रसुवाको धनात्मक र ऋणात्मक कलाभित्र दुर्कला

रसुवा खबर वर्ष १ अंक ३३ , २०६८  जेठ १४ गते, शनिबार

विकासको दौडमा कतै सहभागी जस्तो र  कतै असभागी जस्तो देखिएको राजधानीबाट निकट रसुवाले कतै धनात्मक कला बोकेको छ त कतै ऋणात्मक कला । धनात्मक र ऋणात्मक कलाभित्र  रसुवामा  अर्कै खालको कला दुर्कला  पनि छ ।

प्राकृतिक, पर्यटकीय, ऐतिहाँसिक, धार्मिक, भौगोलिक र सांस्कृतिक सम्पदाको महàवले रसुवालाई धनात्मक कला प्रदान गरेको छ । अशिक्षा, बेरोजगार र भू प्रकोपले रसुवालाई ऋणात्मक कला दिएको छ । त्रिशूली, गल्छी, स्याफ्रुवेसी, रसुवागढीसम्मको अन्तर्रास्ट्रिय मार्गले रसुवालीको भाग्यलाई दिशानिर्देश गरिरहँदा रसुवागढीले अझै ऐतिहाँसिक महत्व बोकेको  छ र यो रसुवालीको पहिचान हो  भनेर सबैले भनिरहेका छौं, यसमा सबैको सहमति छ । त्यही सहमतिसँगै हामी कतै रहर र बाध्यताले त कतै लहैलहैले रसुवाको विकासमा सहभागी भइरहेका छौं ।

यसरी अत्यन्त महत्व बोकेको त्यही ऐतिहाँसिक स्थल भनौं या अन्तर्रास्ट्रिय मर्ग रसुवागढी नाकासँग अहिले धनात्मक वा ऋणात्मक भन्दा बेग्लै रूपको दुर्कला जोडिएको छ । यही नाकाले केही दिन अघि  रक्तचन्दनको अवैध व्यापार गर्यो । धनात्मक कलाको हिशावले हेर्दा त यहाँ धेरै धन आर्जन भएको होला, तर धनात्मक वा ऋणात्मक कला जे भएपनि अवैध व्यापारका कारण रसुवामा दुर्कलाले प्रश्रय पाएको छ । र्सवत्र सुरक्षा निकायको बीचबाट जाने अवैध वस्तुले धेरै नगद खर्चेको छ र धेरैको मुखमा बुझो लगाएको छ भनेर र्सवसाधारणले भनिरहेका छन् ।

केही समय अघि जिविसको बजेट र्सार्वजनिक गर्दा सभासद प्रेम तामाङले पनि अहिले भएको दर्ुकलाको सम्भावना बढेको बताएका थिए । सिन्धुपाल्चोकको तातोपानीमा हुने गरेको तस्करको विकल्प रसुवागढी बन्दै गरेको र बन्नु हुँदैन भन्दै यसको विरूद्धमा सञ्चारकर्मीले कलम चलाउन पर्नेमा सभासदको जोडसँगै रसुवा खबरले उक्त दुर्कलाको  सम्पादकीय समेत् लेख्नु पर्यो ।

पहिलेदेखि नै रक्तचन्दन जस्तो अवैध मानिएको वस्तुको चोरी पैठारी हुने गरेको थियो यहाँबाट । केही वर्षघि रक्तचन्दन ट्रकका ट्रक खोसिएको पनि थियो तर आजभोलि खोस्ने मान्छेहरू कता गए - सायद उनीहरू पनि कतै नगद नारायणको लेनदेनमा त सहभागी भएनन् ?

अवैध व्यापार कसरी हुन्छ भन्ने कुरामा सबैले शंका गर्छन् । रसुवाको यात्रामा आएका सबैले यसको महसुस गर्छन् । सवारी साधनको अपर्याप्तता रहेको कारण हामीहरू डरलाग्दा भीर पहरामा कठिनपूर्ण बसको छतमा यात्रा गरिरहेका छौं । जति कठिन भएपनि सुरक्षाकर्मीको अगाडि छतबाट ओर्लेर हामीले सभ्यता देखाइरहेका पनि छौं । राज्यको कानूनलाई मानेका हौं कि सुरक्षाकर्मीको आज्ञालाई मानेका हौं अथवा यी दुबै हो भन्न पनि सकिन्छ । अर्कोतिरबाट हेर्दा सुरक्षाकर्मीले जिम्मेवारी पुरा गरेका हुन् पनि भन्न सकिन्छ । बसको छतबाट जसरी यात्रुहरू ओरालिन्छन् , त्यसरी नै रक्तचन्दनका ठेउकाहरू किन ओरालिदैनन् - यो गम्भीर प्रश्न सुरक्षाकर्मीलाई जनताले गरिरहेका छन् ।

बसमा यात्रा गरेका यात्रुहरूले बोकेको हातेझोला पनि खोलेर हेर्छन्  सुरक्षाकर्मीहरू । आफ्नो नियमित काममा हिंडेका कुनाकन्दराका सामान्य मान्छेहरूले सानो झोलामा के ल्याएको छ भनेर सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले थाहा पाउँछन्, तर ट्रकमा आएको  ६ टन रक्तचन्दनका ठेउकाहरू सुरक्षाकर्मीले देखेनन् । हुन त देख्नलाई पनि माथिको आदेश आउनु पर्ने होला । सुरक्षाकर्मीलाई प्रश्न गरे 'यात्रुलाई ओराल भने ओराल्यौं, तर रक्त चन्दन ओराल्न भनेका छैनन् त्यसैले ओरालेनौं' भन्न बेर लाउदैनन् कि जस्तो लाग्छ यो पंक्तिकारलाई ।  चोरी निकासीका मामलामा सुरक्षाका प्रमुखहरू आफैं मुछिएका छन् भन्ने आरोप हिजोदेखि लाग्दै आएको छ । भारतको रक्तचन्दन मात्र नभई रसुवाकै धूपीलगायतका बहुमूल्य वन पैदावार चोरी पैठारीमा जिम्मेवार निकायको नै संलग्नता हुने गरेको समाचार पनि पढ्न पाएका छौं । त्यस्तै व्यवहारका कारण हुन सक्छ आज रसुवागढी नाकाले रसुवालीको भाग्य चम्किलो हैन धमिलो बनाएको छ ।

यस्तो भयो भनेर भन्नुभन्दा पनि अब कसरी रोक्ने भन्ने विषय महत्वपूर्ण रहेको छ । हुन त हिजोको कार्यको सम्पादन मापन गर्न नसके विकासको कुनै पनि चुरो चुम्न सकिदैन । सुरक्षाकर्मी र प्रशासनिक निकायको सहयोग विना अवैध व्यापार गर्न पनि सक्दैन र रोक्न पनि सकिदैन । देश र जनतालाई सुरक्षा दिन खटिएका सुरक्षाकर्मी वा तिनका निकायबाट जिम्मेवारीपर्ूवक वा देशले दिएको कार्यभार पुरा गर्न नसक्दा नै यी र यस्ता खालका अवैध क्रियाकलाप हुन्छन् । त्यसैले यात्रुलाई छतबाट ओराल्नुभन्दा पनि अवैध व्यापार रोक्न सुरक्षा निकाय तत्पर रहनुपर्र्छ । फेरि अन्यथा नहोस् बसबाट ओराल्न मिल्दैन भनिएको भने हैन ।

तस्कर जहाँको मान्छेले गरेपनि रोक्नको लागि मुख्य केन्द्र रसुवामा छ । कुन् र कहाँको तस्करले अवैधानिक तवरले कार्य गर्यो भन्दापनि अवैधानिक वस्तुको आयात निर्यात नरोकेर सुरक्षा निकायले झन तस्कर गरेको छ । जडिबुटीजन्य वन पैदावारको संरक्षण वा जैविक विविधता संरक्षणको नारा लाङटाङ राष्ट्रिय निकुञ्जले लगाइरहँदा रक्तचन्दनलगायतका स्थानीय वा बाहृय अवैध काठ व्यापारलाई रोक्न चासो किन देखाउँदैन त - निकुञ्ज, वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयलगायतका निकायहरू जिम्मेवार भएमा तस्कर रोक्न सकिन्छ । तस्करभन्दा पनि रोक्नको लागि खटिएका निकायले नरोक्नु ती निकायहरू 'खबरभित्रको खबर' भनेझैं 'तस्करभित्रको तस्कर' हुन् । एकातिर जनता अन्याय भएको तर प्रशासन र सुरक्षा निकायले चासो नदिएको भनिरहँदा र अर्कोतिर सबैको मिलेमतोमा अवैध व्यापार भयो भनिरहँदा जिम्मेवार निकायले रोकथामका लागि कडाई नगर्नु वा उत्तर समेत् नदिनु बिडम्बना हो ।


Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com