पर्यटन विकासको पूर्वाधार बोकेर जिएको छ यार्सा

 विकासको दौडमा कतै पनि सहभागी बन्न नसकेको यार्सा गाविस आफ्ना विविध सम्भावनालाई पोल्टामा राखेर जिइरहेको छ । धुन्चेबाट ठिक्क विपरित कोणमा रहेको यार्सालाई नियाल्न उही पुग्नुपर्छ । न त रसुवाका अन्य भूभागबाट न नुवाकोटबाट नै यार्सा राम्ररी देखिन्छ । यार्साको भूमिमा नटेकीकन यार्साको सम्भावना नियाल्न सकिन्न । 

साँच्चिकै यार्सा जाने हो भने त्यहाँ धेरै सम्भावना छन् । जसरी तामाङ सम्पदा मार्गको रूपमा गतलाङ, गोल्जुङलगायतका गाउँले आफ्नो परिचय बनाउँदैछन् त्यसैगरि यार्सासँग पनि त्यो सम्भावना रहेको सजिलै अनुमान गर्न सकिन्छ । त्यहाँको पृथक संस्कृति, पृथक धरातल र विषमतामा लुकेका बस्तीहरूमा पाइला टेक्दै जाँदा एउटा कुशल विकासे तथा पर्यटन व्यवसायीले त्यसको सम्भावना नियाल्न सक्दछ । 

पर्यटकीय आनन्द पाउने आकर्षक बस्तीलाई विस्तारै विकास गर्दै जान सके आज १४ वर्षकै उमेरमा १८ वर्ष पुग्यो भनेर आफ्नो छोरी विदेश पठाउने पासपोर्टका लागि यहाँका बाबाहरू धाउने थिएनन् । यहाँ नै एउटा असल रोजगारी सिर्जना गर्न सक्ने थिए र यहाँ उत्पादन हुने विभिन्न उत्पादनको परिकार बेचेर सजिलै आयआर्जन गर्न सक्ने थिए ।

रसुवाको पासाङल्हामु राजमार्गको कालिकास्थानबाट पूर्वपट्टि १ विहानको हिडाईबाट यार्सा सुरु हुन्छ  । कालिकास्थानबाट जाँदा आउने यार्साको पहिलो गाउँ वा वडा नं ९ घोर्मु पर्दछ । यहाँ वि.सं २०६० मा गएको पहिरोले धेरैको घरबास विचल्ली बनाएको थियो । त्यहाँबाट क्रमशः कहिले नजिकै त कहिले डाँडापारि यार्साका मनोहर बस्तीहरूको दृश्यले जो कोहीलाई पनि लोभ्याउँदछ । घोर्मु र आरुखर्क अझ लोकिलमुनी पर्ने सस्र्युखण्ड र डुमा्रङबाट हेर्दा लाङ्बु र थाङदोर गाउँमा अहिले नै पाईला पु¥याउँ जस्तो हुन्छ । 

पूर्वाधारको हिशावले हेर्ने हो भने पासाङल्हामु राजमार्गमा पर्ने गोम्बोडाँडा, स्याउबारी,  लोकिल हुँदै लाङ्बु र थाङ्दोरसम्मका बस्तीहरूमा सडकको रेखा कोरिदै छन् । यहाँ फल्ने आलु देशवासीका भान्छामा पाक्ने गर्दछ । यार्साका वनमा पाईने टिम्मुरको अचारसँग आलु उसिनेर खाँदा पक्कै पनि विरगञ्जबाट आयातित महङ्गो चामलको आवश्यकता पर्दैन । अझ यही फल्ने मकैको ढिँडो र सिस्नु रैथाने खानासँगको आनन्द बेग्लै रहन्छ । 

लाङ्बु र थाङ्दोर मात्र हैन त्यहाँभन्दा माथि पर्ने स्याङ्ग्युल, सिंबन्दी, दोक्लाङ र बच्चाका गाउँहरू पनि उत्तिकै मनोहर छन् ।  विदेशी तथा स्वदेशी पर्यटकलाई निम्तो बाँड्न सक्ने प्रवल सम्भावना बोकेर जिएका छन् यार्साका यिनै बस्तीहरू । एउटा दुरदर्शी र पर्यटनप्रेमी योजनाकारको अभाव खेपिरहेको छ यार्साले । यहाँ आन्तरिक वा वाह्य पर्यटकलाई पर्ने प्रमुख समस्या भनेको आवास हो । यहाँ उत्पादन हुने स्थानीय प्रकारका खानेकुराले पेट भरेर राम्ररी सुत्न पाउने ठाउँ भए पक्कै पनि तामाङ सम्पदा मार्ग भनेर चिनिएका उत्तरी रसुवाका वस्तीमा जस्तै वर्षेनी धेरै पाहुनाहरूको सत्कारमा जुट्न पाउने थिए यहाँका बासिन्दाहरू ।  अझ भन्नै पर्दा दोस्रो तामाङ सम्पदा मार्गको रूपमा आफ्नो परियय यार्साले बनाउन सक्नेमा हामी विश्वस्त छौं । 

पछिल्लो समयमा यार्साका मान्छेहरू धुन्चेमा बस्न आउने क्रम बढ्न थालेको छ । परिवारका सदस्य विदेश पठाउने र अलि सुगम भनिएका ठाउँमा घरबास गर्ने लालसा पनि देखिएको छ । आफ्नो गाउँमा रहेको सम्भावनालाई उनीहरूले नियाल्न सकेका छैनन् र अन्यत्र बसेर जीवन निर्वाहको लागि दुःख गरिरहेका छन् भने अधिकाँश मानिसहरू प्रत्येक पाखामा गोठ राखेर परम्परागत शैलीमा खेतीपाती गर्दैैछन् । 

अब खाँचो रह्यो “यहाँ आवास वा हामेस्टे बनाउन उत्प्रेरित गर्ने केही सिर्जनशील मान्छेहरू, जुन् यार्सा भूमिकै छोरा हुन् या यार्सालाई माया गर्ने ।” प्रत्येक गाउँमा एक÷दुई होमस्टे भएमा पहिला आन्तरिक पर्यटक आउनेछन् र विस्तारै बाह्य पर्यटक पनि । रसुवाबाट राजधानी गएर वा रसुवामा नै बसेर पर्यटन व्यवसाय गर्ने वा पर्यटनबाट लाभ लिएका जनशक्तिको एक नजरबाट यो सम्भव छ । छिमेकीले राम्रो पाहुना घर बनाएर चिया र खानाको पैसा लिएर घरमै आर्जन गर्न थाले पछि अवश्य पनि अर्को छिमेकीले पनि त्यसै गर्न थाल्दछ, त्यसैले एउटा गाउँमा एउटा होमस्टेको अवधारणा विकास गर्न सके छिट्टै यार्साको बस्ती रसुवाभरि चिनिन्छ, अनि मुलुकमा पनि ।

यार्सामा सम्भावना रहेको यो विकासको लाभ यार्साले मात्र लिदैन । यार्सा हुँदै पर्यटकहरू सरमथलीका त्यस्तै मनमोहक पुरीहरू लारच्याङटार र पाच्र्याङ  पुग्छन् अनि गोसाइँकुण्ड पनि । यार्सा जाँदा बाटामा पर्ने धैबुङ र भोर्लेका गाउँहरू पनि यसका हिस्सेदार हुन् । पर्यटकीय आनन्द पाउने आकर्षक बस्तीलाई विस्तारै विकास गर्दै जान सके आज १४ वर्षकै उमेरमा १८ वर्ष पुग्यो भनेर आफ्नो छोरी विदेश पठाउने पासपोर्टका लागि यहाँका बाबाहरू धाउने थिएनन् । यहाँ नै एउटा असल रोजगारी सिर्जना गर्न सक्ने थिए र यहाँ उत्पादन हुने विभिन्न उत्पादनको परिकार बेचेर सजिलै आयआर्जन गर्न सक्ने थिए ।  प्राय यार्साका  मान्छेहरू अहिले पनि पर्यटन व्यवसायबाट लाभान्वित छन् । भारी बोकेर घोरेपानी होस् या लार्के पास अनि सोलुखुम्बुका टासीलाप्चा होस् या ज्यानै जाने खालका धौलागिरी हिमाल पुगिरहेका ती यार्सालीका गाउँ बस्तीमा नै पर्यटक पुग्न सके भरिया बनेको ठाउँमा होटल वा होमस्टेको सञ्चालक बन्न पाउने थिए । यहाँ विकास गर्न सकिने पर्यटनको नाम शुद्ध पर्यटन मात्र नभई कृषि पर्यटन हो । जडिबुटी खेती, जैविक उत्पादन र पशु पालनलाई समेत् जोडेर एउटा कृषि पर्यटनको अवधारणा वा गुरुयोजना आवश्यक देखिन्छ । 

त्यसैले ओझेलमा परेको र पर्यटकीय पूर्वाधार बोकेर जिएको यार्सालीका  बस्तीमा विकास गर्न सके यहाँबाट रोजगारी वा  जीवन निर्वाहका लागि धुन्चे वा अन्यत्र जाने चलन हराउँदै जानेछ । आफ्नै गाउँलाई सजाएर यार्सालीहरू जिउन पाउनेछन् ।
लाङटाङ सम्पदा २०७१ मा प्रकाशित 

तेस्रो गन्तव्यका चुनौति

सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ । तिनै लाङटाङ्गेलीका अतिथि सत्कारका दृश्य तथा मृत्युपर्यन्त सम्झनाका लागि बनाईएका क्षुर्तेन हेर्दै गगन चुमुला झैं गरी हज्जारौं पर्यटकलाई सुपारी बाँडिरहेको लाङटाङ हिमश्रृङ्खला ।
अग्ला चुचुराका आसपासमा अवस्थित लाङटाङ उपत्यकाले इतिहाँसदेखि नै स्वदेशी तथा विदेशी पर्यटक र त्यहाँका स्थानीयलाई आश्रय मात्र दिएन, शैक्षिक तथा जीवन सुधारमा नवपिँढीलाई विदेश गमनको मार्ग पनि खुल्ला गरिरहेको छ । कोही विदेशी अतिथिका सहयोगले त कोही आफ्नो सुदृढ आर्थिक अवस्थाका कारण डाक्टर, पाइलट पनि बनेका छन् । जलविद्युतको प्रवल सम्भावना र जैविक विविधताले परिपूर्ण भएर विश्व मानचित्रमा टल्किरहेको छ लाङटाङ ।
यहाँका पर्यटकीय प्रवल सम्भावना पनि लाङटाङका गगनचुम्बी श्रृङ्खलासँगै चम्किरहेका छन्, यहाँको विकासका सम्भावना वा भोलिको लाङटाङको मुहार सबैले झल्झली देखिरहेका छन् । फरक भू–बनोट, भाषा, संस्कृति अनि पृथक पहिचान बोकेको लाङटाङ सबैको इमान्दार प्रयासबाट तेस्रो पर्यटकीय गन्तव्य ओगटिरहन सक्दछ । यसमा दुईमत छैन ।
पहिलो हिमाली निकुञ्जको नामले मात्र हैन सायद नेपालमै पहिलो पटक याक चिज उत्पादन गर्ने ठाउँको नामले पनि परिचित छ लाङटाङ । पछिल्लो समयमा माउन्टेनियरिङ स्कूल निर्माण हुने कुराले पनि लाङटाङले झन् चर्चा पाउँदैछ । छिमेकी मुलुक चीनसँग कठालोमा बाँधिएको मुलुकको तेस्रो गन्तव्यले सांस्कृतिक, ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पर्यावरणीय यी सबै विधालाई उत्तिकै महत्व राख्दछ । यही क्षेत्रको गोसाइँकुण्डमा हुने धार्मिक मेला, क्याञ्जिन उपत्यकामा नाँचिने डुक्पा छेच्यु र यसका आपपासमा मनाईने विभिन्न सांस्कृतिक पर्व, कला संस्कृति तथा परम्पराले पर्यटकीय सम्बन्ध अझ गाढा र नजिक बनाउँदछ । विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू र रामसार सूचिमा परेको गोसाइँकुण्ड ताल यहाँका आकर्षणका केन्द्रविन्दु हुन् । यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके युगौंसम्म धरतीभरिका आगन्तुकलाई डाकिरहनेछ यस क्षेत्रले ।
यहाँको पर्यटन व्यवसायलाई दिगो बनाउन सम्भावनासँगै चुनौतिहरू पनि त्यत्तिकै छन् । घुम्न आउने पर्यटक हराउनु, मृत भेटिनु र मृत वा हराएको के हो भन्ने थाहा नै नपाउनु यहाँको पछिल्लो समयको समस्या हो । यहाँका पर्यटकीय बेजोड आनन्दलाई चुम्न आउने पर्यटक वा प्रमुख आर्जनको माध्यम बनेको पर्यटकको आवागमनमा यसरी चुनौति आउनु यहाँ रहेका वा कल्पना गरिएका तेस्रो गन्तव्य विकासमा काँडे तगारो नै हो । संसारका जो कोही पनि यहाँ एक्लै वा सजिलै गन्तव्यमा पुग्न पाउनु व्यक्तिगत अधिकार पनि हो । गतवर्ष घाँटी छिनालिएकी बेल्जियमकी नागरिक डेभी माभ्युको काण्डले झन् पर्यटक तथा पर्यटन व्यवसायीमा सन्त्रास फैलिएको छ । उनको हत्या अहिलेसम्म रहस्यमय नै छ । त्यस्तै अमेरिकी ओब्री क्यारोलिन स्याको पनि २०६७ बैशाख ७ गतेदेखि हराईरहेकी छिन् । यहाँका पर्यटन व्यवसायमा लाग्ने वा शुभचिन्तकहरूको लागि यस्ता घटनाले सँधै पिरलिरहेको छ ।
रसुवामा पर्यटकीय गतिविधिका लागि तीन मार्गहरू छन् । एउटा तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ, गोसाइँकुण्ड क्षेत्र, दोस्रो भरखरै विकास भएको तामाङ सम्पदा मार्ग र अर्को कहिलेकाँही क्याम्पिङ चल्ने वा सम्भावित विकासोन्मुख मार्ग लोकिल, सिपाङ, यार्सा मार्ग । लाङटाङका खोँच, पहरातिर जाने पर्यटकले विगतमा एक हजार रूपैंयाँ राजश्व तिर्थे तर अहिले ह्वात्तै दुई सय प्रतिशतले उक्त शुल्क बढेर तीन हजार पुग्नु पनि चुनौति हैन भन्न सकिन्न र अर्को कुरा तामाङ सम्पदा मार्ग लाङटाङ राष्ट्रिय निकुञ्जभित्र नपर्ने तर प्रवेशद्वार यही भएकोले शुल्क तिर्नु पर्दछ । विशेष गरी तामाङ सम्पदा मार्गका व्यवसायीले छुट अथवा शुल्क लिन नहुने बताईरहेका छन् । पर्यटन विकासका लागि मात्र नभई स्वस्थ वातावरणका निमित्त पनि यहाँका जैविक विविधताको संरक्षण हुनु अपरिहार्य छ । पर्यटकीय क्षेत्र तथा तामाङ बस्तीमा वनजन्य सम्पदाको अधिकतम प्रयोग हुने गरेको छ । खाना बनाउन तथा उच्च भेगमा कोठा तातो बनाउन दाउराको प्रयोग अत्याधिक हुनु यहाँको अर्को चुनौति हो । चोरी सिकार तथा अवैध व्यापार अनि यहाँ उत्पादन हुने फोहोर मैला व्यवस्थापन नहुनुले पनि चुनौतिको संख्यालाई बढाईरहेको पाईन्छ । हिमालको फेदिसम्म पनि आकर्षक सुगम शहरको जस्तो घर बन्नु अनि सुविधायुक्त हुनु र कतै अनुभवी व्यवसायीको सत्कारबाट सन्तुष्ठी प्राप्त गरे पनि कतै भने पर्यटकलाई गर्नुपर्ने सबै खालका सम्मान नहुने गरेको पनि पाईन्छ । खानाको उच्च मूल्य हुनु वा मूल्य अनुसार खानाको आकार सानो हुनलाई पनि चुनौति मान्न सकिन्छ ।
यसरी हेर्दा थुप्रै चुनौतिहरू रहेपनि त्यसका समाधान भने नभएका हैनन् । पर्यटक हराउने वा मृत भेटिने घटनाका विषयवस्तुलाई लिएर विभिन्न व्यक्ति, कम्पनी तथा निकायले पर्यटकहरूलाई एक गाईड वा भरिया अनिवार्य लिएर जाने नियम बनाउनु पर्छ पनि भनिरहेका छन् । 
पर्यटकको सुरक्षाका निमित्त गाईड अथवा भरिया अनिवार्य भन्नु भन्दा पनि नेपाली होस् या विदेशी जो कोही पनि खाम्जिङबाट शेर्पा गाउँ जाँदा भीरमा हराउनु भएन, तियारीको बगरबाट चन्दबारी जाँदा घाँटी रेटिनु भएन र घोप्टेभिरबाट सहजै मेलाम्चीको पाखाहरूमा पुग्नु प¥यो ।

इन्धनको प्रयोगले जैविक विविधताको संरक्षणमा देखिएको चुनौति कम गर्न नवीकरणीय उर्जा प्रविधिको विकास गरी प्रयोग गर्न सकिन्छ । वातावरणीय ह्रास आउने गतिविधि फोहोर मैला उचित व्यवस्थापन तथा पुन प्रयोगका लागि अभ्यास गर्न सकिन्छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको दिगो पर्यटन व्यवसाय सञ्चालन गर्नका लागि व्यवसायीहरूको पनि लगानी जुटाउनु आवश्यक छ । पर्यटन व्यवसायमा लागेका जो कोहीको पनि जीवनयापन अत्यन्त सहज, सरल र सुविधायुक्त छ । यही पर्यटन व्यवसायबाट आफ्नो जीवनशैली र सामाजिक प्रतिष्ठा उच्च बनाउने वा बनेकाहरूले यसमा ध्यान दिनु अपरिहार्य छ । गर्दा नहुने कुरा केही छैन, मात्र छ इमान्दार प्रयासको खाँचो ।
Vitof Nepal (गाउँ पर्यटन पुस्तकमा प्रकाशित )

गोसाइँकुण्ड, रामसार क्षेत्र र संरक्षणका चुनौतिहरू

उच्च हिमाली क्षेत्र तथा अन्य अन्तर्रास्ट्रिय महत्व भएका क्षेत्रहरूलाई रामसार क्षेत्रमा समावेस गर्ने नीति अनुरूप नेपाल सरकारले गोसाइँकुण्ड क्षेत्रलाई २३,सेप्टेम्बर, २००७ मा रामसार क्षेत्रमा  सूचिकृत गरेको छ । राष्ट्रिय सिमसार नीति २०५९ अनुसार गोसाइँकुण्डलगायतका चार क्षेत्रलाई रामसार क्षेत्रमा सूचिकृत गराएको छ । सन् १९७१ मा नेपालले रामसार महासन्धिमा हस्ताक्षर गर्दै रामसार क्षेत्रको व्यवस्थापन वा संरक्षणमा प्रतिबद्धता जनाई सकेको छ । महासन्धिको दफा ३ -१) र निर्देशन सन् १९९६ लाई अँगाल्दै राष्ट्रिय सिमसार नीति २०५९ तर्जुमा भई कार्यान्वयनमा रहेको छ ।

 वि.सं. १९७८ मा स्थापना भएको नेपालकै पहिलो हिमाली राष्ट्रिय निकुञ्जभित्र रामसार क्षेत्र नं. १६९३ मा सूचिकृत गोसाइँकुण्ड तथा त्यसका वरीपरीका क्षेत्रको संरक्षण वा व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, लाङटाङ राष्ट्रिय निकुञ्ज/मध्यवर्ती क्षेत्र सहयोग आयोजना, लाङटाङ राष्ट्रिय निकुञ्ज सहयोग परियोजना/डब्लुडब्लुएफ  र प्राकृतिक स्रोत व्यवस्थापकहरूको मञ्चले 'गोसाइँकुण्ड  तथा वरीपरीका सिमसारहरूको स्थलगत व्यवस्थापन योजना' तयार गरेको छ । नेपालको अनुपम सिमसार परिस्थितिकीय प्रणालीलाई जोगाई राख्नको लागि साझा प्रतिवद्धताका रूपमा उक्त
  'स्थलगत व्यवस्थापन योजना' तयार गरिएको हो ।

जैविक विविधतामा सम्पन्न गोसाइँकुण्ड क्षेत्र  रैथानीय, दुर्लभ र सङ्कटापन वनस्पति एवं चराचुरुङ्गी र वन्यजन्तुको आश्रमको रूपमा परिचित छ । हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापनादेखि नै  लोपोन्मुख वन्यजन्तुका वासस्थान जोगाइ राख्ने र ती वनमा आश्रयस्थल बनाएका प्राणीहरूको संरक्षण, त्यहाँ उपस्थित विविध प्राकृतिक, जैविक सम्पदाको संरक्षण,धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, स्थानीय जनताको जीवनस्तर उकास्ने क्रममा स्थानीय तहमा अपनाइएको भू उपयोग पद्धतिबाट परिस्थितिकीय प्रणालीमा पर्ने असर घटाउने तथा  निकुञ्ज र आसपासमा रहेको प्राकृतिक स्रोतको मानवीय दोहन घटाएर निकुञ्जको प्राकृतिकपन र सुन्दरता जोगाउने भन्ने लक्ष्यमा आधारित रहेर निकुञ्जले कार्य गर्दै आइरहेको छ ।

यी उल्लेखित विविधतासँग मानव जीवनयापनको महत्वपूर्ण आधार गाँसिएको हुन्छ । जैविक विविधता र मानव जीवन एकअर्काका परिपूरक हुन् । माथि उल्लेखित सम्पदाको संरक्षण विना मानवको जीवन पनि असहज बन्दै जानेछ । उच्च हिमाली भेगमा रहेको गोसाइँकुण्ड तथा वरीपरीका क्षेत्र परिस्थितिकीय प्रणाली वा जलवायु परिवर्तनका समस्याका दृष्टिकोणले जोखिम र संवेदनशील बन्दै गएको विभिन्न वातावरणविद्हरूले बताएका छन् । यस क्षेत्रमा हुने गरेको पर्यटकीय व्यापारका कारण पनि विभिन्न संरक्षण सम्बन्धि समस्या वा चुनौतिहरू थपिदै गएका छन् । मानवले गर्ने गरेको वातावरण प्रतिकुल व्यवहारले यहाँको परिस्थितिकीय प्रणालीमा असर पुर्‍याइराखेको छ । जताततै फालिएका सिसाजन्य, प्लाष्टिकजन्य र विविध जैविक, अजैविक फोहोरका कारण दिनानुदिन यहाँको वातावरण प्रतिकुल बन्दै गएको छ । सामान्यत विचार गर्ने हो भने पनि धार्मिक आस्थाका स्वरूप कुण्डमा चढाइएका नरिवल र अन्य प्रसादजन्य पदार्थले पनि कुण्डलाई प्रदुषित बनाएको हुन्छ । होटल व्यवसायीका लापारवाहीका कारण वा तीथालुलाई लक्षित गरी व्यवस्थित शौचालय बनाउन नसक्दा पनि शौचालय प्रयोग पछि उक्त फोहोरहरू कुण्डमा आउने गरेका छन् । गोसाइँकुण्ड प्रयोगकर्ताहरूले फाल्ने गरेका फोहोरले कुण्डको संरक्षणमा निकै चुनौति दिइरहेको हुन्छ ।

नवीकरणीय उर्जा प्रविधि वा जलविद्युतका अभावका कारण यस क्षेत्रमा खाना बनाउने  र डाइनिङ हल तातो पार्नका लागि दाउराको प्रयोग हुन्छ । जसका कारण वर्षोनी धेरै मात्रामा वन विनास हुने गरेको छ । खाना बनाउन होस् वा कोठा तातो बनाउन दाउराको प्रयोग भनेको बाध्यकारी समस्या हो । दाउराजन्य इन्धनमा कमी ल्याउन वा रोक्नको लागि विद्युतीकरण नहुनु नै यस क्षेत्रमा देखिएको समस्या हो । यसरी इन्धन प्रयोगमा यहाँका जंगल विनास हुँदै जाने हो भने राष्ट्रिय निकुञ्जका माथि उल्लेखित लक्ष्य कहिल्यै पनि कार्यान्वयन हुन सक्दैन न  त  लोपोन्मुख मानिएका वन्यजन्तुको संरक्षण नै हुन्छ ।

यस क्षेत्रमा हुने गरेको चौरी र भेडापालन व्यवसायले पनि यहाँको संरक्षणमा वाधा उत्पन्न गराइरहेको छ । यहाँको झाडीमा चौरी चराउँदा एकातिर वनको विनास हुँदै जानेछ भने अर्कोतिर कुण्डको आसपासमा पाल्तु जनावरले खनी खोस्री गरेको माटो बग्दै आएर कुण्डमा पर्दछ । जसका कारण कुण्ड पुरिदै जाने सम्भावना रहन्छ । यीलगायतका विविध समस्याहरू यहाँको संरक्षणका बाधकका रूपमा रहेका पाइन्छन् । आजको युगका मानवले मानव जीवनयापनको समरूपमा लिने गरेका छन् भने संरक्षणलाई बाधकको रूपमा लिने गरेका छन् । तर संरक्षण विना मानवको जीवनयापन सहज हुँदैन भन्ने बुझनु जरूरी छ ।

गोसाइँकुण्ड क्षेत्रबाट  पर्यटकीय व्यवसायबाट मनग्य आम्दानी लिइराखिएको छ ।  जसबाट धेरै जनसंख्याको आर्थिक उपार्जनको थलो बन्दै गइरहेको छ । यहाँ पर्यटकीय विकास गर्नका  लागि वरीपरीका क्षेत्रको संरक्षण वा व्यवस्थापन हुन सके मात्र वर्षोनी यहाँ आउने पर्यटकको संख्या विस्तार गर्न सकिन्छ ।


-सर्न्दर्भ स्रोत- गोसाइँकुण्ड तथा वरीपरीका सिमसारहरूको स्थलगत व्यवस्थापन योजना २०६५, रसुवा खबर, वर्ष२, अंक ८, २०६८ भाद्र २३ गते शनिबार)

राजधानीको पोल्टामा हराएको पर्यटकीय गन्तव्य 'भिमढुङ्गा'


                             ( विश्व पर्यटन दिवस २०१२ विशेष)

विश्व पर्यटन दिवस, गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल र भिमढुङ्गा पर्या पर्यटन


नेपालको समग्र विकासका लागि पर्यटन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । पर्यटन व्यवसायका लागि हालसम्म धेरै स्थानहरू परिचित रहेका छन् । नेपाल गाउँ नै गाउँको एक सुन्दर नगरी हो । गाउँको विकासका निमित्त पर्यटनलाई एउटा आधारशीलाको रूपमा स्थापित गराउनको लागि 'गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल' क्रियाशील रहेको छ । विशेष गरी गाउँघरमा रहेका स्वचालित घरहरूलाई पर्यटक बस्ने 'घरबास'को रूपमा विकास गरी पर्यटन व्यवसायबाट हुने लाभलाई गाउँ बस्तीसम्म पुर्याउनको लागि मञ्चले हरेक समयमा महत्वपूर्ण गतिविधिहरू गर्दै आइरहेको छ ।

यस वर्षो विश्व पर्यटन दिवसको सर्न्दर्भमा नेपालका पर्यटन व्यवसायमा संलग्न हस्ती वा गाउँ पर्यटन प्रवर्द्धन मञ्चका पदाधिकारीहरू, मञ्चका सल्लाहकार तथा मिडियाकर्मीहरूको एक टोलीले अत्याधुनिक शहर काठमाडौंको पोल्टामा हराइरहेको वा राजधानीको कुइनेटो 'भिमढुङ्गा' गाविसको पर्यटनको सम्भावना तथा ऐतिहासिक पक्षहरूलाई नियाल्ने कार्य सम्पन्न गरेको छ ।



अवलोकन गर्दै जाँदा भिमढुङ्गा गाविससँग एउटा सम्भावित क्षमता देखिएको छ त्यो के हो त भन्दा पर्यटकीय दृष्टिकोणमा नजिकैका ककनी, नगरकोट जस्ता प्रख्यात पर्यटकीय गन्तव्यसँग प्रतिस्पर्धा गर्न सक्छ । आकाश खुलेको बेला मनासलु र गणेश हिमालका शीरहरू पर्यटकका आँखा अगाडि आइदिने मात्र हैन त्यहाँ फैलिएका विभिन्न वन जंगलका स्रोतले निकै स्वच्छ र ताजा वातावरण उत्पन्न गराइदिन्छ । काठमाडौंको धुलो र धुँवाले अवाक भएको बेला त्यहाँ पुग्दा शहरको यो निस्सासिदो अवस्थालाई बिर्साउने तागत राख्छ भिम ढुङ्गाले ।

नेपालका प्राचीन तथा ऐतिहासिक पुरुष भिमसेन थापाले काठमाडौं उपत्यकामा दह हुँदा ढुङ्गाको डुङ्गामा सयर गर्ने गरेका र अन्तमा मञ्जुश्रीले दहलाई चोभारको डाँडो छिनालेर मानव वस्तीका लागि खुल्ला गर्न सफल भए पछि भिमसेन थापाको ढुङ्गाको डुङ्गा पार भएको थियो । स्थानीयवासीका अनुसार भिमसेन थापाको ढुङ्गाको डुङ्गा त्यहाँ रहेकोले त्यस ठाउँलाई 'भिमडुङ्गा' भनिएको हो र पछि अपभ्रम्श हुँदा 'भिमढुङ्गा' रहन गएको हो । भिमसेन थापाको डुङ्गा र मन्दिर त्यस ठाउँमा अझै देख्न पाईन्छ भने ऐतिहासिक शिलालेख पनि देख्न पाईन्छ । गोरखा दरबारबाट फूलपाती काठमाडौं ल्याउँदा त्यस स्थानमा एक रात राख्ने गरेको स्थानीयबासी तथा भिमढुङ्गा पर्या पर्यटन समितिका सचिव उत्तम खनालले बताए ।

सितापाइलाबाट ७ किमीको दूरीमा रहेको भिमढुङ्गाको सामाजिक र सांस्कृतिक अवस्था दुरदराजको गाउँको जस्तै छ । काठमाडौंकै गाउँमा पनि जनताको चेतनास्तर दुरदराजको गाउँ बस्तीको जस्तो हुनु नौलो हो तर पर्यटकलाई ग्रामीण संस्कृति नियाल्नको लागि नजिकको गन्तव्यको रूपमा यसले आफ्नो स्थान ओगट्न भने पक्कै सक्छ ।

यहाँको पर्यटकीय सम्भावनालाई र्सार्थक बनाउनको लागि गठित समिति छ 'भिमढुङ्गा पर्या पर्याटन' तर थोरै मात्र सदस्यको पहलमा पर्यटनका सम्भावनालाई पर््रवर्द्धन गर्न सम्भव छैन । बाहृय पर्यटक भन्दा पनि आन्तरिक पर्यटकका लागि गतिलो र नजिकैको गन्तव्य बन्ने सम्भावना बोक्न सक्ने यस क्षेत्रको अवलोकन गरिरहँदा त्यहाँका स्थानीय बासिन्दामा पर्यटनप्रतिको आस्था तथा महत्व विस्तारका लागि धेरै नै चेतनामूलक गतिविधि सञ्चालन गर्नु पर्ने देखिन्छ । स्थानीय 'घरबास' (Homestay ) कार्यक्रमलाई प्रवर्द्धन, पर्यापर्यटनको रक्षा तथा व्यवस्थापन गर्नसके नजिकै भविष्यमा भिमढुङ्गाले मनग्य आन्तरिक तथा बाहृय पर्यटकलाई आफ्नो क्षेत्रमा भित्र्याउन सक्छ । काठमाडौंको प्रदुषित वातावरणमा निस्सासिँदो जीवन निर्वाह गरिरहेका मानिसहरूलाई यस स्थानले निम्त्याउन सक्छ ।

यो लेखलाई Mero Report.Net मा पनि हेर्नुहोस्
तपाईलाई यो लेख कस्तो लाग्छ, सुझाव दिनुहोला फेसबुक मार्फत







728x90 - Travel Nepal





धार्मिक आस्था, जैविक विविधता र पर्यटकीय गन्तव्य : गोसाइँकुण्ड


त्रिशूलधाराको निर्मल जलसोही जलको सम्मिश्रण शंकरको बासस्थान गोसाइँकुण्डको दृश्यले सबैलाई लालायित बनाउँछ । एकातिर शिबलाई पाउन धेरै भक्तजन त अर्कोतिर मनमोहक दृश्यावलोकनमा आउने पर्यटक सबैको लागि उपयुक्त गन्तव्य बनेको छ यो कुण्ड ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको गोसाइँकुण्डले विविध महàव बोकेको छ । सोही विविधताभित्र गोसाइँकुण्ड सबैका लागि विश्वासको केन्द्रविन्दु बनेको छ । सत्य युगमा देवता दानवको सागर मथनबाट निस्केको कालकूट विष खाएर दहन गर्न नसकी यहाँ आएका भगवान शिवले रिसाएर त्रिशूलले भूमिमा खोप्दा त्रिशूल धाराको उत्पत्ति भई त्यहीबाट बगेको पानी जमेर गोसाइँकुण्डको उत्पत्ति भएको पौराणिक कथन छ । सोही कथन अनुसार धार्मिक दृष्टिकोणले गोसाइँकुण्ड अग्रस्थानमा छ । अमरसिंह  थापा नेपाली इतिहाँसका एक उदाहरणीय पात्रको देहवसान र 'अमरसिंह गुफा'  गोसाइँकुण्डमा रहनुले महत्वमा विविधता थपिएको छ । गोसाइँकुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभूषा तथा संस्कृति पनि यस क्षेत्रका आकर्षाहरू हुन् । तामाङ संस्कृति अनुसारका विभिन्न नाँचहरूले सांस्कृतिक महàव पाएको छ । यिनै धार्मिकऐतिहाँसिक र सांस्कृतिक महàवभित्र नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको महàव दिनानुदिन बढ्दै गइरहेको छ । र्
पर्यटकीय महत्वले गोसाइँकुण्ड मात्र नभई हेलम्बुलाङटाङ र तामाङ सम्पदा मार्गका क्षेत्रहरूलाई समेट्छ । यी अरु क्षेत्रमा पनि ऐतिहाँसिकधार्मिक र सांस्कृतिक महत्व पनि त्यत्तिकै छन् । पौराणिक कथनको विश्वासको आधारमा एकसय आठ कुण्ड मध्येका विभिन्न कुण्डहरू यत्रतत्र छरिएर रहेका छन् । गोसाइँकुण्ड,भैरवकुण्डसरस्वतीकुण्डगणेशकुण्ड,दुधकुण्डसूर्यकुण्डलगायतका कुण्डहरू प्रख्यात रहेको छ भने विविध महàवका बीचमा रहेको गतलाङको पार्वतीकुण्डटिमुरेको रिभरकुण्ड,बृद्धिमको दुधकुण्ड अझै  कुहिरोभित्रको काग बनिरहेका छन् । कुहिरोभित्र काग हराएझैं सम्पदा मात्र हराएका छैनन्त्यहाँबाट आउने आर्थिक उपार्जन पनि हराइरहेका छन् । कतिपय कुण्ड संरक्षण अभावमा जलवायु परिवर्तनको असरले लोप हुनसक्ने अवस्थामा रहेका छन् । पछिल्ला समयमा बोझोद्वारा पुरिन लागेको पार्वतीकुण्डको संरक्षणका  नवीन आवाजहरू पनि आउन थालेका छन् । तरचुनौतिपूर्ण विषयहरू छन् ती खालका कुण्डको संरक्षणार्थ । एक त औषधीजन्य बोझोको बासस्थान रहेको छअर्को त धार्मिक विश्वास अनुसार कुण्डमा खन्न नहुने । जैविक विविधताको संरक्षणमा विश्वास राख्दा कुण्डको वरिपरिका वनस्पतिको संरक्षण अपरिहार्य छ । तर,ध्रुबसत्य कुरा कुण्डको संरक्षण विना ती वनस्पतिको पनि संरक्षण सुनिश्चित हुँदैन । त्यसैले दुबै संरक्षणलाई ध्यानमा राखी संरक्षणमा इमान्दार प्रयासको खाँचो छ ।
गोसाइँकुण्ड जस्ता तालहरू फुट्ने नभई सुक्न सक्छ । नजिकै ठूलाठूला हिमाल भएको ठाउँमा हिमताल फुट्न सक्छ भने हिमाल नभएका ठाउँमा तालहरू सुक्न सक्छन् । गोसाइँकुण्डको वातावरण त्यति नबिग्रिएको कारण तत्काल नै संरक्षणका लागि ध्यान दिनसके खतरामुक्त हुनेछ ।




वरिपरिका  वन्यजन्तु र प्राकृतिक स्रोत -जैविक विविधताजोगाउँदै गोसाइँकुण्डको संरक्षण गर्नको लागि सन् २००६ को सेप्टेम्बर २२ मा विश्व सम्पदा सूचि -रामसार क्षेत्रमा सूचिकृत भएर अझ यस क्षेत्रले महत्वपूर्ण स्थान ओगटिरहेको छ । हाल कार्यान्वयनमा रहेको गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन योजनाले धार्मिकऐतिहाँसिक र पर्यटकीय महत्वलाई संरक्षणविकास र प्रचारप्रसारमा सहयोग पुर्याउँदछ । ताल नरहे धार्मिक महàव र वनस्पतिवन्यजन्तुको संरक्षण नभए पर्यटकीय महत्व घट्दै जान्छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेकोले हिमताल सुक्ने र फुट्ने हुनसक्छ । च्छो रोल्पा ताल फुट्ने खतरामा रहेको हामीले सुनेका छौं ।
तर,
धार्मिकजैविक विविधताऐतिहाँसिकपर्यटकीय र सांस्कृतिक महत्वसँगसँगै गोसाइँकुण्ड क्षेत्रमा आर्थिक महत्व पनि त्यत्तिकै छ । तर्ीथालु र पर्यटकहरूबाट यहाँ बास र गास वापतको रकम,गोसाइँकुण्ड क्षेत्र सुधारका लागि दिइएको चन्दा र विदेशी पर्यटकले ट्रेकिङ शुल्क वापतको रकम आर्थिक क्षेत्र विकासका लागि उल्लेखनीय माध्यम हुन् । यही क्षेत्रमा आएका विदेशी पर्यटकले छात्रबृत्ति दिएर यहाँका धेरै बालबालिकाले गुणस्तरीय शिक्षा पाइराखेका छन् । यही क्षेत्रबाट प्रत्यक्ष लाभ लिने धेरै स्थानीयहरूको उन्नती भएको पाइन्छ । पर्यटकीय क्षेत्र भएका कारण स्पोन्सर पाएर विदेशमा आफ्ना क्यारियर बनाउने संख्या पनि उल्लेख्य रहेको पाइन्छ ।
जिविकोपार्जनमा प्रत्यक्ष प्रभाव पुर्याउने गोसाइँकुण्ड क्षेत्रको संरक्षण साथसाथै वरिपरिका अन्य सम्पदा जस्तै वनदुर्लभ वन्यजन्तुचराचुरूङ्गीको संरक्षण गरी आर्थिक विकासको मार्गमा जानु अपरिहार्य रहेको छ । यस क्षेत्रको विकासमा यहाँकै जनता जो हिजोदखि प्रत्यक्ष लाभान्वित छन् र जो भोलिका पनि उपभोक्ता हुन्त्यस्ता रसुवालीहरूको साझा दायित्व हो । गोसाइँकुण्ड जस्ता प्राकृतिक सम्पदाको संरक्षण भए मात्र रसुवाको विकास सुनिश्चित हुने र विश्व सम्पदा सूचि वा रामसार क्षेत्रमा सूचिकृत भएको पनि र्सार्थक हुन्छ । महàवमा विविधता रहेको गोसाइँकुण्डको संरक्षणप्रचारप्रसार र विकासका लागि सबैले हातेमालो गर्दै धार्मिक हिशावले वर्षो दुईपटक लाग्दै आएको मेलाको उचित व्यवस्थापन गर्नु अत्यन्त आवश्यक छ ।



728x90 - Travel Nepal

रसुवाको विकासको सूचक : जलविद्युत, पर्यटन र रसुवागढी नाका



Hotel Booking In Nepal

Home Stay To 5 Star Hotels

Book Now



हिजोसम्म दुर्गम, अशिक्षित र दुरदजारको संज्ञा पाएको रसुवा आज एकाएक धेरैको नजरमा अगाडि आएको छ । देशका विभिन्न पाटोमा रहेका नेपालीले रसुवालाई पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चिन्दै आएका छन् । केही वर्षयता रसुवाको नामसँगै जलविद्युतको नाम पनि गाँसिदै आएको छ । अझ भन्दै पर्दा रसुवाको नाममा पर्यायी बनेर चिलिमे जलविद्युत केन्द्र आएको छ । यी थोरै नाम वा सम्पदाले चिनिएको रसुवा राजधानीको अस्तव्यस्त शहरबाट दूरीका हिशावले जति नजिक छ, त्यति नै सफल सम्भावनाका हिशावले पनि नजिकै छ । दुई ठूला छिमेकी मुलुक चीन र भारतको सामञ्जस्यता गर्नको लागि रसुवागढी नाकाको नामले पनि दशकौंदेखि रसुवा  आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ ।


चिलिमे जलविद्युत केन्द्रले रसुवालीलाई मात्र नभई देशका विभिन्न दुरदराजमा रहेका नागरिकलाई सेयर वितरण गरेर मालिक बनाएको छ । आफ्ना नागरिकलाई नजिक बनाउँदै आफ्नो  निर्धारित लक्ष्यभन्दा बढी उपलब्धिलाई हात पार्न सफल भएको छ चिलिमे जलविद्युत केन्द्र । चिलिमे जलविद्युत केन्द्र आव २०६७/६८ मा १३ करोड, २७ लाख ९५ हजार युनिट उत्पादन गर्न लक्ष्य निर्धारण गरेकोमा १५ करोड १ लाख १० हजार युनिट उत्पादन गर्न सफल भएको पन्ध्रौं वाषिर्क प्रतिवेदनमा भनिएको छ । उत्साहजनक उपलब्धिलाई  हात पार्दै रसुवागढी, मध्ये भोटेकोशी, साञ्जेन र माथिल्लो साञ्जेन गरी २७० मेगावाट जलविद्युत उत्पादन  तथा विक्रीको  लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको चिलिमेले अझ बढी रसुवावालीको विकासका निमित्त आफ्ना पाइलाहरू अगाडि बढाउँदै छ ।

क्यान्जेन गुम्वा पर्यटकीय स्थल
रसुवाको विकास वा जनताको जीवनयापनमा सहयोग पुर्याउँदै आएको पर्यटन व्यवसाय रसुवालीको लागि भाग्यरेखाको रूपमा रहेको छ । लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा केन्द्रीत पर्यटन व्यवसायले विस्तारै जिल्लाका अरु क्षेत्रलाई पनि समेट्दै छ । रसुवाको माथिल्ला क्षेत्रमा होस् वा तल्ला क्षेत्रमा होस् सायद पर्यटनसँग सम्बन्ध नराख्ने वा नरहेका व्यक्तिहरू कमै होलान् ।  कोही अवसर पाएर यस क्षेत्रबाट आफ्नो भाग्यरेखा लम्ब्याउँदै छन् भने कोही बाध्यताले पेशामा आवद्ध भई आफ्नो जीवन गुजारालाई सहज बनाउँदै छन् । दशकौंदखि पर्यटकीय चाप भएका क्षेत्रमा रहेका जनताले व्यक्तिगत, सामाजिक दुबै खालका विकास तथा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन् ।

रसुवागढी नाका
जलविद्युत र पर्यटन क्षेत्रले रसुवाको विकासमा जे जति योगदान पुर्याउन सक्छन् वा सम्भावना देखिएको छ, त्यत्ति नै रसुवागढी नाकाको पनि छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग निर्माण गरी यी दुबै देशबीच व्यापारिक सम्बन्ध स्थापित गर्न यो नाका आतुर देखिन्छ । रसुवागढी नाकाको विकास तथा विस्तारबाट आर्थिक मात्र नभई दुई ठूला देशहरू बीच आपसी सम्बन्ध विकास गर्न पनि सहयोग पुग्नेछ भन्नेमा हामी विश्वास गर्न सक्छौं । 

रसुवालीको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चिलिमे जलविद्युत केन्द्र, पर्यटन व्यवसाय तथा रसुवागढी नाकासँगै विभिन्न सम्भावनाहरू रहेका छन् । जलविद्युत विकासका हिशावले सम्भावना रहेका वा विकासका निमित्त सूचिकृत विविध जलविद्युत केन्द्रहरूले रसुवालीका चुल्हो चौका उज्यालो पार्न सकोस् । खाना बनाउनको लागि प्रयोग हुँदै आएका इन्धन दाउराको प्रयोगमा कमी ल्याउन सकोस्, जसका कारण वनको संरक्षणसँगै जलविद्युत केन्द्रको दीगो व्यवस्थापनका लागि आवश्यक पर्ने वा नभई नहुने पानीका मुहान संरक्षण गर्न सहयोग पुगोस् ।

यति धेरै जलविद्युत विकासका सम्भावना रहेको रसुवाका जनताले खाना बनाउनको लागि दाउराको प्रयोग गरी वनविनासको पाटोमा संलग्न हुन नपरोस्, यसबाट मात्र रसुवाको जलविद्युतको दीगो व्यवस्थापनमा सहयोग पुर्याउँछ । जलविद्युत केन्द्र बनेका वा बन्दै गरेका आसपासका पर्यटकीय क्षेत्रमा उज्यालो पुर्याउन सके वा यार्सादेखि गतलाङसम्म र बेत्रावतीदेखि गोसाइँकुण्ड, लाङटाङसम्मका बस्तीहरू  चिलिमे जस्ता जलविद्युत केन्द्रको उज्यालोले देखाउन सकेमात्र चिलिमे कम्पनीको  सेयरधनी बनेको र्सार्थक हुनेछ । व्यवसायिक बन्न नसकेको पर्यटन व्यवसायलाई व्यवसायिक बनाउन जलविद्युतले सहयोग पुर्याउन सक्छ । हाताहाती उपलब्धिलाई हेर्दा जलविद्युतले वन संरक्षणमा सहयोग पुर्याउँछ, वनजंगल जस्ता सम्पदाले पर्यटन विकासका लागि मात्र नभई मानिस बाँच्नका लागि सहयोग पुर्याउँछ । यसरी हेर्दा पर्यटन र जलविद्युत असाध्यै नजिकका सम्बन्धहरू हुन् । समग्र रसुवाको विकासका निमित्त जलविद्युत, पर्यटन र रसुवागढी नाका एक अर्काका परिपूरक हुन् ।

महोत्सवमा समेटिएका र समेटिन नसकेका विषयहरू

वर्ष१, अंक ३०, २०६८ साल बैशाख २४ गते शनिबार ,रसुवा खबर
सांस्कृतिक, भौगोलिक, जातिय र धार्मिक विविधता रहेको रसुवा जिल्लामा नेपाल सरकारको पर्यटन वर्ष२०११ हालै सम्पन्न भएको छ । महोत्सव आयोजना गर्नु विविधताको पहिचान, प्रवर्द्धन तथा प्रचारप्रसार गरी जिल्लालाई राष्ट्रिय तथा अन्तर्राट्रियस्तरमा चिनाउनु हो । रसुवामा महोत्सव सञ्चालन गर्न बनेको मूल समितिले तयार गरेको प्रस्तावना अनुसारका धेरै विषयहरू समेटिएका छैनन् ।

सात दिनसम्म सञ्चालित महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुती नै महोत्सवको मुख्य आकर्ष रहृयो । महोत्सव अवधिमा नुवाकोटका धेरै कलाकारहरूको प्रस्तुती रहृयो । रसुवाका कलाकारहरू पनि प्रतिभामा कमी छैनन् भन्ने पनि महोत्सवले संकेत गरेको छ । महोत्सवको निरीक्षण गर्दा महोत्सव भन्ने शब्द सांस्कृतिक कार्यक्रमको पर्यायवाची शब्द हो कि भन्ने अनुभूति पाइयो । यसरी सांस्कृतिक कार्यक्रममा महोत्सव सिमित रहनु जिल्लाको भौगोलिकता र महोत्सवको पर्ूव तयारीको फितलोपन हो भन्न सकिन्छ ।


महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरू निमा रूम्बा, इन्दिरा गुरूङ, अभिनास घिसिङ, सागर एस वाइवाजस्ता कलाकारका प्रस्तुतीले रौनकता ल्यायो । दिउँसोभरि कुनै कार्यक्रम नभए पनि बेलुका अबेरसम्म स्थानीय तथा राष्ट्रिय कलाकारहरू गला र कलाले दर्शकहरूलाई छमछमी नचाएका थिए । महोत्सव अवधिभर नै अड्डा जमाएर बसेका नुवाकोटका दामोदर खतिवडाले गीत मात्र गाएनन्, कार्यक्रम सञ्चालन समेत् गरे । यसरी जिल्लामा कार्यक्रम सञ्चालन गर्न सक्ने कुनै व्यक्ति नभए जस्तो आयोजकले खतिवडालाई नै पुरै कार्यक्रम सुम्पेको थियो । नुवाकोटका अतिथि कलाकारलाई आयोजक बनाउनु भनेको हामी सधैं परजिवी हुनु हो । तर खतिवडाको प्रस्तुतीले दर्शकका मन जित्न सफल भने भएकै थियो ।

नृत्य, दोहोरी गीत, ट्रयाक म्युजिक, पप गीतहरू गाएर दर्शकलाई भरपूर मनोरञ्जन दिन सक्ने कलाकारहरू स्थानीयस्तरमा प्रशस्त रहेछन् भन्ने कुराको महोत्सवले उजागर गरेको छ । तर जुन मात्रामा रसुवाली प्रतिभाको सम्मान तथा उत्थान हुनु पनर्ेर्ेेो, त्यो भने हुन सकेन । अधिकार र मौलिकताको कुरा गरिरहँदा रसुवाका कलाकारहरूको प्रस्तुती जति देख्न पाइएको छ, त्यति पर्याप्त हो भन्ने चाहिँ हैन । तर कलाकारहरू स्वःस्फूर्त आएर अत्यन्त अनुरोधका साथ प्रतिभा देखाउन तल्लीन रहे । त्यसैको फलस्वरूप रसुवाको पहिचानका निमित्त यी कलाकारहरूको पर््रवर्द्धन र सम्मान गर्न सके रसुवा जिल्ला पनि सांस्कृतिक पाटोमा विविधता र धनी छ भन्ने अनुमान गर्न सकिन्छ ।

तेह्र वषर्ीय सन्देश उप्रेतीले उदित नारायण झाको 'कैले त्रि्रो पछ्यौरीमा अल्झें' भन्ने गीत गाएर सबैलाई टोलो बनाए । सुरिलो स्वरका धनी उप्रेती रसुवा जिल्लामा छिट्टै नै एक कलाकारको रूपमा चिनिन सक्छन् भन्ने अनुमान उनको प्रस्तुतीबाट गर्न सकिन्छ । महोत्सव अवधिमा यिनको प्रस्तुतीले यिनी जस्तै अन्य प्रतिभावान कलाकारहरूलाई थप हौसला दिएको छ ।

नुवाकोट महोत्सव २०६६ मा दोहोरी गीत प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने रामकुमार देवकोटा र सरिता विश्वकर्माका टोलीले पनि दोहोरी गाएर महोत्सवमा रौनकता दिए । उनीहरू सँगै सनथ देवकोटा, हिरामाया विश्वकर्मा, बुद्धलक्ष्मी थिङ, सिता गजुँरेल, हिरादेवी गजुँरेल, सन्तोष लामा, राजकुमार थापा, उत्तम थापा, लक्ष्मण डंगोल र ठूलोगाउँका दोहारी गायिकाहरूको प्रस्तुतीले धुन्चे बजार गुञ्जयमान भएको थियो । स्थानीय देव लामाले नृत्य पर््रदर्शनी गरेर महोत्सवलाई थप उर्जा प्रदान गरे । लामाले काठमाडौंमा नृत्य निर्देशक भएर पनि कार्य गरिसकेका छन् । रसुवाका यस्ता प्रतिभावान व्यक्तिàवहरूको सहभागिता रहनु रसुवालाई थप उचाइमा पुर्याउन सहयोग गर्नु हो ।

स्थानीय सञ्जीव डिएम, हिरा लामालगायतका कलाकारले पप गीत गाए । लहरेपौवाका प्रकाश पौडेलले आधुनिक गीत गाएर आफ्नो प्रतिभाको प्रस्फुरण गरे भने स्याफ्रुका पराङले पनि आधुनिक गीत गाएर महोत्सवमा थप उर्जा प्रदान गरे । साना भाइबैनीलगायत प्रौढ अवस्थाका साहित्य

कारहरूले रसुवा चिनाउने खालका कविता गाएर साहित्यको अर्को यात्रा गराए महोत्सवमा । तामाङ संस्कृतिका झाँकीहरू, लामा र झाँक्रीका प्रस्तुतीहरू महोत्सवका आकर्षका रूपमा रहेका थिए । स्थानीयस्तरमा बनेका हस्तकलाको स्टल भनौं या स्थानीय उद्यमीहरूद्दारा उत्पादित वस्तुको पर््रवर्द्धनार्थ एक स्टल रहृयो । हिमाली रेन्वो ट्राउट माछाको बिक्री स्टल, होम टिभी र आइचर कम्पनीको बिक्री स्टल, मानेकोर सोसाइटीले उतपादन गरेका ज्ञानवर्द्धक सामग्रीको स्टल, नेपाल आमा समूहको खाना स्टल, बैकल्पिक उर्जाको स्टल र केरूङमा उत्पादित वस्तुहरूको स्टल महोत्सवका मुख्य स्टलहरू रहेका थिए । स्थानीयस्तरमा रहेका वस्तुहरूको प्रचारप्रसार र बजारीकरणमा सहयोग पुर्याउने लक्ष्य लिइरहँदा स्थानीय उत्पादनको प्रदर्शनी कम हुनु महोत्सवमा प्रदर्शनीका लागि उद्यमीहरूलाई प्रोत्साहित गर्न नसक्नु हो ।

हिमालयज स्प्रिङ वाटर कम्पनी रसुवाको उत्पादन हो । यसमा सबैले गर्व गरिरहेका छन् । महोत्सव आयोजनाको एक सहयोगी पात्रको रूपमा पनि रहेको छ उक्त कम्पनी । अन्तर्राट्रियस्तरमा धुन्चेको पानीले बजार पाइरहँदा महोत्सवमा एउटा स्टल नहुनु ...। चन्दनबारीमा बनेको चिज तथा छुर्पीको स्टल नहुनु पनि कम्पनीको कञ्जुस्याइँ मान्न सकिन्छ । हुन त उनीहरूले बजार नपाएको भए स्टलको आवश्यकता रहन्थ्यो । प्रचारप्रसारको खाँचो नरहे पनि महोत्सवको सफलताका लागि यी कम्पनीहरूको उत्पादनको विक्री कक्षको आवश्यकता रहन्थ्यो कि - धुन्चे गाविस आयोजकको रूपमा रहेको थियो भने अरू १७ वटा गाविस सह आयोजकको रूपमा रहँदा रहँदै त्यहाँ उपस्थित हुन त के उनीहरूलाई उद्घाटनमा आउन पठाएको चिठी समेत् धुन्चेको एक होटलमा थन्किएको छ ।

महोत्सव आयोजनार्थ प्रस्तावित योजना तथा क्रियाकलापहरू कति कार्यान्वयनमा आए, कति आउन सकेनन्, त्यसको लेखाजोखा भने आयोजक समितिले नै गर्ला । तर प्रस्तावित कार्यक्रमहरूमध्ये धेरै कार्यक्रमहरू प्रस्तावित मात्र बने तर कार्यान्वयनको चरणमा प्रवेश गर्न सकेनन् । कार्यान्वयन गर्न सकिने र नसकिने भन्ने अध्ययन नगरी तयार गरिएको प्रस्तावना विना अध्ययनको हो भन्न सकिन्छ र सरोकारवालाहरूको छलफल बिना तयार गरिएको योजना हो कि भन्ने लाग्दछ ।

माउन्टेन फ्लाइटको हल्ला निकै चलेको थियो । महोत्सव अवधिका सात दिनमा कतै त्यस्तो हुन्छ कि भनेर कुरिरहँदा उद्घाटनको दिन प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरू बाहेक कोही उड्न सकेन र उनीहरूभन्दा अरू कसैलाई पनि महोत्सवले उडाउन सकेन । त्यो पनि हिमालयतर्फनभई राजधानीतर्फकेन्द्रीत फ्लाइट रहृयो । धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने भन्ने प्रस्तावले धुन्चेकै तामाङ संग्रहालयको प्रचारप्रसार गर्न सकेन । विश्वमा नै दर्ुलभ मानिने रेडपाण्डालगायत चराचुरूङ्गीको बासस्थानको पहिचान, लोपोन्मुख जडिबुटीको व्यवसायिक खेतीतर्फउन्मुख भूमिका रहने खालका कार्यक्रम, साइकल प्रतियोगितालगायतका विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्न महोत्सवले सकेन । शान्तिपूर्ण पदयात्रा गर्नको लागि प्रस्तावनाले इङ्गति गरिरहँदा धुन्चेको बालमन्दिरको प्राङ्गणमा सांस्कृतिक कार्यक्रममा मात्र केन्द्रीत रहेको महोत्सवले लक्ष्य हासिल गर्न सक्यो या सकेन, त्यसको उत्तर मूल समितिसँग रहनेछ ।

विसं २०६२ मा भएको लाङटाङ महोत्सवका दृश्य स्थानीय केबुलबाट प्रसारण भएको थियो । ५/६ वर्षछि आयोजना भएको यसवर्षो महोत्सवले त्यसलाई निरन्तरता दिन सकेन । महोत्सवका क्रियाकलापहरूलाई स्थानीय पत्रकारहरूले जति खिचेका छन्, त्यो नै दस्तावेज हो र आयोजकले सम्पूर्ण क्रियाकलापका दृश्यलाई खिच्ने व्यवस्था नमिलाउनु नै दस्तावेजीकरणमा फितलो हुनु हो ।

तर जे होस् एक वर्षको लक्ष्य र उद्देश्यलाई सात दिनमा पुरा गर्न सकिदैन । महोत्सवमा भए गरेका क्रियाकलापको सिकाई वा कार्य सम्पादन मापन गर्दै आगामी दिनमा पुःन महोत्सव गर्ने र रसुवालाई चिनाउने अभियानले निरन्तरता पाइरहोस् भन्ने शुभकामनासहित ।

गोसाइँकुण्ड, फोहोर व्यवस्थापन र संरक्षण : आजको आवश्यकता


वातावरण दिवस विशेष
प्रेमप्रसाद पौडेल
गोसाइँकुण्ड धार्मिक, जैविक, ऐतिहाँसिक तथा सांस्कृतिक महत्वका कारण अन्तर्राष्ट्रिय स्तरमा चिनिएको छ । सन् २००६ मा  रामसार क्षेत्रमा सूचिकृत भए लगत्तै  गोसाइँकुण्ड संरक्षणका लागि महत्वपूर्ण  अभियानहरू सञ्चालन भइरहेका छन् । मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले गोसाइँकुण्डको संरक्षणका लागि 'स्थलगत व्यवस्थापन योजना' तयार गरेको छ र सो योजना नेपाल सरकारको सम्बन्धित  निकायबाट अनुमोदन भइसकेको लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका प्रवन्धक गौतम पौडेल बताउनुहुन्छ ।

 लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले गोसाइँकुण्ड संरक्षणका लागि बनाएको योजना वा संरक्षणार्थ सञ्चालन गरिएका विभिन्न चेतनामूलक कार्यक्रमहरूले गोसाइँकुण्डको दीगो संरक्षणमा सहयोग अवश्य नै पुर्याउँदछ । गोसाइँकुण्ड वरपर भएको जैविक तथा अजैविक फोहोर र  मानवीय अतिक्रमणका कारण खतराको सूचिमा परेको भनेर रामसार क्षेत्रको अन्तर्राष्ट्रिय सचिवालय स्वीटरजरल्याण्डले नेपाल सरकारको वन मन्त्रालयलाई खबरदारी गरेको मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले बताएको छ । सो खबरदारी पत्रको उत्तर पठाइसकिएको छ ।

विभिन्न संघसंस्था वा स्वयं सेवाको नाममा प्रत्येक वर्षगोसाइँकुण्ड मेला पश्चात फोहोरहरूको व्यवस्थापन गर्ने गरेको पाईन्छ । तर बाटो वरपरका फोहोर टिपेर तलतिर ल्याउँदैमा संरक्षण हुन्छ भन्ने हैन । होटल व्यवसायीले बाटोभन्दा परसम्म पनि प्लाष्टिकजन्य, सिसाजन्य अजैविक फोहोरहरूलाई जथाभावी फ्याँक्ने गरेका छन् । त्यस्तो कृयाकलाप चाहिँ गोसाइँकुण्ड रामसार क्षेत्रको संरक्षणका लागि चुनौतिपूर्ण छ भन्ने लाग्छ ।

वातावरण दिवसको अवसर पारेर यसवर्षटानले  गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रमा बाटो वरपरका फोहोर टिपेर काठमाडौं ल्याउँदैछ भन्ने सूचना प्राप्त भएको छ । काठमाडौंको फोहोर व्यवस्थापनमा यति धेरै चुनौति भइरहेका बेला लाङटाङ तथा गोसाइँकुण्डको फोहोर यहाँ ल्याएर कसरी राम्रो गरियो भन्न सकिएला ? २/४ जना भरिया लगाएर त्यहाँको फोहोरलाई फोहोरै फोहोरको शहरमा ल्याउनु भन्दा त्यहाँ नै स्थानीय बासिन्दाद्वारा व्यवस्थापन गर्न सहयोग पुर्याउनु  बुद्धिमानी हुन्छ । अहिलेसम्म भएका फोहोरलाई उचित व्यवस्थापन गर्दै अब फोहोर फ्याक्नु हुन्न वा फोहोरलाई पुन प्रयोग गर्नुपर्छ वा सकिन्छ भन्ने पाटोमा चेतना जागरण गर्न सके जुनसुकै स्थानको पनि फोहोरले निम्त्याउन सक्ने खतरा कम हुन्छ । 

फोहोर बटुल्ने र अन्यत्र ल्याउने अभियान कति वर्ष गर्ने ? हुन त कुनै संघसंस्थाको नाम र दामका लागि पनि यस्तो अभियान सञ्चालन गरिराख्न पर्ने हुनसक्छ । जबसम्म स्थानीयस्तरमा नै फोहोर व्यवस्थापन हुँदैन तबसम्म संरक्षणका लागि चुनौति कम हुने छैन । हुन त  कुनै पनि संस्थाहरूले कार्यक्रम बनाएर त्यहाँको फोहोर व्यवस्थापनमा सहयोग पुर्याउनु तथा त्यहाँ गएर पर्यटकीय आनन्द लिनु अथवा आन्तरिक पर्यटन विकासका लागि सहभागी हुनुलाई राम्रो मान्नु पर्दछ । 

चन्दनबारीको मनोरम दृश्य पौंचन पुग्दा वातावरणीय विभत्सता

वर्ष१, अंक २८, २०६८ साल बैशाख १० गते शनिबार, रसुवा खबर
वरिपरि धुपी र लालीगुराँसको मनमोहक दृश्य, बीचमा निर्माणाधिनसहित ४ वटा सेवादायक होटल, धेरैवर्ष पुरानो बौद्ध गुम्बा र चिज उत्पादन केन्द्र, सानासाना माने र आगन्तुक हेरेर हाँसिरहेका हिमाल चन्दनबारीका मुख्य आकर्षक हुन् ।

धुन्चेबाट आधा दिनको हिँडाई पछि चन्दनबारी पुग्दा देउराली, धिम्साको उकालोमा लागेको थकाई मेटिन्छ । आँखाले चन्दनबारीको दृश्यलाई कैद गर्दा साँच्चै स्वर्गको एक टुक्रा भएको अनुभूति गरिन्छ । आन्तरिक तथा बाह्य पर्यटककलाई आकर्षण गर्ने अत्यन्त मनमोहक, सुन्दर र प्यारो गन्तव्य बनेको छ गोसाइँकुण्ड पदमार्गको चन्दनबारी ।

वि.सं २०५८ देखि निरन्तर गोसाइँकुण्ड यात्रामा सहभागी भइरहँदा यसवर्षको यात्रामा फरक अनुभव प्राप्त भयो । समुन्द्री सतहबाट ३ हजार मीटरभन्दा माथि पुग्दा नयाँ पर्यटकको लागि लेक लागेको अनुभव हुन्छ, हिँड्न गा¥हो हुन्छ र शरीर शिथिल भएर आउँछ । यो खालको अनुभव चन्दनबारीको वरिपरि पुगेपछि हुने गर्दछ ।


उच्च हिमाली भेगमा पुगेपछि हुने कठिनाइको संकेत यसपटक तियारीको बगर पार गरेर केही माथि पुगेपछि भयो । अघिल्लो दिनमा जंगलमा आगलागी भएको थियो । त्यो दिन पानी परेको कारण आगो नियन्त्रणमा आएको थियो । बाटोको वरिपरिका रूखहरू डढेका थिए । निगालोको झाँगहरू आगोका कारण जरिउपर लागेर पर्यटकको आवागमन रोकिरहेका थिए । लालीगुराँसका पूmलहरू औलिएर आफ्नो सुन्दरता र विशेषता गुमाइरहेका थिए भने डँढेलोको प्रदुषणले सास फेर्न सा¥है मुस्किल परिरहेको थियो । डँढेलोका कारण जनैपूर्णिमाका मेलामा अस्थायी व्यवसायीले बाटोका वरिपरि फालेका प्रदुषित फोहोरहरूलाई भने छर्लङ्ग पारिदिएको थियो । प्लाष्टिक, सिसा तथा टिनका बट्टाहरूलाई भने आगोले जलाउन नसकेको कारण व्यवसायीको व्यवहारलाई गिज्ज्याइरहेको थियो । डँढेलोको असर एकैनास देउरालीसम्म रहेको थियो । डँढेलोले रूखको अक्सिजन दिने क्षमतालाई गुमाएको कारण सदा झैं यसपटकको उकाली चढाइलाई थप कष्टकर बनाएको थियो ।

गोसाइँकुण्ड मार्ग आन्तरिक तथा बाह्य पर्यटकको लागि मनमोहक र धार्मिक आस्थाको लागि एक धरोहर बनेको छ । वर्षाको समयबाहेक बाह्य पर्यटकको लागि उचित गन्तव्य बनेको गोसाइँकुण्ड विशेषगरि आन्तरिक पर्यटकको लागि गंगादशहरा र जनैपूर्णिमाको मेला मुख्य बन्दै गइरहेको छ । नेपाली पर्यटकको आवागमनलाई हेर्दा यसवर्षबाट बाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटकको लागि जुनसुकै बेला पनि उपयुक्त गन्तव्य बन्न सक्ने निश्चितता छ ।

युएसआइडीको ६० र डब्लुडब्लुएफको ५० वर्षको उपलक्ष्यमा रसुवामा हरित पदयात्रा सम्पन्न गरिएको छ । प्राकृतिक स्रोत साधन समितिका सभापतिलगायत नेपालका उच्च स्तरीय व्यक्तिàवहरू जो संरक्षणका क्षेत्रमा लागिरहेका छन्,उहाँहरूको संलगनतामा सम्पन्न उक्त पदयात्रामा लाङटाङ राष्ट्रिय निकुञ्ज, विश्व वन्य जन्तु कोषले वन संरक्षणका लागि डँढेलो नियन्त्रण कार्यमा उल्लेखनीय योगदान गर्दै आएको पनि उक्त पदयात्राको सुरूवातमा बताइएको छ । हरित पदयात्रामा जाने व्यक्तित्वहरूले पनि घट्टेखोलादेखि देउरालीसम्मको दृश्यलाई अवश्य निरीक्षण गर्नेछन् र समस्या समाधानका निमित्त ठोस कदम चाल्नको लागि सहयोग, सल्लाह र सुझाव दिनेछन् ।

जंगलमा आगो लाग्दा ठूला रूखहरूलाई त त्यति असर नपर्ला तर जैविक विविधता संरक्षणको विषयमा कुरा गर्दा भने अत्यन्तै ठूलो असर पर्दछ । वर्षाका समयमा निउरो नामको तरकारीको प्रयोगलाई लाङटाङ राष्ट्रिय निकुञ्जले जैविक विविधताको लागि संरक्षण गर्नुपर्छ भनी रोक लगाइरहँदा त्यो भन्दा ठूलो असर डँढेलो लाग्दा भएको पनि स्वीकार गर्नुपर्दछ । डँढेलो लाग्दा बहुमूल्य जडिबुटी, वन्यजन्तुको बासस्थानलाई विनास गरिरहेको छ । सानासाना बुट्यानहरू कहिल्यै नबाँच्ने गरी विनास भइरहेको छ । वनक्षेत्रको संरक्षण नहुँदा जलवायु परिवर्तनको असर बृद्धि हुने गर्दछ ।

जिल्लामा वनक्षेत्रको संरक्षणका लागि कार्य गर्ने सरोकारवालाहरूको पनि यसक्षेत्रमा भ्रमण भइरहेको छ । तीन दिनको भ्रमणले वन संरक्षणको लागि डँढेलो नियन्त्रण वा डँढेलो लाग्न नदिन अभिप्रेरणा मिलोस् । रसुवाको वन सम्पदाको संरक्षणका लागि आगलागी जस्तो जघन्य अपराधको लागि स्थानीय कसैको पनि सहभागिता नहोस् । कसले र किन आगो लगाएको छ भन्ने विषयमा खोजी होस् र नेपाल सरकारको कानुन बमोजिम अपराधमा जानी नजानी सहभागी हुने व्यक्तिलाई कानुनको दायरामा पार्ने र अपराधको प्रकृतिको आधारमा दोषीलाई सजाँय निश्चित होस् ।

महोत्सवको सुरूवात र प्रस्तावनाका आकर्षण तथा रसुवाली पर्यटनको भविष्य

रसुवा खबर, वर्ष १, अंक २४, २०६७ साल चैत १२ गते शनिबार


नेपाल पर्यटन वर्ष २०११ को सर्न्दर्भमा रसुवामा 'गोसाइँकुण्ड, लाङटाङ, रसुवा महोत्सवका लागि तयारी भइरहेको छ । फागुन २७ गते जिल्ला विकास समिति रसुवामा पर्यटन सम्बन्धी योजना तर्जुमा बैठक भइरहँदा महोत्सवको तयारी हुन सकेको थिएन । प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले अरू काम छाडेर पर्यटन महोत्सवमा लाग्न आग्रह गर्नुभएको थियो । गाविसले पनि महोत्सवमा लगानी गर्न नसक्ने आभास दिइरहेको थियो । राजनीतिक दलका प्रतिनिधिहरूको पनि यसप्रति चासो बृद्धि हुन सकेको थिएन ।

जिल्ला विकास समिति रसुवाले नेपाल पर्यटन वर्ष २०११ का लागि वजेट छुट्टयाउन नसकेको र कतैबाट तान्न नसकिने आभास फ्याँक्दै फितलो सहभागिताको संकेत गरिरहेको थियो । राजनीतिक दलले पर्यटन महोत्सवका लागि यति बजेट छ भनेर भन्न सकिरहेका थिएनन् । जिल्ला परिषदका निर्णय सार्वजनिक हुन नसकेको समयमा पर्यटनको योजनाको पनि चित्रण हुन सकेन । प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले भन्नुभए जस्तै जिविसको वजेट लथालिङ्गको संघार भने अवश्य छैन ।


फागुन २७ गते अवेर अवेर जिल्लामा 'गोसाइँकुण्ड, लाङटाङ, रसुवा महोत्सव मनाउन लागि मूल आयोजक समिति बन्यो । प्रमुख जिल्ला अधिकारीको सकृयता र खबरदारीले नै अहिले रसुवा उद्योग वाणिज्य संघले महोत्सवको नेतृत्व गरिरहेको छ । छोटो समयमा मूल आयोजक समितिले महोत्सवको प्रस्तावना तयार गरी रसुवाको पर्यटन विकासको लागि दीर्घकालीन योजनाको चित्रण गरेको छ । समितिले तयार गरेको प्रस्तावनालाई छोटो समयमा अध्ययन गर्दा त्यस भित्रका आकर्षा वा सूचक सधैंका लागि अपरिहार्य रहेको पाइन्छ । मूल समितिले कार्यालय स्थापना गरिसकेको छ । सदस्यका हातमा अध्यक्षले प्रस्तावना थमाइ सकेका छन् । रसुवाको पर्यटन महोत्सवको सफलताको लागि अहिले थोरै जनशक्ति रातदिन खटिरहेको छ । सायद उहाँहरूको छोटो समय र थोरैजनाको तर दुरदर्शी दिमागहरूको सकृयताबाट प्रस्तावित योजना रसुवाको पर्यटन व्यवसाय विकासका लागि कोशेढुङ्गा बन्न सक्छ । कार्य सम्पादन र मापन गर्न सके र सरोकारवालाहरूको ध्यान पर्यटन महोत्सवमा एकै पटक तथा निरन्तर पुग्न सके साथै प्रस्तावित योजना कार्यान्वयको पक्षमा लाग्न सके रसुवालीको भविष्य महोत्सवसँग जोडिएको छ भन्दा परक नपार्ला ।

प्रस्तावनामा तामाङ, दलित, गुरूङ, मगर, बाहुन, क्षेत्रीको भेषभूषा, रितीरिवाज, खाना झल्काउने सांस्कृतिक प्रदर्शनी, धार्मिक, पर्यटकीय तथा ऐतिहाँसिक स्थलको पहिचान र प्रवर्द्धन, जलविद्युत क्षेत्रको विकासका लागि जलविहार, विश्वमा दर्ुलभ मानिने रातो हाब्रे, हिउँ चितुवा, चराचुरूङ्गीहरूको वासस्थानको पहिचान तथा लोपोन्मुख जडिबुटीको व्यवसायिक खेतीमा उन्मुख भूमिका रहने खालका क्रियाकलाप, खाना स्टल, प्राथमिक स्वास्थ्य उपचार सेवा, घरेलु तथा हस्तकला सामग्रीको प्रदर्शनी, लोक दोहोरी गीत प्रदर्शन, साइकल प्रतियोगिता, खेलकुद प्रतियोगिता, झाँकी तथा शान्तिपूर्ण पदयात्रा आदि विषयलाई मुख्य आकर्षको रूपमा प्रस्तावित गरिएको छ ।

एक गाउँ एक उत्पादन कार्यक्रमबाट उत्पादित रेन्वो ट्राउट माछा प्रदर्शनी र विक्री, विभिन्न व्यक्तित्व र संघ संस्थाहरूलाई सकृय सहभागिताको कदर स्वरूप सम्मान गर्ने, उत्कृष्ठ झाँकी तथा प्रदर्शनीलाई पुरस्कार, म्याराथुन प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कृषिजन्य वीउ बिजनको पर््रदर्शनी, सन्देशमूलक डकुमेन्ट्री प्रदर्शन, सेवामूलक सरकारी तथा गैर सरकारी संस्थाहरूको जानकारी तथा प्रदर्शनी कक्ष, अटो मोवाइल सम्बन्धी जानकारी र सूचना केन्द्रलाई पनि आकर्षको रूपमा राखिएको छ । रसुवा जिल्ला तामाङ सम्पदाले पूर्ण जिल्ला वा तामाङ बाहुल्यता रहेको भएपनि धुन्चेस्थित तामाङ संग्रहालयको व्यवस्थापनका लागि विशेष ध्यान भने प्रस्तावनाले दिन सकेको छैन । के तामाङ संग्रहालय बैठक र तालिम सञ्चालन गर्ने थलोको रूपमा मात्र केन्द्रीत गर्ने हो र ? तामाङ संस्कृतिका परम्परागत शैलीका परम्परागत भाडा वर्तन, भेषभूषा वा लवज झाल्कने दृश्य, तामाङ बस्तीका दृश्यलगायतका विविध सम्पदा झल्किने विषयलाई तामाङ संग्रहालयले व्यवस्थापन गर्न सक्नुपर्छ । संग्रहालयको समुचित व्यवस्थापनका थप आकर्षाहरूलाई पनि प्रस्तावनामा उल्लेख गर्नु आवश्यक देखिन्छ । यद्यपी तामाङ संग्रहालय धुन्चेको पर्यटकीय आकर्षको रूपमा स्थापित हुन सकोस् ।

महोत्सवमा विभिन्न स्टलहरू ७, कृषि उत्पादन विक्री स्टल ३, घरेलु तथा हस्तकला उत्पादन विक्री कक्ष ५, व्यापारिक सामग्रीका प्रदर्शनी एवम् विक्री कक्ष ३, सूचना केन्द्र कक्ष १, सेवामूलक संस्थाका प्रदर्शनी कक्ष ५ र प्राथमिक स्वास्थ्य उपचार केन्द्रको स्टल १ गरी २५ वटा स्टल राखिने व्यवस्था प्रस्तावनामा उल्लेख गरिएको छ । स्टल राख्न चाहने व्यक्ति वा संस्थाका लागि स्टल भाडादर पनि तोकिएको छ ।

पदयात्रा र माउन्टेन फ्लाइटबाट दुई लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्रस्तावनाले चित्रण गरिरहँदा कति पर्यटकले महोत्सव अवलोकन गर्लान् त्यो पाउन अब धेरै समय छैन । दुई लाख पर्यटक भित्र्याएर २ करोडसम्म आर्थिक कारोबारको लक्ष्य पुरा गर्न सबैको दायित्व बराबर हो । यहाँ सबैको सकृय सहभागिता नरहे प्रस्तावनाका आकर्षाहरू तुहन सक्छन् ।

प्रमुख जिल्ला अधिकारीको सकरात्मक सुझाव, सबै काम छाडेर महोत्सवमा लाग्न गर्नुभएको आग्रह अत्यन्त सराहनीय छन् । जिल्ला प्रमुखको तर्फाट गर्नुपर्ने पहल चुकेको छैन । सबैलाई थाहा नहोला तर उक्त बैठकमा बस्ने सबैले प्रमुख जिल्ला अधिकारीको साहसको मापन गर्न सक्छन् । सबैलाई मन नभए वा ताप्के नताते बिँड तात्न नहुने वा ताप्के नताती बिँड तात्न सक्दैन भन्ने उहाँको भनाइलाई शिरोधार्य गर्नु पर्छ । महोत्सवबाट वा पर्यटन व्यवसायबाट लाभ पाउने रसुवाली नताते महोत्सवको सफलता छैन । रसुवाका सबै नागरिकलाई यसतर्फलाग्ने मन होस् । अनुसरणीय वा अनुकरणीय पर्यटन योजना भनौं वा 'गोसाइँकुण्ड, लाङटाङ, रसुवा महोत्सव' को प्रस्तावनामा उल्लेखित आकर्षा, सूचक र क्रियाकलाप पुरा गर्न सबैले कम्मर कसौं । समय धेरै छैन, महोत्सव सुरू गर्ने दिन आउन अब ३१ दिनमात्र बाँकी छ ।

रसुवामा पर्यटन वर्षको महोत्सव कसरी भयो जान्नको लागि तलको भिडियो हेर्नुहोला 

पर्यटन वर्ष र लोपोन्मुख संस्कृति

रसुवा खबर वर्ष१, अंक १५, २०६७ साल माघ ८ गते शनिबार
नेपाल पर्यटन वर्ष२०११ ले देशलाई पर्यटकीय विकास र प्रवर्द्धनको गोरेटोमा डोहोर्याई रहेको छ । नेपालका विभिन्न पर्यटकीय स्थलहरूमा पर्यटकीय गतिविधि सञ्चालन भईरहेका हामीले सुनेका छौं । विभिन्न घरेलु हस्तकला, संस्कृति, व्यावसाय तथा पर्यटकीय स्थल र सम्पदाहरूको प्रवर्द्धन भईरहेको पनि हामीले सुनेका छौं । रसुवामा पर्यटन प्रवर्द्धन र विकासका लागि रसुवालीले गर्नुपर्ने धेरै गतिविधिहरू छन् । यहाँका सम्पदाहरूको प्रचार प्रसार र विकास गर्न जिल्लास्तरीय समिति बनेको छ । सो समितिले पर्यटन वर्ष२०११ मा रसुवामा ३० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । रसुवाको पर्यटन विकासका लागि र्सबप्रथम नेपाल पर्यटन बोर्डको ध्यानाकर्षा हुनु आवश्यक छ । तर पर्यटन बोर्ड र रसुवाका पर्यटन व्यावसायी बीचको दूरी ज्यादै टाढा रहेको छ । पर्यटन बोर्डको मुख्यालयबाट रसुवा आसपासमा नै भएपनि यी दुई बीच सामञ्जस्य हुन कुन दिन आउनु पर्ने हो, त्यो थाहा छैन । रसुवाबाट राजधानी झरेका विकासे नेताहरू पर्यटन बोर्डको दैलो टेक्न नसक्नु नै यो दुर्दशा हो भन्ने अड्कल गर्न सकिन्छ ।

रसुवामा पर्यटकको आवागमन हुन थालेपछि सरदर १० हजार पर्यटक वर्षोनी भित्रिरहेका छन् । पर्यटकहरू रसुवामा लामो समय रहनको लागि पर्याप्त पर्यटकीय स्थलहरू छन्, केबल प्रवर्द्धन र विकासको अभाव छ । केही समय अघि धुन्चेस्थित 'लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज' ले पर्यटन वर्षसन् २०११ का सर्न्दर्भमा कार्यक्रम आयोजना गरेको थियो । सायद त्यो नै पहिलो आवाज थियो, रसुवाको सर्न्दर्भमा । त्यतिखेर कार्यक्रममा सहभागी हुने सरोकारवालाहरूले पर्यटकहरू धुन्चेमा नबस्ने, टीआरपीएपीले राखेको बोर्ड हेरेर सिधै स्याप|mुवेसी नै जाने गरेको गुनासो गरेका थिए । सो बोर्ड नै धुन्चेबाट पर्यटक स्याफ्रुवेसी पुर्याउने माध्यम बनिरहेको आभाष उनीहरूले गरेका थिए । तर सँगै धुन्चेको विशेषता झल्कने अर्को बोर्ड पनि राखिएको भए पर्यटकहरू एकरात त्यहाँ बस्थे, त्यसको कुनै प्रारूप तयार गर्न सकिएको छैन । लाङटाङ राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु र वनपस्ति छन् भनेर भनिएको छ । तर त्यसको संग्रह छैन । त्यस्तो एउटा संग्रह भएको भए अवश्य नै पर्यटकहरू धुन्चेमा अलमलिने माध्यम बन्ने थियो । लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज, धुन्चेले सुरूवात गरेको 'गोसाइँकुण्ड सूचना केन्द्र' को दीगो व्यवस्थापन गर्न सकेमा पर्यटकीय विकासकोर् इट्टा थपिने छ ।

अर्को रसुवा तामाङ संस्कृतिका अपार भण्डारभित्र रहेको छ । केही वर्षअघि हामी घोडेपानीमा पुगेका थियौं । घोडेपानी पछिको अर्को गन्तव्य टाडापानी थियो । गुरूङ बस्तीले ढाकेको उक्त क्षेत्रमा विजुली वत्तीको पहुँच थिएन । त्यहाँ हामीले पर्यटकीय विकासको एउटा आधार पायौं । होटल हिमालयमा सबै दिन बेलुकी सांस्कृतिक कार्यक्रम हुने गरेको रहेछ । सो सांस्कृतिक कार्यक्रमको लक्ष्य विजुली वत्ती व्यवस्था गर्नको लागि सहयोग संकलन गर्ने थियो । दिनहुँ सबै होटलमा बस्ने पर्यटकसहित नेपाली गाईड र भरियाहरू आउने गरेका रहेछन् । आमा समूहले गर्ने गरेको उक्त अभियानको निरन्तरता आजभोली छ या छैन, हामी लामो समयदेखि त्यहाँ पुगेका छैनौं ।

अन्नपूर्ण पदयात्राको एक गन्तव्यमा देखिएको उक्त दृश्य रसुवाका धेरै बस्तीहरूमा गर्न सकिन्छ । यूएनडीपीको टीआरपीएपी कार्यक्रम सञ्चालन भएपछि रसुवाको गतलाङलगायतका बस्तीमा संस्कृति देखाउने चलनको विकास भएको छ । एकातिर हाम्रो संस्कृतिको संरक्षण तथा प्रवर्द्धन हुने अर्कोतिर पर्यटक सम्बन्धित बस्तीमा एकदिन भने पनि राख्ने वातावरण बन्ने थियो । हामीले भन्ने गरेका छौं - रसुवा पर्यटकीय तेस्रो गन्तव्य हो । यहाँ धेरै आधारहरू छन् तर पूर्धावार छैन । अन्य पर्यटकीय गन्तव्यभन्दा रसुवाको गन्तव्य राजधानीबाट नजिक रहेको छ । थोरै समय हुनेको लागि पनि रमाईलो गन्तव्य रसुवा हो ।

प्रचार प्रसार र संरक्षणको अभावमा रसुवाको पर्यटकीय सम्भावना लुकिरहेको छ । रसुवाको तामाङ सेलो, तामाङ संस्कृति र सोह्रौं, सत्रौं शताव्दीदेखिको लोकप्रिय बालुन नाँच, छत्रनाँच, गुरूङहरूको मारूनी नाँच आदिमा पर्यटकको मनलाई लोभ्याउन सक्ने दृश्य छ । त्यसैले यस्ता सम्पदाको प्रचार, प्रसार र प्रदर्शन गर्न सके पर्यटकीय विकासको एउटा आधार निर्माण हुने थियो । यसमा संस्कृत्रि्रेमी, रसुवाली पर्यटन व्यावसायी, राजनीतिक दल र नेपाल पर्यटन बोर्डको हातेमालो हुनु अपरिहार्य छ ।

तामाङ संस्कृति, रीतिरिवाज र कला आज पनि संरक्षित अवस्थामा छ तर ब्राम्हण वा अन्य जातीमा रहेका संस्कृति र कला क्रमशः लोप हुने अवस्थामा छन् । तामाङ सम्पदाको संरक्षणमा युवाहरूको सकृय सहभागिता रहेको पाईन्छ भने अन्य जाती वा ब्राम्हण जातीको संस्कृति बालुन, भजन वा छत्र नाँच हराउँदै जान लागेका छन् । खासगरि हिन्दुहरूको संस्कृतिलाई सामन्ती र पुरातनवादको संज्ञा दिने गरेको पाईन्छ । युवाहरूमा संस्कृति संरक्षणको चासो छैन । अहिले प्रौढ अवस्थामा रहेका पुस्ताको देहवसानपछि हिन्दुहरूको संस्कृति ठप्प हुने अनुमान गर्न सकिन्छ । पुर्खाले मानेका संस्कृति कस्तो थियो भन्ने अनुमान आगामी पुस्ताले गर्न पाउलान् कि नपाउलान्, त्यो चिन्तनीय छ । तर आजभोली देखिएका संस्कृतिका दृश्यहरू बिलाउन नपाउँदै डकुमेन्ट्रीको रूपमा संरक्षण गर्न सके पक्कै पनि भोलीका लागि अध्ययन सामग्रीको रूपमा सुरक्षित गर्न सकिनेमा विश्वासको वातावरण सिर्जना गरौं ।

http://www.teampromote.com/page/31lx31yj

पर्यटनमा कति जाला ध्यान ?

रसुवा खबर वर्ष १, अंक २१, २०६७ साल फागुन २१ गते शनिबार
गोसाईकुण्डको चिसो पवित्रता, लाङटाङ हिमालको अटल्ल दृश्य तथा जंगलका लालीगुँरासको फक्रनले रसुवालाई अझै विशाल बनाउँछ । यही रसुवाको पर्यटकीय क्षेत्रको रोजगारबाट धेरै मानिसले लाभ पाईरहेका छन् । मुलुकमा सबै सो पर्यटकीय क्षेत्रको सञ्चार माध्यममा प्रचारप्रसार भईरहँदा रसुवाको दृश्य अझै कुहिरोभित्रै लुकामारी गरिरहेको छ । पर्यटन वर्ष२०११ को तयारीको लागि लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज, धुन्चेले २०६७ भदौमा कार्यक्रम आयोजना गरेको थियो । जिविसको परिषदमा कुनै पनि निकायबाट पर्यटन सम्बन्धि कार्यक्रम माग नभएको कारण बजेट नछुट्टयाइएको जिल्ला विकास समितिले बताएको थियो ।


गतवर्षको परिषदमा ५० हजार पाएको पर्यटन क्षेत्रले यसवर्षकति पाउला ? जिल्ला परिषदका पार्श्वदहरूमा पर्यटन वर्षको चित्र कोरिएको होला ! त्यसैमा भर पर्छ । पर्यटन वर्ष सम्पन्न गर्न बनेको समितिले पक्कै पनि जिल्ला परिषदमा कार्यक्रम पेश गर्न तयार रहनेछ । जिल्ला विकास समिति पक्कै योजनाको अभावमा पर्ने छैन । आवश्यकतालाई अध्ययन गरी जिविस रसुवाले योजना प्राथमिकीकरण गर्न सक्दछ । राजनीतिक दल, सरकारी निकाय, गैसस, स्थानीयबासी सबैको योगदानमा रसुवा पर्यटन महोत्सव आयोजना हुनु नै पर्यटकीय विकास गर्न आधार निर्माण गर्नु हो । रसुवाका प्राकृतिक सम्पदाको विकास तथा प्रचारप्रसारको लागि योजना तय हुनु आवश्यक छ । समय समयमा आउने गरेका यस्ता वर्षरूमा रसुवा पछाडि नै परिरहेको छ । नेपाल भ्रमण वर्ष१९९८ मा रसुवामा कस्ता पर्यटन महोत्सव भए त्यसको अनुभव छैन मसँग तर २०६२ मा गरिएको 'लाङटाङ महोत्सव' मनाएको दृश्य भने छ । 'लाङटाङ महोत्सव' मनाउँदा धुन्चेमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो तर ठूलोस्याफ्रुमा महोत्सवको प्रभाव पर्न सकेन । तामाङ हेरिटेज ट्रेलमा राम्रा गतिविधि भएको खबर पनि सुन्न र देख्न पाईएको थियो । रसुवामा प्रत्येक वर्ष१० हजार पर्यटक भित्रिने गरेका छन् । पर्यटन वर्षमा ३० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । ३० हजार पर्यटक कहिलदेखि हिशाब गरिने हुन् र कहिलेसम्म ? ३० हजार पर्यटकको लागि आवश्यक पूर्वाधार बासको व्यवस्थामा अभाव हुनेछ । होमस्टेमा पर्यटकलाई सेवा पुर्याउनको लागि पनि अभ्यास भएका होलान् कि ? होमस्टेको अवधारणा धुन्चे, स्याफ्रु ठूलोस्याफ्रु र तामाङ हेरिटेज ट्रेलमा प्रयोग गर्न सकिन्छ, तर चन्दनबारी, लौरिविना र गोसाईकुण्डमा कुन् अवधारणा खडा गरेर सेवा पुर्याउने हो, अप्ठ्यारो छ । घरको नाममा ४/४ वटा होटलभन्दा अरू ओत लाग्ने ठाउँ कतै छैन यी तीनै ठाउँमा । १० हजार मात्र पर्यटक आउँदा पनि कहिलेकाहीँ पर्यटकले बस्ने ठाउँ नपाएको हामीले देखेका छौं । जिल्ला विकास समितिको आगामी २५ गते बस्ने परिषदले पर्यटन वर्षमनाउन तयारी पनि गर्नेछ भन्ने आशावादी रहन सकिन्छ ।

रसुवा उद्योग वाणिज्य संघ, राजनीतिक दल, लाङटाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र सहयोग आयोजना, उद्योगी, व्यापारी, नागरिक समाज, गैससहरू, सरकारी निकायका सबैका कार्यक्रममार् पर्यटन विकासका कृयाकलाप रहेमा मात्र पर्यटन वर्षसफल बनाउन सकिन्छ । पर्यटन वर्ष सुरू भएको दुई महिना बितिसक्यो, पर्यटकका लागि आवश्यक पूर्वाधार र रसुवाका सम्पदासँगको पहिचान विस्तार गर्नका लागि योजनाले यसवर्षप्राथमिकता पाउनेछ । विशेष गरी राजनीतिक दलहरूको भागवण्डामा रहेको जिविस परिषद यीलगायतका वातावरण संरक्षणका एजेण्डाहरूमा केन्द्रित रहनुपर्छ। भौतिक पूर्वाधारलाई भन्दा संरक्षणको पाटोलाई परिषदले अँगाल्नु पर्दछ ।

अग्ला टाकुराका होचा मनहरू

प्रलयका उथलपुथलले ठडिएका अग्ला चुचुराहरूका आसपासमा अवस्थित लाङटाङ उपत्यकाले इतिहाँसदेखि नै एक हुल भोट बर्मेलीलाई आश्रय दिइरहेको छ । विश्व मानचित्रमा सुकिला हिउँका पगरी गुथेर पर्यटकलाई निम्त्याइरहेको लाङटाङ, धारिला भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, मार्गको आसपासमा मृत्यु पर्यन्तको सम्झना स्वरूप बनाइने क्षुर्र्तेनहरू, देउराली, गुम्बा, कतै अलग अलग र कतै झुरूप्प गाँजिएका बस्तीहरू, आलु, फापर, जडिबुटी, लोपोन्मुख चराचुरूङ्गी र चौरी गाईको आश्रयस्थल, अतिथि सत्कारमा जुटिरहने लाङटाङ्गेलीका चोखो मनसँगै आफ्नो प्रतिष्ठा उच्च बनाएर गगन चुमुलाझैं ठडिरहेछ लाङटाङ हिमाल ।


बिकट कन्दारामा जीविकोपार्जन गर्दै आएका लाङटाङ्गेली मनहरू हिउँ जत्तिकै स्वच्छ र पवित्रताका चिनारी हुन् । देशी, परदेशी पर्यटकहरूलाई स्वागत र सम्मान गर्न दशकौंदेखि हिउँ ओढेर कुरिरहेका छन् उनीहरू । हिमालपारिका तिनै मृदुभाषीका सत्कारको परिणामले हुनसक्छ - त्यहाँका बालबालिका र युवाको भविष्य निकै उज्ज्वल भइरहेको छ । तिनै विदेशी पर्यटकको सहयोगमा प्रत्येक घर वा होटलका बालबालिकाहरूको भाग्यरेखा लम्बिदै छ । काठमाडौंका गुणस्तरीय पाठशालामा अध्ययनदेखि लिएर उनीहरूले आयआर्जनका निमित्त विदेशी भूमिमा पनि प्रवेश गर्ने अवसर पाएका छन् ।

जीविकोपार्जनको मुख्य स्रोत बनेको विदेशीको आवागमन पहिलाभन्दा अलि साँघुरिएको अनुभूति गर्छन् उनीहरू । चोखो मनको उच्च प्रतिष्ठासँगै पर्यटकको संख्या घटेको कारण अस्वस्थ प्रतिस्पर्धा पनि उब्जिन लागेको छ यहाँ । एउटा होटलका पर्यटक अर्कोमा पुगे विभिन्न भनाई राख्दै आफूतिर तान्ने प्रयत्नमा हुन्छन् । अर्का व्यवसायीका ग्राहकलाई आँखा छलेर उपर्युक्त कमिसनका कुरा पनि गर्न पछि पर्दैनन् उनीहरू ।

भाग्यरेखा कोर्ने माध्यम बनेको विदेशीको सहयोगले फरक रूप धारण गरेको छ । आफ्नोमा आएको विदेशी अन्यन्त्र नजाओस् भनेर पनि बढी सत्कार हुने गरेको पाईन्छ यहाँ । आफ्नो सर्म्पर्कमा आएका पर्यटकहरूले अरुलाई सहयोग नगरून् भन्ने अलि संकीर्ण विचारमा फसेका छन् ती पवित्र मनहरू । हज्जारौं राम्रा मनभित्रको यो साँघुरिएको विचारले समाजमा विखलन, कुविचार र आडम्बरिताको उदाहरण देखाइरहेको छ । आफूमात्रै खाउँ र अवसरको उपभोग आफ्ना लागि मात्र सिमित गरौं भन्ने धुर्त्याइपूर्ण सोचको निरन्तरता हुन सक्दछ यी साँघुरा र होचा सोचाइहरू । टाढाबाट समाज सेवा गर्ने परोपकारका भाव बोकेर आएका ती दाताहरूले त्यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक आदि अवस्थाको जानकारी लिई जीविकोपार्जनका माध्यमको साधनहरूको बारेमा पनि अध्ययन, अवलोकन गरी त्यसबाट निस्केको निष्कर्षस्वरूप आफ्ना भावी योजनाहरू तय गरी सहयोगका हात उठाउन सक्दछ । तर यदि हामीले आफू र आफ्नो परिवारभन्दा बाहेक उनीहरूले राखेका जिज्ञासाको कुनैपनि उत्तर नदिनु भने त्यो अध्यारो कुनामा राखेर लिएको एकान्त अन्तर्वार्ता जस्तो हुन पुग्दछ । त्यसकारण दिल फुकाएर, मष्तिष्क उघारेर होचा मनहरूलाई सभ्यताको चुचुरोसम्म अग्ल्याउने मनसायले उदारवादी धारणाको प्रस्तुति गर्न सक्नु पर्दछ ।

स्थानीयस्तरमा विदेशीहरूले गरेको लगानीको सदुपयोग त्यति औचित्यपूर्ण रहेको पाइदैन । ठूलो लगानीमा चिटिक्क पारेर बनाइएका विद्यालयहरूमा न शिक्षकको उपस्थिति छ न त विद्यार्थीको नै । समुदायले विद्यार्थी भए पनि नभए पनि विद्यालय खुले नखुलेको कहिल्यै वास्ता गर्ने गरेको पाइँदैन । विद्यालयमा विद्यार्थीहरूको उपस्थिति गराउन प्रेरणा दिनु, र्सार्वजनिक सम्पत्तिको सरसफाइ र व्यवस्थापनमा उचित ध्यान दिनुको सट्टा घर पालुवा पशुहरू छोड्ने गरेकाले 'भिल्ललाई मणिको महत्व नभएझैं' अभिभावकले विद्यालयको महत्व बुझ्न नसकेको देखिन्छ । तर्सथ आफ्नै आँगनमा बनेको विद्यालयमा पढ्ने विद्यार्थीलाई विदेशीको सहयोग पाउनासाथ टाढा पुर्‍याउने खालका सोचले ग्रामीण शैक्षिक विकासको ढोका कहिल्यै नउघारिने बुझनु आवश्यक छ । आफ्नामा आएका पर्यटक अरूले बिगार्छन् कि भन्ने सोचले अन्यन्त्र जान नदिनु, अरुसँग बोल्न नदिनु नै होचा मन हुन् । पर्यटकीय स्वतन्त्रताको प्रत्याभूति गराउँदै यी होचा र साँघुरा मनहरूलाई लाङटाङको चुली वा चेर्कोरीको आम्नेसाम्नेमा पुर्‍याउनु नै यस क्षेत्रको दिगो विकास हो ।

पर्यटन वर्षमा तामाङ संस्कृतिको व्यापक प्रचारप्रसार गर्नुपर्छ

युवराज मैनाली, सहायक प्रमुख जिल्ला अधिकारी, रसुवा
वर्ष १, अंक १७, २०६७ साल मँघ २२ गते शनिबार ९ रसुवा खबर
काभ्रेपलाञ्चोक जिल्ला, कानपूर गाविस, वडा नं १ मा पिता स्व. केदारनाथ र माता स्व. रेवती मैनालीको कोखबाट वि.सं २०१७ साल चैत्र १० गते जन्मिएका युवराज मैनाली हाल जिल्ला प्रशासन कार्यालय रसुवामा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्छ । एम एसम्मको अध्ययन गर्नुभएका मैनाली साहित्यमा रूची राख्नुहुन्छ । विशेष गरी काव्यको समालोचना गर्न मन पराउने मैनाली रसुवाका जनतालाई सेवाग्राही भन्दा एकै परिवारको सदस्य बराबरको सम्बन्ध रहेको बताउनुहुन्छ । साहित्यका क्षेत्रमा विविध काव्य लेखन तथा प्रकाशन पनि गरिसक्नुभएका मैनालीसँग रसुवाको सेरोफेरोमा रहेर रसुवा खबर साप्ताहिकले कुराकानी गरेको छ । प्रस्तुत छ मैनाली र यस साप्ताहिकका प्रेमप्रसाद पौडेल बीच भएको कुराकानीको सार संक्षेप :

निजामति सेवामा कहिलेबाट प्रवेश गर्नुभयो र रसुवामा कहिलेबाट ?
विसं २०३७ साल मंसीर १९ गते म निजामति सेवामा प्रवेश गरेको हुँ । त्यतिखेर निजमति किताबखानाको खरिदार भएर सुरू गरेको हुँ । रसुवामा २०६५ चैत्र २६ गतेबाट कार्यरत छु ।


रसुवाको जनताको सेवा गर्दै रसुवालाई नजिकबाट नियालिरहनु भएको छ, विविध विषयमा सम्भावना हुँदाहुँदै पनि रसुवामा किन विकास हुन सकेन ?
रसुवा मात्र हैन नेपालभरि नै अहिले यस्तै छ । संक्रमणकाल भएको कारण विकास हुन सकेको छैन । स्थायी सरकार नहुनु, विशेष गरी जन प्रतिनिधि नभएका कारण जिल्लाको विकास हुन नसकेको हो । अर्को कुरा रसुवाका जनता वा अगुवाहरूमा विकासप्रतिको चाहना ज्यादै न्यून भएको मैले महशुस गरेको छु ।

रसुवाको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
म रसुवामा आएको दुई वर्ष भयो । कतै कतै छिटफिट घटनाहरू भएका छन्, नभएका हैनन् । केही घटनाहरू घट्दा म नै जिल्लामा सहायक प्रजिअको रूपमा रहेको छु । र मैले त्यस्ता घटनाहरू घट्दा राजनीतिक दललगायतसँग समन्वय गरी सरल र सहज तरीकाले समाधान गर्ने प्रयत्न गरेको छु । तर अरू जिल्लाको तुलनामा रसुवाको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख छ । जिल्लामा शान्ति समिति निस्कृय छ नि किन ?
सबैभन्दा ठूलो असर राष्ट्रिय राजनीतिको पर्दो रहेछ । तर प्रशासनिक हिशावले हामीले समन्वय गर्ने काम गरिरहेका छौं । राजनीतिक असरका कारण शान्ति समिति निस्कृय भइरहेको छ ।

रसुवाको विकासका सूचकहरू के के हुन् ?
र्सबप्रथम रसुवा जलस्रोतमा धनी छ, जलस्रोतको अपार सम्भावना छ । चिलिमे जलविद्युत, साञ्जेन, रसुवागढी, त्रिशूली ३ जस्ता धेरै जलविद्युतका सम्भावना रहेका छन् । दोस्रो पर्यटकीय क्षेत्र लाङटाङ, गोसाइँकुण्ड पदयात्रा, तामाङ हेरिटेज ट्रेल जस्ता अन्तरराष्ट्रिय पर्यटकीय मार्ग पनि रसुवाको विकासको सूचक हो । जडिबुटी खेतीको पनि यहाँ धेरै सम्भावना रहेको छ । अर्को रसुवागढी नाका विकास हुँदा रसुवाको भविष्य उज्ज्वल छ । धार्मिक पर्यटनका विकासको लागि गोसाइँकुण्ड तीर्थयात्रा, यहाँका तामाङ सम्पदा र संस्कृति पनि रसुवाको विकासको सूचक हो ।

भारत र चीन जोड्ने सबैभन्दा छोटो नाका रुवागढी नाका बनिरहँदा रसुवाको भविष्य कस्तो छ ?
चीनले विश्वमा नै औद्योगिक व्यापारको सुरूवात गरिरहेको छ । भारत वा अन्य मुलुकमा उत्पादित सामग्री ढुवानीका लागि दक्षिण एसियाकै सबैभन्दा छोटो नाका रसुवागढी भएकोले यहाँ धेरै आर्थिक विकास गर्न सकिने सम्भावना रहेको छ । रसुवागढी नाका र रसुवालीको भविष्य जोडिएको छ ।

रसुवागढी नाकामा भन्सारको समस्या र राजस्व चुहावटको गुनासो आईरहेको छ, त्यहाँ सुशासन कायम गर्न प्रशासनको कस्तो भूमिका रहेको छ ?
खासै अहिले व्यापार चलेको छैन, सुरूवात मात्र भएको छ । अलिअलि भन्सार छलेर सामान ल्याईरहेका छन् भन्ने पनि गुनासो त आईरहेको छ । अनि स्याफ्रुबेशीमा सारिएको भन्सारलाई रसुवागढी सार्न हामीले सल्लाह दिएका छौं । त्यहाँ शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यलयले भरसक्य प्रयत्न गरिरहेको छ ।

पर्यटन वर्ष२०११ सफल बनाउन रसुवामा के के गर्नु पर्छ ?
सरसफाई र संस्कृतिलगायत पर्यटकलाई आकषिर्त गर्ने विषयवस्तुको व्यापक प्रचारप्रसार गर्नुपर्छ । विशेष गरी रसुवाको तामाङ संस्कृति र भेषभूषाको प्रचारप्रसार र रसुवाली संस्कृतिको डकुमेन्ट्री बनाएर प्रचारप्रसार गर्न सके पर्यटकीय विकासबाट आर्थिक विकास पनि गर्न सकिन्छ । त्यसैले पर्यटन वर्षसफल बनाउन यस्ता विषयमा ध्यान दिनु पर्छ, रसुवामा पर्यटन वर्ष२०११ सफल पार्न सबैलाई अनुरोध गर्दछु ।

साहित्य क्षेत्रमा पनि तपाइँको रूची छ, कति कृति प्रकाशन गर्नुभयो ?
मैले २०३५ सालदेखि साहित्य सिर्जनाको सुरूवात गरें । २०३७ मा मैले पहिलो कथा संग्रह मुर्दा बोल्यो प्रकाशन गरेको हुँ । बालकृष्ण सम, बाङ्देल, विजय मल्ल, पारिजात, सिद्धिचरण श्रेष्ठ, रमेश विकललगायतका स्रष्टाका सिर्जनाको समालोचना संग्रह केही 'प्रतिभा केही प्रवृति' प्रकाशन गरें । भ्रष्टाचारको भाङ कविता संग्रह पनि राम्रो भएको कृति हो र म अहिले बालकृष्ण समको नाटक प्रल्हादको विश्लेषणात्कम समालोचना प्रल्हादमा परिलक्षित मानव भन्ने कृति प्रकाशन गर्दैछु । पुरानादेखि नयाँ साहित्यकारसम्मका कृतिलाई समालोचना गरी 'समालोचनाको आँखीझयाल' भन्ने बृहत समालोचना संग्रह लेख्दैछु ।

अन्तमा रसुवा खबरमार्फ रसुवालीलाई के सन्देश दिन चाहनुहुन्छ ?
र्सबप्रथम त रसुवाको विकास गरी रसुवा माथि उठाउनको लागि मन वचन र कर्मले लागौं भन्न चाहन्छु । अर्को कुरा शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गर्दछु । रसुवाली जनतासँग मेरो प्रशासक र सेवाग्राही भन्दा पनि पनि एकै परिवार सदस्यको जस्तो नाता छ । रसुवासँग मेरो प्रीति बसेको छ । रसुवाको पहिलो एक मात्र साप्ताहिक रूपमा निस्कने पत्रिका मार्फ सम्पूर्ण रसुवालीलाई शान्ति, सम्बृद्धि र विकासको पाटोमा अघि बढ्न अनुरोध गर्दछु ।

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com