीलाई आवश्यकता पर्ने घाँसकोसमेत आपूर्ति गर्न सकिन्छ । सानै कृयाकलाप पिँढीको छेउमा गमला राखी एउटा फूल रोपेमात्र पनि वातावरण संरक्षणमा योगदान दिन सकिन्छ । त्यसैले हामी लामो समय, स्वस्थ भई बाँच्ने हो भने, भावी सन्ततिलाई अनुकूलित धर्ती हस्तान्तरण गर्ने हो भने रूख रोपौं, फोहोर व्यवस्थापन गरौं, नाइलन वा प्लाटिकजन्य वस्तुको कम प्रयोग गरौं, धुँवारहित वा धुँवा कककककम गर्ने इन्धन वा स्रोत तथा प्रविधिको प्रयोग गरौं । मुख्य गरी वनको स्रोत प्रयोगलाई मात्र ध्यान दिँदै आएको समाज क्रमश ः स्रोत संरक्षणतर्फ लाग्नु आजको प्रमुख आवश्यकता हो । अनुकूल वातावरण भएमात्र हामी रहन्छौं, हाम्रा लागि वातावरण र वातावरणका लागि संरक्षण भन्ने विषवस्तुलाई साकार पार्न आजैबाट लागौं, कुरासँगै काम गरौं ।


See this Post on Mero Report . Net 

गोसाइँकुण्ड, रामसार क्षेत्र र संरक्षणका चुनौतिहरू

उच्च हिमाली क्षेत्र तथा अन्य अन्तर्रास्ट्रिय महत्व भएका क्षेत्रहरूलाई रामसार क्षेत्रमा समावेस गर्ने नीति अनुरूप नेपाल सरकारले गोसाइँकुण्ड क्षेत्रलाई २३,सेप्टेम्बर, २००७ मा रामसार क्षेत्रमा  सूचिकृत गरेको छ । राष्ट्रिय सिमसार नीति २०५९ अनुसार गोसाइँकुण्डलगायतका चार क्षेत्रलाई रामसार क्षेत्रमा सूचिकृत गराएको छ । सन् १९७१ मा नेपालले रामसार महासन्धिमा हस्ताक्षर गर्दै रामसार क्षेत्रको व्यवस्थापन वा संरक्षणमा प्रतिबद्धता जनाई सकेको छ । महासन्धिको दफा ३ -१) र निर्देशन सन् १९९६ लाई अँगाल्दै राष्ट्रिय सिमसार नीति २०५९ तर्जुमा भई कार्यान्वयनमा रहेको छ ।

 वि.सं. १९७८ मा स्थापना भएको नेपालकै पहिलो हिमाली राष्ट्रिय निकुञ्जभित्र रामसार क्षेत्र नं. १६९३ मा सूचिकृत गोसाइँकुण्ड तथा त्यसका वरीपरीका क्षेत्रको संरक्षण वा व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, लाङटाङ राष्ट्रिय निकुञ्ज/मध्यवर्ती क्षेत्र सहयोग आयोजना, लाङटाङ राष्ट्रिय निकुञ्ज सहयोग परियोजना/डब्लुडब्लुएफ  र प्राकृतिक स्रोत व्यवस्थापकहरूको मञ्चले 'गोसाइँकुण्ड  तथा वरीपरीका सिमसारहरूको स्थलगत व्यवस्थापन योजना' तयार गरेको छ । नेपालको अनुपम सिमसार परिस्थितिकीय प्रणालीलाई जोगाई राख्नको लागि साझा प्रतिवद्धताका रूपमा उक्त
  'स्थलगत व्यवस्थापन योजना' तयार गरिएको हो ।

जैविक विविधतामा सम्पन्न गोसाइँकुण्ड क्षेत्र  रैथानीय, दुर्लभ र सङ्कटापन वनस्पति एवं चराचुरुङ्गी र वन्यजन्तुको आश्रमको रूपमा परिचित छ । हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापनादेखि नै  लोपोन्मुख वन्यजन्तुका वासस्थान जोगाइ राख्ने र ती वनमा आश्रयस्थल बनाएका प्राणीहरूको संरक्षण, त्यहाँ उपस्थित विविध प्राकृतिक, जैविक सम्पदाको संरक्षण,धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, स्थानीय जनताको जीवनस्तर उकास्ने क्रममा स्थानीय तहमा अपनाइएको भू उपयोग पद्धतिबाट परिस्थितिकीय प्रणालीमा पर्ने असर घटाउने तथा  निकुञ्ज र आसपासमा रहेको प्राकृतिक स्रोतको मानवीय दोहन घटाएर निकुञ्जको प्राकृतिकपन र सुन्दरता जोगाउने भन्ने लक्ष्यमा आधारित रहेर निकुञ्जले कार्य गर्दै आइरहेको छ ।

यी उल्लेखित विविधतासँग मानव जीवनयापनको महत्वपूर्ण आधार गाँसिएको हुन्छ । जैविक विविधता र मानव जीवन एकअर्काका परिपूरक हुन् । माथि उल्लेखित सम्पदाको संरक्षण विना मानवको जीवन पनि असहज बन्दै जानेछ । उच्च हिमाली भेगमा रहेको गोसाइँकुण्ड तथा वरीपरीका क्षेत्र परिस्थितिकीय प्रणाली वा जलवायु परिवर्तनका समस्याका दृष्टिकोणले जोखिम र संवेदनशील बन्दै गएको विभिन्न वातावरणविद्हरूले बताएका छन् । यस क्षेत्रमा हुने गरेको पर्यटकीय व्यापारका कारण पनि विभिन्न संरक्षण सम्बन्धि समस्या वा चुनौतिहरू थपिदै गएका छन् । मानवले गर्ने गरेको वातावरण प्रतिकुल व्यवहारले यहाँको परिस्थितिकीय प्रणालीमा असर पुर्‍याइराखेको छ । जताततै फालिएका सिसाजन्य, प्लाष्टिकजन्य र विविध जैविक, अजैविक फोहोरका कारण दिनानुदिन यहाँको वातावरण प्रतिकुल बन्दै गएको छ । सामान्यत विचार गर्ने हो भने पनि धार्मिक आस्थाका स्वरूप कुण्डमा चढाइएका नरिवल र अन्य प्रसादजन्य पदार्थले पनि कुण्डलाई प्रदुषित बनाएको हुन्छ । होटल व्यवसायीका लापारवाहीका कारण वा तीथालुलाई लक्षित गरी व्यवस्थित शौचालय बनाउन नसक्दा पनि शौचालय प्रयोग पछि उक्त फोहोरहरू कुण्डमा आउने गरेका छन् । गोसाइँकुण्ड प्रयोगकर्ताहरूले फाल्ने गरेका फोहोरले कुण्डको संरक्षणमा निकै चुनौति दिइरहेको हुन्छ ।

नवीकरणीय उर्जा प्रविधि वा जलविद्युतका अभावका कारण यस क्षेत्रमा खाना बनाउने  र डाइनिङ हल तातो पार्नका लागि दाउराको प्रयोग हुन्छ । जसका कारण वर्षोनी धेरै मात्रामा वन विनास हुने गरेको छ । खाना बनाउन होस् वा कोठा तातो बनाउन दाउराको प्रयोग भनेको बाध्यकारी समस्या हो । दाउराजन्य इन्धनमा कमी ल्याउन वा रोक्नको लागि विद्युतीकरण नहुनु नै यस क्षेत्रमा देखिएको समस्या हो । यसरी इन्धन प्रयोगमा यहाँका जंगल विनास हुँदै जाने हो भने राष्ट्रिय निकुञ्जका माथि उल्लेखित लक्ष्य कहिल्यै पनि कार्यान्वयन हुन सक्दैन न  त  लोपोन्मुख मानिएका वन्यजन्तुको संरक्षण नै हुन्छ ।

यस क्षेत्रमा हुने गरेको चौरी र भेडापालन व्यवसायले पनि यहाँको संरक्षणमा वाधा उत्पन्न गराइरहेको छ । यहाँको झाडीमा चौरी चराउँदा एकातिर वनको विनास हुँदै जानेछ भने अर्कोतिर कुण्डको आसपासमा पाल्तु जनावरले खनी खोस्री गरेको माटो बग्दै आएर कुण्डमा पर्दछ । जसका कारण कुण्ड पुरिदै जाने सम्भावना रहन्छ । यीलगायतका विविध समस्याहरू यहाँको संरक्षणका बाधकका रूपमा रहेका पाइन्छन् । आजको युगका मानवले मानव जीवनयापनको समरूपमा लिने गरेका छन् भने संरक्षणलाई बाधकको रूपमा लिने गरेका छन् । तर संरक्षण विना मानवको जीवनयापन सहज हुँदैन भन्ने बुझनु जरूरी छ ।

गोसाइँकुण्ड क्षेत्रबाट  पर्यटकीय व्यवसायबाट मनग्य आम्दानी लिइराखिएको छ ।  जसबाट धेरै जनसंख्याको आर्थिक उपार्जनको थलो बन्दै गइरहेको छ । यहाँ पर्यटकीय विकास गर्नका  लागि वरीपरीका क्षेत्रको संरक्षण वा व्यवस्थापन हुन सके मात्र वर्षोनी यहाँ आउने पर्यटकको संख्या विस्तार गर्न सकिन्छ ।


-सर्न्दर्भ स्रोत- गोसाइँकुण्ड तथा वरीपरीका सिमसारहरूको स्थलगत व्यवस्थापन योजना २०६५, रसुवा खबर, वर्ष२, अंक ८, २०६८ भाद्र २३ गते शनिबार)

जलविद्युतका लागि वन

चिलिमे प्रतिभापुञ्ज, वर्ष४, अंक ४, २०६८

रसुवा जिल्ला जलविद्युतका लागि सम्भावना भएको जिल्ला हो भनेर सबैको नजर पर्न थालेको छ । हुन पनि रसुवामा जलविद्युत उत्पादनका लागि प्रशस्त सम्भावनाहरू रहेका छन् । रसुवामा हिमाल छ, पानीका मुहानहरू छन् र पानीको लागि जंगलहरू छन् । पानी संरक्षणका लागि प्रशस्त जंगल भएको जिल्लामा जलविद्युत व्यवसाय फस्टाउन सक्छ ।

रसुवा जिल्लामा मात्र नभई देशकै लागि नमुना चिलिमे जलविद्युत केन्द्र छ । २२ मेगावाट क्षमता भएको चिलिमेले हाल रसुवालीलगायत नेपाली नागरिकलाई मालिक बनाएर नमुना प्रदर्शन गरेको छ । तर यसको दीगोपनाको लागि यहाँ आउने पानीका मूलहरू संरक्षण हुनु अपरिहार्य छ । वर्षाका समय प्रतिघण्टा २२ मेगावाट विद्युत उत्पादन गर्ने चिलिमेले हिउँदमा प्रतिघण्टा ८ मेगावाट मात्र उत्पादन गर्न बाध्य छ । यसको कारण पानीको प्रवाहमा कमी भएर हो । यो सबैलाई थाहा छ । देशमै नमुना रहेको चिलिमे जलविद्युत केन्द्रमा चिलिमे आसपासबाट आएको पानी मुख्य शक्तिको रूपमा रहेको छ । चिलिमे वरपरका जंगल, हिमालबाट आएको पानी विद्युतमा परिणत भई रसुवाको मुख्य आम्दानी र आकर्षाको रूपमा रहेको छ । यसरी हेर्दा चिलिमेको भविष्य वा चिलिमे जस्तै अरू सम्भावित विद्युत केन्द्रका भविष्य पानीको स्रोतसँग छ । त्यति मात्र नभई रसुवालीको भविष्य नै पानीको स्रोतहरूसँग छ र स्रोत संरक्षणको आधार जंगल वा रूखसँग छ भन्दा फरक नपर्ला ।


पानी जोगाइ राख्नको लागि यहाँका वनस्पतिको संरक्षणको आवश्यकता पर्दछ । खाना बनाउने इन्धनको रूपमा, घर बनाउने काठको रूपमा वा उद्योग सञ्चालन गर्ने निहुँमा यहाँका धेरै जंगलहरू सकिदै गएका छन् । चिलिमेको नमुना उत्पादन सबैका नजरमा लोकप्रिय भइरहँदा वा चिलिमेले झलमल्ल उज्यालो फ्याँकिरहँदा यहाँका जनताहरू उज्यालोको लागि सल्लाका रूखहरू ताछिरहेका छन् । रसुवाका विकट बस्तीहरूमा पाइला बढाउँदै जाँदा त्यस्तो दृश्य देख्न सकिन्छ । रातको समयमा उज्यालोको विकल्पमा वा आगो सल्काउने स्रोतको रूपमा जनताले सल्लाको चिर्पट (स्थानीय भाषामा 'मेदाङ') प्रयोग गरिरहेका छन् । जसका कारण रूख ठाडै भएपनि ढल्ने तरखरमा छ ।


अर्कातिर खाना बनाउने इन्धनको रूपमा रसुवाका सबैजसो बस्तीमा दाउरा नै प्रयोग हुने गरेको छ । हुन त विकट बस्तीहरूमा पनि नवीन प्रविधिहरूका प्रयोग भइरहेका छन् । तर त्यस्ता प्रविधिमा स्थानीय जनताको पहुँच ज्यादै न्यून रहेको छ । वर्षोनी धेरै जंगलहरू इन्धन प्रयोग गर्ने बाध्यताले विनास हुँदै गइरहेका छन् । वन जंगल र मानव जीवनको सम्बन्ध प्रगाढ हुँदाहुँदै बाध्यकारी समस्याका कारण दिनानुदिन हाम्रा वरपरका जंगलहरू निर्जीव दाउराका रूपमा परिणत भइरहेका छन् । तामाङ समाजमा आवश्यकता भन्दा पनि बढी दाउराको प्रयोग हुने गरेको छ । एकातिर जाडो याममा न्यानो बस्नुपर्ने त अर्कातिर संस्कृति र परम्परा अनुसार जाँड, रक्सी र भोज भतेर बनाउने बाध्यताले वातावरणमा प्रतिकुल असर परिराखेको छ ।


खाना बनाउन वा घर बनाउन जति वनको विनास हुने गरेको छ, त्यो त बाध्यकारी प्रयोग हो भनेर पनि भन्न सकिन्छ भने र्व्यर्थको बाहानाले पनि जंगलको साइनो मेटिदै गएको छ । घाँस काट्न सजिलो हुन्छ भन्दै जनताले जंगलमा आगो लगाइदिएका दृश्य एकातिर छ भने अर्कातिर जंगली जनावरको सिकार गर्ने मनासाय वा लालचाले पनि जंगलमा आगलागी हुने गरेको पाइन्छ । पहराबाट एउटा ढुङ्गा खसेर अर्कोमा ढोकिँदा पनि आगलागी हुने गरेको पाइन्छ । जुनसुकै बहानामा भएपनि जंगलमा आगो लाग्दा दुर्दलभ मानिएका वनस्पति र वन्यजन्तुको विनास हुने, पानीका मूल सुक्ने र वातावरणमा खैलाबैला वा प्रदुषण भई मानव जीवन कष्टकर बन्दै गइरहेको छ ।

पानीका मूल संरक्षण हुन सकेन भने जलविद्युत गृहको पनि भविष्य अन्धकार हुनेछ । त्यसैले पानीका मूल संरक्षण गर्नको लागि वनजंगलको संरक्षण हुनु आवश्यक छ । बाध्यकारी समस्याका कारण होस् वा लोभ र लालचाका कारण होस्, यसरी जंगलको विनास हुँदै गएको छ । त्यसलाई रोक्नु नै जनताको समुन्नती हो । लोभ लालचालाई थन्क्याएर र बाध्यकारी इन्धन प्रयोगलाई न्यूनीकरण वा दाउरा प्रयोगको विकल्पको खोजी गरिनु पर्छ । जलविद्युत केन्द्रको भविष्य र जनताको भविष्य पनि एक अर्कामा परिपूरक भएका कारण जनता नै यसका कर्ता हुन् । भौतिक विकास निर्माणलाई प्राथमिकता दिदै आएका जनताले अब संरक्षणका कामहरू गर्नको लागि योजना बनाउनु पर्दछ । दाउरा कम प्रयोग गर्ने प्रविधि वा दाउरा नै प्रयोग नगर्ने उर्जा प्रविधिको विकासका लागि पहिलो प्राथमिकता दिन सक्नु पर्दछ । जसबाट मानव स्वास्थ्य सुधार भई जीवन सुनिश्चित होस्, जलवायु परिवर्तनको समस्या अनुकूलन गर्न सहयोग मिलोस् र वन जंगलको संरक्षण भई पानीको संरक्षण र सदुपयोग होस् । यसैमा हाम्रो जित छ ।

यो लेखलाई Mero Report.Net मा पनि हेर्नुहोस्


तपाईलाई यो लेख कस्तो लाग्छ, सुझाव दिनुहोला फेसबुक मार्फत



728x90 - Travel Nepal

रोग निम्त्याउने चौथो कारक तत्व 'घरभित्रको धुँवा'

विश्वमा अरु देशको तुलनामा नेपालमा घरेलु वायु प्रदुषण १५ गुणाले बढी छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिव १६ लाख मान्छे घरभित्रको धुँवाको कारण मर्ने गरेका छन् । १५ प्रतिशत बढी समस्या भएको तुलनामा नेपालमा धेरै मान्छे धुँवाका कारण मर्ने गर्छन् ।



नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यहाँका प्रायशः स्थानहरूमा खाना बनाउनको लागि दाउराको प्रयोग हुने गर्दछ । खाना बनाउनकै लागि नयाँ प्रविधि वा दाउराको विकल्प नहुँदा धुँवाले हुने समस्याबाट मानव समाज आर्थिक संकटमा फस्नु एकातिर छ भने अर्कोतिर वन विनासको मारले वातावरणमा निकै समस्या ल्याइरहेको हुन्छ । दुषित हावा, फोहोर पानी, असुरक्षित यौन सर्म्पर्क पछि चौथो रोग निम्त्याउने माध्यमको रूपमा घरभित्रको धुँवा रहेको मुटु रोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे बताउनु हुन्छ ।


दिनहुँ प्रयोग गर्ने भान्छाको उचित व्यवस्थापन गर्न नसक्दा वा भान्छामा धुँवा कम गर्न नसक्दा वर्षोनी रोग फैलदै गएको छ । र उपचारको लागि धेरै रकम खर्च भइरहेको छ । प्रत्यक्ष रूपमा यसको समस्या देखिँदा देखिदै हाम्रो समाजमा समाधान वा न्यूनीकरणका लागि ठोस कदम चालिएको छैन । भान्छामा बसेर जीवन बिताउनु पर्ने गृहिणी वा भान्छेले धुँवाको समस्यालाई चिन्न नसकेसम्म समाधानको लागि सरलता आउन सक्दैन । जबसम्म प्रयोगकर्ताले यो समस्या हो भनेर बुझदैनन् तबसम्म समस्या समाधान हुने अवस्था सिर्जना हुन सक्दैन ।


अहिले हामी देखिरहेका छौं घरघरै मात्र नभई व्यक्ति पिच्छे कम्तीमा एक एक वटा मोबाइलहरू छन् । कसै कसैका हातमा बहु मोबाइलहरू देख्न सकिन्छ । अझ त्यत्ति मात्र नभई परिवर्तन गरी गरी मोबाइलहरू प्रयोग गरिएका छन् । त्यसमा कति खर्च भएको होला - सायद सबैसँग हिशाव छ तर धान्न नसकिने अवस्था भए पनि प्रयोग भने गरिएका छन् । तर दिनहुँ पेट भर्नको लागि प्रयोग हुने भान्छाको व्यवस्थापनमा ध्यान पुग्न सकेको छैन । अन्धधुन्ध अँध्यारो र धुँवैधुँवा भएको भान्छामा जीवन बरबाद भइरहेको सबैले बुझ्न सकेका छन् या छैनन् तर थरीथरीका मोबाइलमा थरीथरीका संगीतको मजा लिदै धुँवा पिइरहेका छन् महिलाहरू ।


धुँवाले सिङ्गो समाजमा नै असर पुर्याइराखेको छ तर विशेष गरी धुँवाको समस्याबाट पीडित हुने वर्गमा महिला र उनीसँगै भान्छामा बस्ने बालबालिका पर्ने गर्छन् । श्वासप्रश्वास र फोक्सो तथा मुटु सम्बन्धी रोगहरू घरभित्रकै धुँवाका हाम्रामाझ भित्रिने गर्छन् । मानव स्वास्थ्यमा प्रत्यक्ष रूपमा हानी पुर्याउने घरभित्रको धुँवा रोग भित्र्याउने चौथो प्रमुख कारक तत्व भएपनि एउटा महिला तथा गृहिणीलाई जतिसुकै बेला पनि भान्छा वा धुँवामा बस्नु पर्ने वाध्यता छ । घरभित्रको धुँवाकै कारण बालबालिकामा निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी रोगहरू लाग्ने गर्छन् । र अकालमा नै उनीहरूको ज्यान गइरहेको हुन्छ । धुँवाको समस्या समाधान नगर्दा गर्भको बच्चामा समेत् प्रतिकुल असर, मानसिक तनाव, आँखा सम्बन्धी रोग, मुटुको रोग, दम, क्षयरोग जस्ता प्राणघातक रोगको सिकारमा हाम्रो समाज रूमल्लिरहेको छ ।



घरभित्रको धुँवा हटाउनको लागि विभिन्न प्रविधिहरूको विकास भइसकेको छ तर प्रविधि एकातिर, समस्या र चेतनास्तर अर्कातिर भईराखेको छ । समाजका अगुवा तथा बुझक्कडहरूले नै यसको समाधानका लागि बुझ पचाई राखेको अवस्था छ । समस्या सामान्य जस्तै देखिए पनि वास्तविकतामा जटिल छ । घरभित्रको धुँवा हर्टाई स्वस्थ तथा समुन्नत समाज निर्माणको पाटोमा लाग्नु सबैको अबको जिम्मेवारी हो । वनजंगल जोगाउने नारा लिएर समाजमा कार्यरत व्यक्ति वा संस्थाले धुँवा न्यूनीकरणमा एक कदम योगदान दिन सके वातावरणमा मात्र नभई व्यक्तिको आय आर्जनमा बृद्धि गर्न सकिन्छ । दाउराको प्रयोगमा कमी ल्याउँदै वा दाउराको विकल्प दिन सकेमा मात्र जलवायु परिवर्तनको समस्या अनुकूलन गर्न सम्भव छ । दाउराको विकल्प दिन नसके वन जंगल संरक्षणको कुरा सम्भव छैन र वन जंगलको संरक्षण विना जलवायु परिवर्तनको समस्या न्यूनीकरण सम्भव छैन । त्यसैले आजको हंगा जलवायुको नारा साकार पार्न दाउराको विकल्प दिऔं । इन्धन प्रयोग विना मानव जीवनको परिकल्पना गर्न सकिदैन । चौथो रोग भित्र्याउने तत्व 'घरभित्रको धुँवा न्यूनीकरणमा सहयोग पुर्याऔं, स्वस्थ भई बाँचौं ।'

See this blog @ Mero Report . Net


728x90 - Travel Nepal

मैले देखेको बागमती नदी महोत्सव


धेरै पटक बाहिरबाट चक्कर लगाएको थिएँ तर पशुपतिनाथ परिसरमा तीन पटक मात्र पुग्ने अवसर मिल्यो , पहिलो र दोस्रो पटक विदेशी साथीहरूसँग गएँ । पहिलो र दोस्रो पटकको यात्रामा बागमती विशेष गरी पशुपति आर्यघाट परिसरको दृश्यले केही सिर्जना गरायो । साँच्चिकै बागमती बनेर मैले त्रिशूलीलाई चिठी लेखें रसुवा खबर साप्ताहिक मार्फ, पछि त्रिशूली बनेर चिठी फर्काएँ पनि ।

यस पटक नेपाल नदी संरक्षण संस्थाका सचिव मौषम खनालले फेसबुक मार्फत Event  बनाउनुभएको कारण मलाई फेरि त्यही पुर्यायो । छोटो समयको अन्तरालमा नै मैले बागमती संरक्षण वा नयाँ बागमतीका लागि केही हुन लाग्यो वा भइरहेकै रहेछ भन्ने बुझन पाएँ । विशेष गरी रिभर अफ पिसका विन्दुराज अधिकारीको प्रतिबद्धताले हामी सबैलाई उत्प्रेरणा दिएको छ । 'बगैचा बन्दैछ, रुख विरुवा रोप्दैछौं, नयाँ बागमतीको थालनी भएको छ, अहिले देखिएको छैन, भोलि पाउनुहुन्छ' बस् उहाँको यी मन्तव्यले नयाँ बागमतीको सम्भावनालाई नजिक्याएको भान भयो ।


बागमती, विष्णुमतीमा पूजा गरिरहँदा हामीले फोहोर व्यवस्थापनलाई नियाल्यौं कि नियालेनौं' भन्ने उहाँको आवाजले पशुपति दर्शन वा पूजा गर्नेलाई पाठ सिकाइरहेको थियो । नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेको कुनै जातिय विशेषको नभई बागमती सबैको संस्कृतिको खम्बा हो भन्ने शब्दहरूले त्यहाँको सांस्कृतिक अवस्थालाई पुन परिचित गराउँदै थियो । हिमालय क्लाइमेट इनिसियटकी शिल्सिला आचार्य, याक्ट अफ लिभिङका आशिष चौलागाइँ, युथ एलाएन्स फर इन्भाइरोन्मेन्टका सनथ अधिकारीको सहभागिता बागमती संरक्षणमा हातेमालो गर्ने युवा जोस र जाँगरको दरिलो पाठ बनिरहेको थियो । पुल्चोक इञ्जिनियरिङ कलेजका विशाल ज्ञवालीको फोहोर व्यवस्थापनका लागि रोवर्ट बनाउने र परिचालन गर्ने भन्ने उद्घोषले व्यवसायिक र व्यवहारिक शिक्षाको प्रतिनिधित्व गरिरहेको थियो । मौषम खनालले उद्घोष गरिरहँदा आर्यघाट परिसरमा संरक्षणका लागि सन्देश प्रवाह भइरहेको थियो ।

केही व्यंग, केही उमंग, केही प्रेरणा र केही चेतनाका साथ बागमती महोत्सव उद्घाटन भयो । १४नदीका पानीको सम्मीश्रण, हरियो काठमाडौं र सफा बागमती, सगरमाथा हाम्रो ताज हो, बागमती हाम्रो लाज हो जस्ता नारा, साना बालकसहितको सहभागितामा बाजागाजा, राष्ट्रिय भावनाले गाँजिएको गीतको गुञ्जाहट, सहभागी संस्थाका प्रतिनिधिहरूको बागमती संरक्षणप्रतिको प्रतिबद्धता र हिन्दु तथा धर्म गुरुका बागमतीप्रतिको सद्भाव तथा सहभागीहरूद्वारा फोहोर संकलन तथा व्यवस्थापन त्यस क्षणको महत्वपूर्ण गतिविधिहरू हुन् । उद्घाटन पछि राष्ट्रिय भावनाको गीत 'यो नेपाली शीर उचाली, संसारमा लम्कन्छ, जुन किरी झैं ज्योति बाली अन्धकारमा चम्कन्छ' घन्काउँदै बागमती किनार सफाइका लागि सबैका हातमा फोहोर संकलन गर्ने औजार तथा फोहोर संकलन दृश्यले साँच्चिकै टेलिभिजनमा राष्ट्रिय गानका शव्यदृश्य भइरहेको भान भएको थियो । नदीको किनारमा बाजागाजासहित धर्मगुरु, पत्रकार, सफा बागमती अभियानका सहयोद्धाहरूले तँछाड मछाड गर्दै फोहोर टिप्दै गर्दा थोरै बेरमा नै बागमती किनारको केही भाग परिवर्तन भयो ।

अहिले बागमती महोत्सवलाई सम्झँदै गर्दा, मैले त्रिशूली बनेर बागमतीको पत्रको जवाफ फर्काउँदाको केही हरफहरू स्मरण गर्दैछु । बागमती संरक्षणको लागि जैविक मल र ग्याँस बनाउन सके साँच्चिकै सफा गर्न सकिन्छ भनी त्रिशूली बनेर लेखेको हरफहरू साभार गर्न चाहन्छु । काठमाडौंका फोहोर व्यवस्थापन गरी मल र ग्यासको उद्योग सञ्चालन गर्न सके
१. रोजगारी सिर्जना वा वेरोजगारी समस्या समाधान ।
२. रासायनिक मलको सट्टा प्राङ्गारिक मलको प्रयोगमा बृद्धि, जसबाट गुणस्तरीय कृषि उत्पादन तथा महंगो मलको प्रयोगमा कमी आई आर्थिक व्ययभार कम हुने ।
३. ग्यास उत्पादन भई सरल रूपमा ग्यासको उपलब्धता, आर्थिक विस्तार हुने ।
४. वातावरण संरक्षणमा टेवा पुगी मानव स्वास्थ्य सुधार, जसबाट स्वाथ्योपचारमा हुने खर्च कम हुने ।
५. पर्यटन विकासको प्रचुर सम्भावना बढ्ने ।
६. नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भन्ने भाषण काममा परिणत हुने ।

बागमती संरक्षण अभियानमा खटिएका सहयोद्धाहरू बागमतीको संरक्षण नयाँ पुस्तालाई नयाँ स्वच्छ बागमती र हराभरा काठमाडौं, पानीसहितको बागमती दिन सकुन् भन्ने शुभकामनाका साथ ।।

Also See here : Meroreport.Net


http://www.teampromote.com/viewcampaign/11937066?ref=paudelprem

त्रिशूलीको चिठी वागमतीलाई


मिति : २०६८ मंसीर ७ गते
आदरणीय दिदी वागमती,
मीठो सम्झना ।

म यहाँ आरामै छु । तपाइँले पठाउनु भएको चिठी मैले पाएँ । लामो समय पछि सम्झनु भएछ । मनमा केही हर्षर विष्मात लिएर यो जिन्दगी बिताइरहेको छु । तपाइँले भने जस्तै परापूर्वकालदेखि आफ्नो स्वरूप कायम गर्दै जीवात्माको बैतरणी सरह भएर बगिरहेको छु । तर लामो समयदेखि तपाइँ र उपत्यकाका धेरै बुद्धिजिवीहरूको नजरमा बहन नसकेका दिदीहरूको स्वरूप विरूप हुँदा म पनि विचलित भइरहेको छु ।

तर जे होस् तपाइँहरूको सत्य रूप मानवले कल्पना गर्न नसक्ने भए पनि ठूलादेखि सानासम्मको देहत्याग तपाइँहरूकै किनारमा भएको छ । यसमा तपाइँहरूले पनि गर्व गर्नु पर्दछ ।  तपाइँहरूको वक्षस्थलमा मानवले जानेर वा नजानेर गरेको फोहोरले तपाइँहरूको स्वरूपमा विखलन त ल्याएको छ तर त्योभन्दा बढी वातावरण प्रदुषित भई रोगव्याधीले मानवलाई पनि ठूलो असर पुर्याएको छ । आज देशका कुना कन्दारामा विकास वा वातावरण संरक्षणका लागि काम भइरहेका छन् तर राज्यको मुटुमा किन मानव चेतना जागरण हुन सकेन - यो प्रश्न मेरो तर्फाट सम्पूर्ण मानव जगतलाई गर्न चाहन्छु ।

देशमा धेरै परिवर्तन आए । वि.सं २००७ देखि हालसम्म  परिवर्तनका निमित्त गरिएका विभिन्न आन्दोलनहरूले राज्य सत्तामा कसलाई पुर्याउने भन्ने मात्र उपलब्धिहरू भए । ठूला साना विदेशी तथा स्वदेशी संघसंस्थाहरूले कहिले कर्णाली जस्तो सुदूर पश्चिममा त कहिले दुर्गम  जिल्लाका नाममा धेरै बस्तीहरूमा उज्यालो कार्यक्रमहरू ल्याए, तर कार्यक्रम ल्याउनलाई उपर्युक्त कर्मथलो बनाएका राजधानीका गल्लीमा तिनै मानवका व्यवहारले भएको नकरात्मक परिवर्तनलाई कसैले ध्यान दिन सकेकन् । केही समय अघिदेखि वागमती संरक्षण कार्यक्रम आउने हल्ला पनि मैले सुनेको थिएँ, तर आज त्यो कार्यक्रम कहाँ पुग्यो ? त्यसको कुनै मालुम छैन ।

म पनि यहाँ केही कुराहरूमा असन्तुष्ठ छु । हुन त नेपाल राज्यमा मैले सोचेको प्रविधि आउनको लागि हजारौं वर्षलाग्ला । मानव देह डढाउने निहुँमा भएको प्रदुषणलाई निर्मूल गर्न धेरै दिन लाग्छ मलाई । गाउँगाउँबाट आएका लाशलाई राम्रोसँग नडर्ढाई मेरो किनारमा फाल्नाले प्रदुषण फैलिरहेको छ । विदेशका मुलुकमा पनि राम्ररी नभित्रिएको लाश जलाउने विद्युतीय प्रविधिको यहाँ कल्पना पनि गर्न सकिन्न । आफू राम्रा महलमा बस्ने अनि दगुर्दै आएर मेरो किनारमा दिशापिशाव गर्ने मानवको व्यवहार आज एक्काइसौं शताब्दिको संघारमा पनि सुध्रन सकेको छैन । कहिले यज्ञ लगाउने निहुँमा मेरो किनारमा फोहोर गरी पुण्य कमाउन खोज्नेहरू पनि धेरै छन् । केही वर्षअघि वर्खामा राम्चेलगायतका पहिरोबाट मेरो वक्षमा बज्रन आएका मानवहरूलाई सम्झदा त्यस्तो दिन पुःन नदोहोरियोस् भन्ने कामना गरिरहेको छु । 

दिदी, परापूर्वकालमा जसरी उत्पन्न हुनुभएको थियो, तर आज तपाई मानव महलबाट प्रदुषित भएर बहनुमा तपाईको दोष छैन । बरु मानव देह पुण्यमा परिचित तपाईको मार्गमा शौचालय तथा ढल मिसाउन हुन्न भन्ने कुरा मानवले पनि बुझनु पर्दछ  । तर त्यहाँको समस्या समाधान गर्नको लागि निकै समय लाग्न सक्छ । जसरी फोहोरका गुजुल्टाहरूमा अल्झिएर तपाईंहरू हराइरहनु भएको छ । त्यसरी नै  तपाईंहरूको वेगले ती फोहोरहरूलाई हुत्याउन सक्ने क्षमता कायम हुन आवश्यक छ । यदि तपाईंहरूको वेग ती फोहोर हुत्याउन सक्ने भएमा फेरि मानवका महल तथा बस्ती नै हुत्तिन सक्छन् । तर त्यस्तो समय आउन नदिन पहिलो उपाय भनेको फाल्नुपर्ने वा जीवनभर प्रयोग गर्न नसकिने बस्तुको प्रयोग नगर्ने, दोस्रो अबदेखि त्यस्ता फोहोरहरू नफाल्ने र तेस्रोमा फालिएका फोहोरलाई पुनर्स्थापना गर्ने । यी तीन विषयलाई ध्यान दिन सके स्वरूप कायम हुन नसके पनि वा सानै स्वरूपमा भएपनि निर्मल र सफा भएर बग्न पाईन्छ कि भन्ने हो । यसको लागि हामी टाढा रहेका शुभचिन्तकहरूले कामना गर्नै पर्दछ ।

मैले कहिलेकाही खबरहरू सुन्ने गर्दछु 'फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाएको ।' नेपाली भूमिमा विदेशी मुलुकबाट आएका रासायनिक मल पर्याप्त नभएर किसानहरू लाठीमुरी गरेको पनि खबरहरू सुन्ने गर्दछु । तर तपाईंहरूको किनारमा फालिएका फोहोरहरूलाई पनि संकलन गरी नेपाली प्रविधिबाट मल बनाएर प्रयोग गर्नेतिर मानवका ध्यान किन जादैनन् - फेरि तपाईंहरूको किनारमा पुग्दा आउने दुर्गन्धलाई कैद गरी ग्यास उत्पादन गर्न सकिने पनि होला । नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भन्ने नेताहरूका भाषण काममा केन्द्रीत हुन सक्नु पर्दछ । तर कुरा मात्र गर्ने, व्यवहारमा सिन्को नभाँच्ने नेताहरूको जन्म हुनु नै तपाईंलगायतका पवित्र नदीहरूको दुर्दशा हुनु हो । अर्काको  परिश्रमले बनाएको स्वीट्जरल्याण्ड हेरेर त्यस्तै बनाउँछु भन्न जति सजिलो छ, यहाँको समस्या समाधान गर्न त्यति सजिलो छैन । तर त्यही अनुरूप कार्य गर्न गाह्रो भएपनि त्यसपछिका फाइदाहरू निकै छन् । मलाई लाग्छ, काठमाडौंका फोहोर व्यवस्थापन गरी मल र ग्यासको उद्योग सञ्चालन गर्न सके उल्लेखित फाइदा हुने मैले अनुमान गरेको छु ।

. रोजगारी सिर्जना वा वेरोजगारी समस्या समाधान ।
. रासायनिक मलको सट्टा प्राङ्गारिक मलको प्रयोगमा बृद्धि, जसबाट गुणस्तरीय कृषि उत्पादन तथा महंगो मलको प्रयोगमा कमी आई आर्थिक व्ययभार कम हुने ।
. ग्यास उत्पादन भई सरल रूपमा ग्यासको उपलब्धता, आर्थिक विस्तार हुने ।
. वातावरण संरक्षणमा टेवा पुगी मानव स्वास्थ्य सुधार, जसबाट स्वाथ्योपचारमा हुने खर्च कम हुने ।
. पर्यटन विकासको प्रचुर सम्भावना  बढ्ने ।
. नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भन्ने भाषण काममा परिणत हुने ।
जे होस् मानव व्यवहारमा परिवर्तन हुने सके माथिका विषवस्तुहरू सम्भव छन् । म आज कंसलाई पहिलो छोरो बुझाउन पर्दा र सकेसम्म नबुझाउन प्रयास गर्नु, पुरुषले गर्दा नसकिने कुरो छैन भनी देवकीले वसुदेवलाई भनेको यो श्लोक सम्झन्छु 'गर्दामा नहुने कुरो पुरुषले केही पनि देखिन ।उपत्यकामा बग्ने नदीहरू र मानव जगतकै कल्याणका निमित्त माथिका विषयवस्तु भनौं या योजना व्यवहारिक कार्यान्वयन गर्न सके सबैको जित हुनेमा म विश्वस्त छु । बाँकी अर्को पत्रमा ।
उही  तपार्इंकी बहिनी,
त्रिशूली

गोसाइँकुण्ड, फोहोर व्यवस्थापन र संरक्षण : आजको आवश्यकता


वातावरण दिवस विशेष
प्रेमप्रसाद पौडेल
गोसाइँकुण्ड धार्मिक, जैविक, ऐतिहाँसिक तथा सांस्कृतिक महत्वका कारण अन्तर्राष्ट्रिय स्तरमा चिनिएको छ । सन् २००६ मा  रामसार क्षेत्रमा सूचिकृत भए लगत्तै  गोसाइँकुण्ड संरक्षणका लागि महत्वपूर्ण  अभियानहरू सञ्चालन भइरहेका छन् । मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले गोसाइँकुण्डको संरक्षणका लागि 'स्थलगत व्यवस्थापन योजना' तयार गरेको छ र सो योजना नेपाल सरकारको सम्बन्धित  निकायबाट अनुमोदन भइसकेको लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका प्रवन्धक गौतम पौडेल बताउनुहुन्छ ।

 लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले गोसाइँकुण्ड संरक्षणका लागि बनाएको योजना वा संरक्षणार्थ सञ्चालन गरिएका विभिन्न चेतनामूलक कार्यक्रमहरूले गोसाइँकुण्डको दीगो संरक्षणमा सहयोग अवश्य नै पुर्याउँदछ । गोसाइँकुण्ड वरपर भएको जैविक तथा अजैविक फोहोर र  मानवीय अतिक्रमणका कारण खतराको सूचिमा परेको भनेर रामसार क्षेत्रको अन्तर्राष्ट्रिय सचिवालय स्वीटरजरल्याण्डले नेपाल सरकारको वन मन्त्रालयलाई खबरदारी गरेको मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले बताएको छ । सो खबरदारी पत्रको उत्तर पठाइसकिएको छ ।

विभिन्न संघसंस्था वा स्वयं सेवाको नाममा प्रत्येक वर्षगोसाइँकुण्ड मेला पश्चात फोहोरहरूको व्यवस्थापन गर्ने गरेको पाईन्छ । तर बाटो वरपरका फोहोर टिपेर तलतिर ल्याउँदैमा संरक्षण हुन्छ भन्ने हैन । होटल व्यवसायीले बाटोभन्दा परसम्म पनि प्लाष्टिकजन्य, सिसाजन्य अजैविक फोहोरहरूलाई जथाभावी फ्याँक्ने गरेका छन् । त्यस्तो कृयाकलाप चाहिँ गोसाइँकुण्ड रामसार क्षेत्रको संरक्षणका लागि चुनौतिपूर्ण छ भन्ने लाग्छ ।

वातावरण दिवसको अवसर पारेर यसवर्षटानले  गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रमा बाटो वरपरका फोहोर टिपेर काठमाडौं ल्याउँदैछ भन्ने सूचना प्राप्त भएको छ । काठमाडौंको फोहोर व्यवस्थापनमा यति धेरै चुनौति भइरहेका बेला लाङटाङ तथा गोसाइँकुण्डको फोहोर यहाँ ल्याएर कसरी राम्रो गरियो भन्न सकिएला ? २/४ जना भरिया लगाएर त्यहाँको फोहोरलाई फोहोरै फोहोरको शहरमा ल्याउनु भन्दा त्यहाँ नै स्थानीय बासिन्दाद्वारा व्यवस्थापन गर्न सहयोग पुर्याउनु  बुद्धिमानी हुन्छ । अहिलेसम्म भएका फोहोरलाई उचित व्यवस्थापन गर्दै अब फोहोर फ्याक्नु हुन्न वा फोहोरलाई पुन प्रयोग गर्नुपर्छ वा सकिन्छ भन्ने पाटोमा चेतना जागरण गर्न सके जुनसुकै स्थानको पनि फोहोरले निम्त्याउन सक्ने खतरा कम हुन्छ । 

फोहोर बटुल्ने र अन्यत्र ल्याउने अभियान कति वर्ष गर्ने ? हुन त कुनै संघसंस्थाको नाम र दामका लागि पनि यस्तो अभियान सञ्चालन गरिराख्न पर्ने हुनसक्छ । जबसम्म स्थानीयस्तरमा नै फोहोर व्यवस्थापन हुँदैन तबसम्म संरक्षणका लागि चुनौति कम हुने छैन । हुन त  कुनै पनि संस्थाहरूले कार्यक्रम बनाएर त्यहाँको फोहोर व्यवस्थापनमा सहयोग पुर्याउनु तथा त्यहाँ गएर पर्यटकीय आनन्द लिनु अथवा आन्तरिक पर्यटन विकासका लागि सहभागी हुनुलाई राम्रो मान्नु पर्दछ । 

संरक्षण विकासको वाधक हैन, परिपूरक हो भन्ने आत्मसाथ गर्नु जरूरी छ

रसुवा खबर वर्ष२, अंक २, २०६७ साउन १४ गते शनिवार

म्याग्दीमा ३९ वर्षअघि जन्मिएका अशोक बानियाँ वि.सं २०६३ साल पौष महिनादेखि धुन्चेमा पवित्र हिमालय भूपरिधि कार्यक्रम, मध्यवर्ती क्षेत्र सहयोग आयोजनामा आयोजना प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ । समाज विकासका निम्ति इमान्दार प्रयासको खाँचो रहेको बताउँनेप्राकृतिक स्रोत तथा समाजशास्त्रमा स्नाकोत्तर बानियाँले प्राकृतिक स्रोत र जलवायु परिवर्तनको विषयलाई विशिष्ट उद्धेश्य बनाएर उच्च शिक्षाको लागि विदेश जान लाग्नुभएको सर्न्दर्भ पारेर  उहाँसँग रसुवा खबरले कुराकानी गरेको छ । प्रस्तुत छ : प्रेमप्रसाद पौडेलले  बानियाँसँग संरक्षणको सेरोफेरोमा रहेर गरेको कुराकानीको मुख्य अंश :

मध्यवर्ती क्षेत्र सहयोग आयोजना /पवित्र हिमालय भू-परिधि कार्यक्रमको उद्धेश्यहरू के के हुन् ?

स्थानीय समुदायको सहभागिता जनाई लाङटाङ राष्ट्रिय  निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु र वनस्पतिहरूको संरक्षण गर्ने र त्यसको सदुपयोगमार्फत स्थानीय बासिन्दाहरूको  दिगो जिविकोपार्जनमा टेवा पुर्याउने दुईवटा मुख्य उद्धेश्यहरू लाङटाङ राष्ट्रिय  निकुञ्ज, मध्यवर्ती  क्षेत्र सहयोग आयोजनाको हो । यही उद्धेश्यमा रहेर हामीले कार्य गरेका छौं ।

कार्यक्रमका मुख्य उपलब्धीहरू के के हुन् ?

संरक्षण र जिविकोपार्जनका दुई मुख्य उद्धेश्यमाथि केन्द्रीत रही साँढे चार वर्षो अवधिलाई फर्केर हेर्दा हामीले धेरै उपलब्धिहरू हासिल गरेको महशुस गरेका छौं । पहिलो, संरक्षणको सवालमा दुर्लभ वन्यजन्तुहरू विशेष गरी रेडपाण्डा, हिमचितुवा, कस्तुरी मृगको बैज्ञानिक रूपमा अवस्थितिको पहिचान र अध्ययन, अनुसन्धान  भयो ।  लाङटाङ उपत्यकामा हिमचितुवाको वासस्थान छ भन्ने पुष्टि भएको छ । रेडपाण्डा र उसको बासस्थानको संरक्षणका लागि 'रेडपाण्डा कार्ययोजना' नेपाल सरकारबाट स्वीकृत गर्ने कार्य भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा रहेको गोसाइँकुण्डलाई रामसार क्षेत्रमा सूचिकृत गर्ने कार्य भएको छ । गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन योजना पनि नेपाल सरकारबाट स्वीकृत गर्ने कार्य भएको छ । हाल सो योजना कार्यान्वयनमा छ ।त्यस्तै, संरक्षणमा स्थानीय बासिन्दाहरूसँग हातेमालो गर्दै स्थानीय समूह, संरक्षण समूह गठन गर्ने, उनीहरूको संस्थागत विकास गर्ने कामहरू भयो । प्राकृतिक स्रोत स्थानीय जनताको आफ्नै हो र प्राकृतिक स्रोत संरक्षणमा स्थानीय समुदायको सहभागिता हुनर्ुपर्दछ भन्ने मूल मन्त्रको जगमा टेकेर संरक्षणको काम चोरी शिकारी नियन्त्रण, आमा समूह, विधार्थीको क्लब गठन र परिचालन गर्ने काम भयो । त्यस्तै गरेर स्थानीय गैर सरकारी संस्थामार्फ युवा परिचालन गरेर संरक्षणको क्षेत्रमा धेरै कामहरू  भइरहेका छन् ।  

स्थानीय जनता, राजनीतिक दलहरूले राष्ट्रिय निकुञ्जको नीति जनताको लागि बाधक भनेका छन्, यसमा के भन्नुहुन्छ ?

यो बुझाइ र प्रस्तुतीमा फरक हो । वास्तवमा संरक्षण भनेको नै अन्तàवगàवा विकास नै हो र विकास पनि संरक्षणको वाधक हुन हुँदैन भन्ने मान्यता हो । तर, बुझाइमा अलिकति फरकपन छ, किनभने स्थानीय बासिन्दा, राजनीतिक दलहरू तुरून्त प्रतिफल प्राप्त गर्ने विकास रोज्छन्, त्यो स्वभाविक पनि हो । तर, संरक्षणको मान्यता अलि फरक अवधिमा मात्र छ, संरक्षणको पनि दूरदृष्टि विकासकै लागि  हो । उद्धेश्यलाई हेर्दा विकास र संरक्षण प्रतिद्वन्द्वी हैनन्, एकअर्काका परिपूरक  हुन् ।  
आयोजना र स्थानीय जनता, मध्यवर्ती समिति, समूह, परिषद बीचको सम्बन्ध कस्तो छ ?
आयोजनाले आफ्नो विशिष्ठ उद्धेश्य प्राप्त गर्न स्थानीय मध्यवर्ती समूह, समिति, संरक्षण सम्बन्धिका समूहरूसँग एकाकार र सहकार्य गरेर संरक्षणका कार्य गर्ने हो । विशेष गरेर संरक्षणको काममा स्थानीय समुदायहरूको अग्रसरता र सहभागिता हुनु पर्दछ । योजना निर्माण गर्नेदेखि लिएर कार्यान्वयन र मूल्याङ्कनमा लक्षित वर्गको  सकृय सहभागिता हुनु पर्छ भन्ने कार्यक्रमको उद्धेश्य थियो, त्यो उद्धेश्य अनुसारका मान्यतामा टेकेर हामीले काम गरेका छौं । जोसँग आयोजनाको सम्बन्ध हुनु पर्ने हो, जो लक्षित वर्ग हो, उनीहरूसँग  सुमधुर सम्बन्ध छ ।

गोसाइँकुण्ड विश्व रामसार क्षेत्रमा सूचिकृत भएको छ । गोसाइँकुण्डसँग धार्मिक, पर्यटकीय, जैविक विविधता, रामसार क्षेत्र, ऐतिहाँसिक महàवहरू  मध्ये  कुन् महत्व प्राथमिकतामा पर्छ ?

यसका दुर्इवटा पाटा छन्, एउटा धार्मिक पाटो । विशेष गरी हिन्दु र बौद्ध धर्ममा आस्था राख्नेको लागि परापूर्वदेखि नै धार्मिक महत्वले गोसाइँकुण्ड चिनिएको छ । यसको ऐतिहासिक महत्व पनि आफ्नो ठाउँमा छ । संरक्षण क्षेत्रमा काम गर्ने भएकोले हामीले योगदान दिने भनेको गोसाइँकुण्डको प्राकृतिक, सांस्कृतिक महत्वलाई बढावा दिने, गोसाइँकुण्ड वरीपरि रहेका विभिन्न खर्क, महत्वपूर्ण जंगल, जडिबुटीहरू छन्, त्यसको विनास हुनबाट बचाउने र पर्यटनलाई बढावा दिने हो । ऐतिहाँसिक, जैविक विविधता भल्कने डकुमेन्ट्री निर्माण, धुन्चेमा गोसाइँकुण्ड सूचना केन्द्र स्थापना, फूर्पा तामाङबाट लेखिएको तथा मबाट सम्पादित 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति' भन्ने किताब  यस सर्न्दर्भमा उल्लेखनीय छन् ।

साँढे चार वर्षको अवधिमा धेरै विषयमा केन्द्रीत रहेर कार्य गर्दा जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमको प्रभावकारिता कस्तो छ ? समस्या अनुकूलनमा कार्यक्रमले कस्तो भूमिका निर्वाह गरेको छ ?

जलवायु परिवर्तनको असर रसुवा जस्तो हिमाली जिल्लामा बढी पर्दछ ।  भाग्यमानी नै भन्नुपर्छ, रसुवा जिल्लामा पहिलो पाइलट प्रोजेक्टको रूपमा जलवायु परिवर्तन अनुकूलन कार्यक्रम लागू भएको छ । यो नेपालमा पहिलो पटक फिल्डस्तरमा गरिएको परीक्षण हो । दुइवर्षअगाडि राम्चे र भोर्ले गाविसमा जलवायु परिवर्तनको प्रभाव समुदायको जिविकोपार्जनमा, प्राकृतिक स्रोतमा केन्द्रीत भएर अध्ययन भयो र अध्ययनमा पाइएको विषयलाई लागू गर्यौं । राम्चे, भोर्ले, लहरेपौवा र स्याप|mुमा अनुकूलनका कार्यक्रमहरू सुरुवात गरेका छौं  त्यसलाई सबैले प्रशंसा गरेका छन् । प्रशंसा चाहिँ स्थानीय समुदायकै सहभागितामा उनीहरूकै जिविकोपार्जनमा प्रत्यक्ष प्रभाव भएको कारण  कार्यक्रम रूचाएका हुन् । धुन्चेमा जैविक विविधताको जानकारी दिन गोसाइँकुण्ड सूचना केन्द्रको स्थापना भएको छ । जिवजिवेमा अनुकूलनका जानकारी प्राप्त गर्न सूचना केन्द्र स्थापना भयो । भरखरै माननीय वातावरण मन्त्रीले उद्घाटन गर्नुभयो । रूप्सेपानीमा बीउ बैंक  स्थापना भएको छ । रैथानीय बीउको अनुबांशिक स्रोतको खोजी गर्ने, त्यसको संरक्षण गर्नका लागि कार्यहरू स्थानीय जनताकै सहभागितामा भइरहेको छ । कृषिमा परेको असरलाई कम गर्न हामीले कृषि विकास कार्यालयमार्फ विभिन्न कृषक पाठशाला सञ्चालन गर्ने काम गर्यौं । जसबाट किसानहरूले कृषि बालीमा हुने  शत्रुजीव र मित्रुजीवको पहिचान गर्ने, शत्रुजीवलाई कम गर्ने र मित्रुजीवलाई बढावा गर्ने काम भएको छ । माटोको उर्वराशक्ति बढाउन, पशु मूत्रलाई जैविक विषादीको रूपमा प्रयोग गर्न  गोठसुधारमार्फ सहयोग पुर्याएका छौं ।  वातावरण जोगाउन गोवरग्यास प्लान्ट निर्माणको काम भएको छ । यसले पूर्ण रूपमा वन संरक्षणमा सहयोग पुर्याउँछ र जलवायु परिवर्तनको असरलाई न्यून गर्दछ । एसआरआई प्रविधिबाट कम उमेरको धानको बिरूवा अलि फट्टयाएर लगाउने, त्यसले गर्दा धानको उत्पादन निकै बढ्ने स्थानीय जनताले कृषक पाठशालाबाट पाए र त्यसले गर्दा खाद्य सुरक्षा गर्न सहयोग पुर्याउँछ । अनुकूलन कार्यक्रमलाई प्रचलित एउटा विकासको मोडलमा लान लहरेपौवा, भोर्ले, राम्चे र स्याफ्रुमा 'स्थानीय  अनुकूलन कार्ययोजना' बनाउन जिविसलाई सहयोग गर्यौं, जिविसले स्वीकृत गरी जलवायु परिवर्तनको क्षेत्रमा अनुकूलन कार्यक्रम आफैं स्रोत जुटाएर पनि गर्र्छौं भनेर प्रतिवद्धता जनाएको छ । यसरी हेर्दा नीति निर्माण तहमा पनि  ठूलो काम भएको छ । त्यस्तै गरेर कृषकहरूमा पनि जलवायु परिवर्तनको सूचना पाउन पाँचवटा विद्यालयमा इको क्लबमार्फ 'मौषम मापन' केन्द्र स्थापन गर्नको लागि सहयोग गरेका छौं । त्यसबाट कति तापक्रम बढ्यो - कति घट्यो - पानी कति पर्यो - र त्यसको अनुपात, सापेक्षित आर्द्रता कस्तो रहेको छ भनेर स्थानीय किसानहरूले थाहा पाउने, अध्ययन गर्ने र त्यहाँबाट आएका सिकाइलाई कृषक पाठशालामार्फ सूचना प्रवाह गर्ने जस्ता कामहरू हुन्छन् । यसबाट अनुकूलनका विभिन्न उपायहरू अपनाउन, उर्जा क्षेत्र, पानी संरक्षण क्षेत्रमा काम गर्न सजिलो हुन्छ । मुहान संरक्षण गर्न, भइरहेको पानीलाई सदुपयोग गर्न, प्लाष्टिक पोखरीमार्फ संरक्षण गर्ने जस्ता नवीन कुराहरू जलवायु परिवर्तन अनुकूलनका लागि भएको छ । यस्ता कार्यहरू वा मोडलको रूपमा गरिएको कार्यक्रमको वातावरण मन्त्रीले अनुगमन गरेर गरिमा बढाएको मैले सोचेको छु । मलाई पनि सन्तोष भएको छ, मेरै कार्यकालमा रसुवामा पहिलोपटक अनुकूलनको कार्य गर्न पाएर ।  

जडिबुटी संरक्षण, प्रवर्द्धनमा पनि कार्य गर्नुभएको छ ? उत्पादन, बजारीकरण, मूल्य र वैधानिकताको आधारमा कुन् जडिबुटीको रसुवामा सम्भावना छ ?

रसुवा जिल्ला विशेष गरी गैह्र काष्ठ वनस्पतिको क्षेत्रमा धेरै धनी छ । स्थानीयस्तरमा भएका जडिबुटीको संरक्षण, संकलन, प्रशोधन र बिक्री गर्न नेपाल सरकारको नियमले दिएको छ । स्याम्पलको रूपमा हामीले लहरेपौवाको स्याउबारी मध्यवर्ती सामुदायिक वनमा जडिबुटीको काम गरेका छौं । त्यहाँको वनमा चिराइतोको अवस्था धेरै राम्रो छ । जंगलमा लगाइएको झन्डै २०० केजी चिराइतो बिक्रीबाट अहिले सत्तरी हजार रूपैंयाँ आम्दानी भएको छ । त्यहाँ खेर गएको सोत्तरको रूपमा प्रयोग भएको, उपयोगिता थाहा नभएको धसिङ्गरेको अध्ययन गरी तेल प्रशोधन सुरुवात भएको छ । त्यसले गर्दा दर्ुइवटा फाइदाहरू हुन्छ, एउटा खेर गइरहेको जैविक स्रोतको खोज, अनुसन्धान गर्ने र त्यसको उपयोगिताको बारेमा अध्ययन गर्ने, त्यसलाई व्यवहारिक रूपमा उद्यमशीलता विकास मार्फ गरिवी निवारणमा टेवा पुग्दछ । स्याफ्रुको ब्राबलमा चिराइतो खेती गर्ने काम भएको छ । त्यसमा हाम्रो अलि बढी सहयोग होला । तर, सबैको सहयोगमा त्यो कार्य भइरहेको छ । चिराइतोको खेती राम्रो भएको छ । जसरी अघि नै कुरा भयो, जुन् मध्यवर्ती र स्थानीय जनता बीचको द्वन्द्व छ, त्यसको समाधानको लागि यो खेती उपयुक्त माध्यम भएको छ, किनकि  चिराइतोलाई जंगली जनावरले खाँदैन र आम्दानी भरपूर हुने भएकोले चिराइतो ज्यादै सम्भावना छ तथा किसानहरू त्यसमा आकषिर्त छन् । रसुवामा पहिलो धसिङ्गरे र दोस्रोमा चिराइतो हो । निकुञ्ज बाहिर चिलिमे, गोल्जुङ, गतलाङमा पनि धसिङ्गरे रहेको हुँदा यसको प्रशोधन गर्न सके धेरै आम्दानी लिन सकिन्छ । यसलाई स्थानीय जनता, राजनीतिक दल तथा जिविसले मिलेर कार्य गर्न सक्नुपर्दछ । पछिल्लो समयमा सतुवाको पाइलट प्रोजेक्टको रूपमा हामीले काम गरेका छौं । सो को माग चीनमा अत्याधिक रहेकाले सतुवा खेती पनि गर्न सकिन्छ । जडिबुटीको बारेमा म सहलेखक भएर विशेष गरी रसुवाजस्ता हिमाली क्षेत्रमा पाईने जडिबुटीको तथ्याङ्कसहित जानकारीमूलक पुस्तक निस्केको छ, त्यहाँ सबै विवरण छ, त्यसलाई पढ्न सबैलाई अनुरोध पनि गर्दछु । त्यो पुस्तक चाहिँ रसुवावासीकै सम्पत्ति हो ।

रसुवामा कार्य गरेको अनुभवबाट संरक्षण, विकास र जनताको जिविकोपार्जनका कार्य के के गर्न सकिन्छ भन्ने पाउनुभएको छ ?

एउटा जरो गडेको छ, संरक्षण चाहिँ विकासको विरोधी हो भन्ने सोच, त्यो गलत हो । संरक्षण विकासको वाधक हैन, परिपूरक हो भन्ने आत्मसाथ गर्नु जरूरी छ । जिल्लास्तरका राजनीतिक दल, स्थानीय वासिन्दा र विकासका क्षेत्रमा काम गर्ने अगुवाहरूले संरक्षण चाहिँ विकासको विरोधी हैन, यो विकासको परिपूरक हो भन्ने बुझन आवश्यक छ । लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएको झण्डै ३५ वर्षभइसक्यो, अझ पनि संरक्षणलाई वाधक भन्ने जरा गडेको छ, त्यसलाई विस्तारै स्थानीय समुदायलाई शिक्षित गरेर त्यो विकास विरोधी हैन, पक्षमा छ भन्ने बुझाउनु पर्दछ । जलविद्युत, जडिबुटीको जति सम्भावना छ, त्यसलाई संरक्षण विना पर्याप्त मात्रामा प्राप्त गर्न सकिदैन । पर्यापर्यटन, जंगली ट्रेकिङ रुटको संरक्षणमा सहयोग गरी प्रवर्द्धन गर्नु आवश्यक छ । मुख्य कुरा जिविसले त्यसको अगुवाई गर्ने र राष्ट्रिय निकुञ्जले सहयोग गर्नुपर्दछ । जडिबुटी उत्पादन, प्रवर्द्धन र प्रशोधनको क्षेत्रमा स्थानीय सहभागिता जुर्टाई कार्य गर्न सके विकासको क्षेत्रमा यसले ठूलो टेवा पुर्याउँदछ ।

अन्त्यमा रसुवा खबर मार्फत संरक्षणको विषयमा रसुवावासीलगायत लारानि क्षेत्रमा बस्ने जनतालाई के भन्नुहुन्छ ?

मैले साँढे चार वर्षरसुवामा काम गरेको अनुभवबाट स्थानीय जनताको संरक्षण र विकासप्रति निकै चिन्तित भएको मैले पाएको छु । उहाँहरूलाई एउटा टेवा चाहिएको छ, स्थानीय संस्थाहरूले उहाँहरूलाई प्रत्यक्ष एकाकार गरेर लाभ पुर्याउन उहाँहरूसँगै बसेर योजना तथा कार्यान्वय गर्नु गराउनु पर्दछ । विकासको प्रतिफल त्यसरी मात्र प्राप्त हुन्छ भन्ने हाम्रो चारवर्षो मूल सिकाई हो । विशेष गरेर उत्तरी भेगका पशुपालकहरू र दक्षिणी भेगमा किसानसँग मिलेर प्रत्यक्ष हामीले काम गर्यौं, हामीले त्यो पाएका छौं कि उहाँहरूसँग समन्वय गरेर काम गर्न सके धेरै समस्याहरू समाधान गर्न सकिन्छ । तर, त्यसको लागि इमान्दार प्रयासको खाँचो छ । इमान्दार र लक्षित वर्गमा रहेर काम गर्न सक्यो भने रसुवाको भविष्य निकै उज्वल हुन्छ । स्थानीय युवा, पत्रकार, इको क्लब, एनजीओ, विभिन्न समूह मिलेर संरक्षणको कार्यमा लाग्नुभएको छ, त्यो अत्यन्त सकारात्मक छ । यो निकै राम्रो संकेत हो । स्थानीय युवाहरू भोलि जिल्लाको जिम्मेवार तहमा पुग्ने भएकोले यो सबै जिम्मेवारी युवाको काँधमा छ । विशेष गरी रसुवा खबरले एक वर्षा जुन उपलब्धि हासिल गरेको छ, त्यो अत्यन्त अनुसरणीय छ । मेरो शुभकामना छ, विशेष गरी संरक्षणका विषयमा लेखेर जनतालाई सुसूचित गर्न ।  संरक्षण र विकासको अन्तरसम्बन्ध मिडियाममा सँगसँगै आयो भने सबैले त्यसको विषयमा बुझनेछन् । यसरी खबर संप्रेषण गर्न सकेमा स्थानीय वासिन्दा बढी लाभान्वित हुनेछन् । अन्त्यमा संरक्षणको विषयमा जुन् सिकाई र अनुभव आदानप्रदान गर्ने मौका दिनुभयो, त्यसको लागि रसुवा खबरलाई धन्यवाद दिदै सफलताको कामना गर्दछु ।  

वागमतीको चिठी त्रिशूलीलाई


प्रिय बहिनी त्रिशूली, 
राम रही आरामै चाहन्छु । 

मनभरी पीर र बेदनाका पोका अँगालेर बाँचिरहेको छु । धमिल मनका बीचमा आस्तिकका बीच बैतरणी जस्तो त नास्तिकहरूका बीच फोहर व्यवस्थापन गर्ने केन्द्रबिन्दु बनिरहेको छु । समयको अन्तरसँगै मानव व्यवहारका कारण आफ्नो रूप बिकलाङ्क हुँदा पनि मनमा सन्तोष कैद गर्न विवश छु । आशा छ मेरो जस्तो अवस्थाबाट तिमी निकै दूर छौ ।

आजभोलि तिमीलाई बहिनी भनेर सम्बोधन गर्न पनि निकै अप्ठ्यारो महशुस हुन लागेको छ मलाई । उमेरले मात्र दिदी बहिनी बनायो हामीलाई । पालन, पोषण र रेखदेखका बाबजुद आज म तिम्रो बहिनीको जस्तो रूपमा सिमित हुन पुगेको छु । म आजभोलि मेरो कर्तव्य पुरा गर्न नसकेको कारण आफ्नो जीवनलाई धिक्कारिरहेको छु । मानवको मन र मस्तिष्कलाई पुण्यात्मक बनाउन म चुकेको छु जस्तो लाग्छ मलाई । आजभोलि म प्रतिको मानव वितृष्णा देख्दा आफूलाई जन्मनु र हुर्कनुको कुनै महत्व नभएको महशुस गरिरहेको छु । 

सञ्चारका कारण संसारले फड्को मार्यो तर मेरो दिनानुदिनीमाथि प्रश्न चिन्ह देखा परिरहेको छ । मैले तार्ने गरेको मानव देहलाई आज पुण्य प्रदान गर्न सकेको छैन । म बहनुमा निकै चुनौति छ । मानवले फालेका फोहोरका डङ्गुरलाई मेरो गतिले हुत्याउन सकेको छैन । अझ तिनै फोहोरका गुजुल्टाहरूमा अल्झिएर म आफैं बेपत्ता हुन पुगेको छु । 

सत्ययुगमा महादेवको त्रिशूल प्रहारबाट उत्पत्ति हुँदाको तिम्रो  रूप आज पनि कायमै छ । तर मेरो हालको बहावको अवस्था र परापूर्वकालमा भएको उत्पत्तिको व्यतिरेकी सम्बन्ध छ । जसरी म उत्पत्ति भएँ, त्यसको स्वरूप आज छैन । आज म मानवका सुन्दर महलबाट दूषित भएर बगिरहेको छु । फोहोर व्यवस्थापन वा नालीको रूपमा म परिचित हुन पुगेको तिमीलाई पनि अवगत नै होला । म मात्र नभई उपत्यकाका बहिनी विष्णुमति र शालीनदीको पनि अवस्था त्यस्तै छ ।

आज म कल्पना गर्छु किन मेरो पूर्व रूप हराएर मानव शौचालय तथा सफासुग्घर गरेर बहेको दूषित पानीका रूपमा परिचित हुन पुगें ।' यसको उत्तर सबैसँग छन् । मानव चाप, सवारी चापसँगसँगै प्ल्ाष्टिकजन्य वस्तुको विर्सजनस्थलको रूपमा जहिलेबाट मलाई मानवले प्रयोग गरे, जहिलेबाट मेरा किनारलाई भैंसी बधशालाको रूपमा विकास गरे त्यतिखेरबाट नै मेरो स्वरूपमा घुन पुत्ला लाग्दै आयो । आफ्ना घर सफा राख्ने तर नजिकको वातावरण फोहोर गर्ने मानवको व्यवहारले उनीहरूलाई गिज्याइरहेको छ । बुझेर पनि बुझ पचाउने महले मानवका कारण आज मेरो यो अवस्था भएको छ । 

प्राय दिनहरूमा मेरो वरिपरी नाइल, टिस्टा जस्ता दिदीहरूका देशका नागरिक पनि आउँछन् वागमती हेर्न भनेर । तर नाइल, टिस्टा जसरी सुसाएर मानिसलाई आनन्द दिएको छ, मैले कसैलाई पनि त्यस्तो आनन्दता प्रदान गर्न सकेको छैन । अझ लाजमर्दो यहाँ बनाएका छन् कि मेरो आसपासमा बसेर तिनै विदेशीहरूसँग फोटो खिचाएको निहुँमा पैसा माग्ने गर्दछन् हाम्रा देशका साधुसन्तहरू । पैसा माग्दामा नदिएर धार्नी हात उठाउन पनि पछि पर्दैनन् र उनीहरू नै मेरो आसपासमा फोहोर गर्न खप्पिस छन् । धर्मका कुरा गर्नेले मेरो वरिपरी फोहोर आफैंले गर्दा पाप लागेको महशुस पनि गर्नुपर्ने हो । 

तर जे होस् बहिनी म कुण्ठित भएपनि तिम्रो आफ्नो गति कायम रहेकोमा खुसी व्यक्त गर्दछु । तिमीले आफ्नो शक्तिद्वारा जलविद्युत उत्पादन गरेर जनतालाई अँध्यारोबाट उन्मुक्ति दिएकी छ्यौ । तिम्रो दिदी भएर मैले यस्तो अवसर पाउने सम्भावना यो जुनीमा मैले पाउँदिन होला । लोडसेडिङको समस्याबाट पीडित जनतालाई उज्यालो र्छर्ने मेरो पनि चाहना थियो । तर त्यसको कुनै पनि परिकल्पना गर्न सक्दिन म । तर पनि मैले दिएको योगदान मानव समुदायमा उल्लेखनीय नै छ । फोहोरको डङ्गुर मैले सामना गरेको छु, मेरो वक्षबाट बालुवा निकालेर धेरैका महल ठडिएका छन् । बालुवा व्यापार गरेर कोही सुकुम्वासीले त कोही सुकुम्वासीका नाममा हुकुमवासीले आफ्नो जीवनस्तर परिवर्तन गरेका छन् । मैले दिएको योगदान यस्तै यस्तै हुन् । मेरो पूर्व अवस्थाको त कल्पना पनि गर्न सकिन्न, तर शहरका मान्छेको बुद्धि फिरेमा मेरो रूपमा केही परिवर्तन हुन्छ कि भन्ने आशामा कुरिरहेको छु । पत्र पाउने बित्तिकै मलाई पत्र लेख्न नबिर्सनु। केवल म तिम्रो पत्रको प्रतिक्षामा छु । आउने जानेलाई म त्रि्रो हालखबर सोधिरहन्छु । अहिलेलाई यत्ति नै, भोलिको कुरा भोलि नै, बाँकी अर्को पत्रमा । 

उही दिदी
वागमती




Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com