रसुवा गाउँपालिका र अवसर

रसुवा जिल्ला पुनर्संरचनाका क्रममा विवादित बन्यो । सम्पूर्ण जिल्लालाई तीन गाउँ पालिकामा पुनर्संरचना गर्ने भन्ने पुनर्संरचना आयोगको कार्यविधि अनुसार पुनर्संरचनाका लागि जिल्लाले सिमाङ्कन गर्दा सदरमुकाममा झडप सिर्जना भएको थियो । सो विवाद पश्चात आयोगको नयाँ कार्यविधि अनुसार पुनः तीनदेखि पाँच गाउँ पालिका निर्माण गर्न सकिने भएपछि जिल्लामा रहेका राजनीतिक दल तथा सरकारी निकायबाट पाँचवटा गाउँ पालिकामा रसुवालाई पुनर्संरचना गर्न सिफारिस गरी पठाए । सोही अनुरूप रसुवामा ५ वटा गाउँपालिकाको निर्माण भएको छ । 

 ( जलविद्युत, पर्यटन, रसुवागढी नाका तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका वरपर रहेका दुर्लभ पशुपंक्षी, जैविक विविधता, जडिबुटी खेती, कृषि पर्यटन तथा उत्पादित वस्तुका बजारीकरणको माध्यमबाट रसुवाका  गाउँ पालिकाहरूको विकास गर्ने सम्भावना रहेको छ ।  सम्मृद्ध गाउँ पालिका निर्माण गर्न प्रशस्त पूर्वाधारहरू रहेका छन् मात्र छ पवित्र र इमान्दार प्रयासको खाँचो ।)

धेरै वर्षदेखि पर्यटन पूर्वाधारको हिशावले नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रसुवा अर्थात लाङटाङ क्षेत्रले आफ्नो पहिचान बनाइरहेको छ । पछिल्लो समयमा जलविद्युत विकासका हिशावले पनि रसुवाले पहिचान स्थापित गराउँदै छ र रसुवागढी नाकाको विकाससँगै रसुवाले ठूलाठूला दुई देश चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तार गर्न प्रयत्नशील छ ।  त्यससँगै रसुवाले कृषि क्षेत्र (जडिबुटी, तरकारी र पशुपालन) मा पनि सहभागिता जनाउँदै आएको छ । यी विविध सम्भावनासँगै  पाँच गाउँ पालिका अन्र्तगत रहेका विकासका सम्भावनालाई यहाँ चर्चा गर्न खोजिएको छ । 

 गाउँ पालिका (एक) : पार्वतीकुण्ड गाउँ पालिका यस गाउँ पालिका अन्तर्गत गतलाङ, गोज्जुङ, चिलिमे र हाकु गाविसको वडा नं १ देखि ७ सम्मका वस्तीहरू समावेस गरिएको छ । जसको केन्द्र गोल्जुङ रहेको छ । यस गाउँ पालिकामा तामाङ सम्पदा मार्ग अर्थात् ग्रामीण पर्यटनका पूर्वाधारहरू रहेका छन् र वर्षेनी आन्तरिक तथा वाह्य पर्यटककौ आवागमन भइरहेको छ । गणेश हिमाल, साञ्जेन हिमाल, पाल्दोरपिक जस्ता हिमाल तथा धार्मिक र पर्यटकीय स्थल पार्वतीकुण्डका कारण यहाँ दीगो पर्यटन व्यावसाय सञ्चालन गर्न सकिन्छ । विनाशकारी भुकम्पका कारण आयुर्वेदिक उपचारको स्थल तातोपानी कुण्डमा क्षति पुगेको छ । यसको उचित संरक्षण गर्न सकेमा आर्थिक समृद्धिमा यसले टेवा पु¥याउँदछ । यहाँ परम्परागत शैलीका घरहरू, मानी, छुर्तेन र गुम्बाहरू रहेका छन् । नाकथली जस्तो रमणीय दृश्यावलोकन गर्ने स्थलहरू यहाँ प्रशस्तै छन् । त्रिशूली करिडोरसँगै यो पालिका सञ्चालित चिलिमे जलविद्युत आयोजना (२२ मे.वा.), निर्माणाधिन माथिल्लो साञ्जेन (१४.८ मे.वा.), तल्लो साञ्जेन (४२.५ मे.वा.), तथा निर्माणका लागि सर्भे सम्पन्न सालासुङ्गी (७८ मे.वा.) जस्ता आयोजनाहरूको प्रभावित क्षेत्र पनि हो । चिराईतोलगायतका विभिन्न जडिबुटी खेतीबाट पनि यहाँका जनताले जीविकोपार्जनमा उल्लेखनीय सुधार गरिरहेका छन् । यस क्षेत्रमा विविध ग्रामीण कृषि सडकसँगै पासाङल्हामु राजमार्ग तथा सोमदाङ सडक फैलिएको छ । प्राथमिक तथा निम्न माध्यमिक विद्यालय बाहेक यहाँको शैक्षिक उन्नयनका लागि पार्वतीकुण्ड उमावि, नेरामावि, गतलाङ प्रमुख हो ।

गाउँ पालिका (दुई) : गोसाइँकुण्ड गाउँ पालिका सदरमुकाम धुन्चेलगायत स्याफ्रु, बृद्धिम, टिमुरे, थुमन र लाङटाङ गाविसहरू यस गाउँ पालिकामा समावेश गरिएको  छ ।  जसको पालिका केन्द्र स्याफ्रुवेसी रहेको  छ । यो गाउँ पालिकाअन्तर्गत  नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ भ्याली, गोसाइँकुण्डलगायतका कुण्डहरूमा वर्षैभरि देश तथा विदेशबाट हज्जारौं पर्यटकहरू आउने गर्दछन् । जसबाट व्यावसायिक विकास भइरहको छ ।  परम्परागत तथा ऐतिहाँसिक स्थलहरू मानी, छुर्तेन, गुम्बाहरू, हिमाल, तालतलैया, जैविक विविधता, वनस्पति, जीवजन्तु आदि यस क्षेत्रका मुख्य आकर्षण हुन् । बृद्धिम र टिमुरे अन्तर्गत हेका दुधकुण्ड र रिभरकुण्ड पनि यस क्षेत्रको विकासोन्मुख अर्को पर्यटकीय क्षेत्र हो । विभिन्न जैविक तथा प्राकृतिक छटाले पूर्ण यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिहरू रहेका छन् । यस गाउँ पालिका अन्तर्गत निर्माणाधिन रसुवागढी सुख्खा बन्दरगाह रहेको छ । व्यापारिक नाकासँगै विविध विषयहरू पुर्खासँगको इतिहाँस, अंशुवर्माकी छोरी भृकुटी घर माइती गर्दा यही बाटो प्रयोग गर्ने गरेको किंवदन्तीका कारण पनि यस क्षेत्रले आफ्नो पहिचान स्थापित गरिरहेको छ । त्रिशूली करिडोरसँग जोडिदैं निर्माणाधिन रसुवागढी जलविद्युत आयोजना (१११ मे.वा.) त्रिशूली एक (२१६ मे.वा.) लाङटाङ खोला (१० मे.वा.) शहिद दीक्षा (४ मे.वा.) र सञ्चालित चिलिमे जलविद्युत आयोजना (२२ मे.वा.) को प्रभावित क्षेत्र हो । यस क्षेत्रमा जडिबुटी खेती उत्पादन तथा प्रवद्र्धन भइरहको छ । यस पालिकामा पासाङल्हामु राजमार्गसँगै विभिन्न कृषि सडकहरू रहेका छन् । शैक्षिक विकासका लागि प्राथमिक र निम्न माध्यमिक बाहेक रसुवा क्याम्पस, श्यामेवाङफेल क्याम्पस यहाँको प्रमुख विद्यालयहरू हुन् । 

गाउँ पालिका (तीन) : कालिका गाउँ पालिका - धैबुङ, राम्चे, लहरेपौवाको ८ नं वडा तथा भोर्लेका १, , , ८ र ९ वडा समावेस गरी कालिकास्थान केन्द्र रहेको छ । जुन् क्षेत्रमा कृषि उत्पादन तुलनात्मक रूपमा बढी रहेको पाइन्छ । त्रिशूली करिडोरसँगै फलाखु खोला जलविद्युत आयोजना (१३.५ मे.वा.) को प्रभावित क्षेत्र हो । यहाँ पर्यटन पूर्वाधार निर्माण नभएको भए पनि नौकुण्ड गाउँ पालिकासँग जोडेर पार्वतीकुण्ड गाउँ पालिकामा जस्तै ग्रामीण पर्यटनका पूर्वाधारहरू विकास गर्न सकिन्छ । यस क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विविध जैविक र प्राकृतिक सम्पदाहरू रहेका छन् । धैबुङ चित्रकालिका, नीलकण्ठ वा जलेश्वर महादेव, ज्वालामुखी भूमे जस्ता धार्मिक स्थलहरू, पृथ्वीनारायण शाहले राज्य एकीकरण वा  तिव्वतसँग ऐतिहाँसिक युद्ध हुँदा  धैबुङकोट (अहिले छैन) तथा यस वरपरका स्थलहरूको महत्व झल्केको पाइन्छ ।  शैक्षिक विकासका लागि प्राथमिक र नीजि विद्यालय बाहेक कालिका हिमालय क्याम्पस, नीलकण्ठ नमूना मावि, सेतीदेवी मावि प्रमुख विद्यालयहरू हुन् ।

गाउँ पालिका (चार) : नौकुण्ड गाउँ पालिका सरमथली, यार्सा र भोर्लेका २,,,५ र ७ वडा समावेस गरी पारच्याङलाई केन्द्र तोकी नौकुण्ड गाउँ पालिका  तोकोएको  छ । नं तीनको गाउँ पालिका हुँदै यस क्षेत्रमा पर्यटन विकास गर्न सकिनै प्रवल सम्भावना रहेको छ । यस क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत विविध प्राकृतिक छटाहरू, नौकुण्डगोसाइँकुण्ड पर्यटन मार्गको विकास, रसुवा र नुवाकोटदेखि सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका पर्यटकीय पूर्वाधारसँग यहाँकौ पर्यटकीय सम्भावनालाई जोड्न सकिन्छ ।  त्रिशूली करिडोरसँग नजोडिएको एक मात्र गाउँ पालिका हो यो । फलाँखु खोला (१३.५ मे.वा.) को प्रभावित तथा निर्माणस्थल पनि हो । यस गाउँ पालिका अन्तर्गत पासाङल्हामु राजमार्गको कालिकास्थान, घुम्तीबाट र लहरेपौवाको स्याउबारीबाट कृषि सडक जोडिएको छ र सुधारोन्मुख अवस्थामा छ । शैक्षिक विकासका लागि प्राथमिक विद्यालय बाहेक नारायणस्थान मावि, फाम्चेत मावि, निर्कुभूमे मावि, वागेश्वरी मावि प्रमुख विद्यालयहरू हुन् ।  



गाउँ पालिका (पाँच) : उत्तरगया गाउँ पालिका लहरेपौवाको वडा नं ८ बाहेक, ठूलोगाउँ, डाँडागाउँ र हाकु गाविसको ८ र ९ वडालाई समावेस गरी उत्तरगया गाउँ पालिका बनेको छ । जसको केन्द्र  पैरेवेसी प्रस्ताव रहेको छ । रसुवा प्रवेशको मुख्य द्वारको रूपमा रहेको यो पालिकामा अन्य पालिकामा जस्तै यस क्षेत्रमा पनि ग्रामीण पर्यटनको पूर्वाधार विकास गर्न सकिन्छ । यहाँ धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्वको क्षेत्र बेत्रावती वा उत्तरगया, ठूलोगाउँस्थित भूमेस्थान प्रमुख आकर्षणको रूपमा रहेको छ । यहाँ जडिबुटी, तरकारी खेती तथा पशुपालनका व्यावसायलाई बढावा दिन सकिन्छ । जसबाट यहाँको जीवनयापनमा सुधार गर्न सकिन्छ । त्रिशूली करिडोरसँग जोडिदै माथिल्लो त्रिशूली थ्री ए (६० मे.वा.), माथिल्लो त्रिशूली थ्री बी (४० मे.वा.), त्रिशूली एक (२१६ मे.वा) अपर मैलुङ ए (८ मे.वा.), फलाँखु (१३.५ मे.वा.) को प्रभावित क्षेत्र पनि हो यो । शैक्षिक विकाससका लागि प्राथमिक विद्यालय बाहेक उत्तरगया क्याम्पस, डाँडागाउँ मावि, नवविजयी महेन्द्र मावि मुख्य विद्यालयहरू हुन् । 

जलविद्युत, पर्यटन, रसुवागढी नाका तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका वरपर रहेका दुर्लभ पशुपंक्षी, जैविक विविधता, जडिबुटी खेती, कृषि पर्यटन तथा उत्पादित वस्तुका बजारीकरणको माध्यमबाट रसुवाका गाउँ पालिकाहरूको विकास गर्ने सम्भावना रहेको छ ।  सम्मृद्ध गाउँ पालिका निर्माण गर्न प्रशस्त पूर्वाधारहरू रहेका छन् मात्र छ पवित्र र इमान्दार प्रयासको खाँचो ।



घरभित्रको शत्रु

विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशको तुलनामा नेपालमा घरेलु वायु प्रदुषण १५ प्रतिशतले बढी हुने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा घरभित्रको वायु प्रदुषणका कारण वर्षेनी २२ हजार ८ सय ४१ जनाले अकालमा ज्यान गुमाउने गरेका छन् भने सबैको गरी ७ लाख ४६ हजार ३ सय ८१ वर्ष समय यसका कारण विरामी परेर वा अकालमा मरेर उत्पादनमूलक समय त्यसै खेर गइरहेको प्राक्टिकल एक्शन नेपालको एक प्रतिवेदनमा भनिएको छ ।  यसरी हेर्दा परम्परागत चुल्होमा खाना पकाउँदा निस्कने धुँवा वा परम्परागत इन्धन र चुल्हो मानिसको लागि घरभित्रकै शत्रु बनेको छ । 

तर पनि पुननिर्माणको कार्यक्रममा सरकारकै सहश्राब्दी विकास लक्ष्य अनुरूप सन् २०१७ सम्ममा नेपाललाई घरभित्रको धुँवामुक्त देश बनाउने लक्ष्यलाई समावेश गराउन सकेको छैन । पुननिर्माणसँगै घरलाई स्वच्छ, सफा र उत्तम बनाउन प्रत्येक घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अनिवार्य हुन्छ ।



नेपालका प्राय गाउँघरमा खाना बनाउन जैविक ठोस इन्धन जस्तै दाउरा, गुइँठा र कृषिजन्य रहेलपहेलहरूको प्रयोग हुने गरेको छ । नेपालमा ७४ दशमलब ४ प्रतिशत घरधुरीहरूले माथि उल्लेखित ठोस इन्धनको प्रयोग गर्ने गरेका छन् । नेपालका हिमाली तथा उच्च पहाडी भेगमा यस्ता समस्या अधिकतम हुने गरेका छन् । प्राय गरीव मुलुकमा यी इन्धनको प्रयोग गर्नु एउटा बाध्यकारी समस्याको रूपमा रहेको छ । नेपाल जस्तो गरीव, अल्पविकसित वा विकासोन्मुख देशहरूमा प्रयोग हुने यी ठोस इन्धनहरूको प्रयोगमा उन्नत प्रविधिहरू जस्तै सुधारिएको,  दाउरा कम लाग्ने र धुँवा भान्छा बाहिर जाने चुल्होको प्रयोग नहुनु मुख्य समस्या हो । जसका कारण स्वास्थ्य सम्बन्धि विविध समस्या सिर्जना भई उपचारमा धेरै धनराशी खर्च हुने गरेको एकातिर छ भने अर्कोतिर दाउरा संकलनमा भइरहेको समय खर्च, परिश्रम, वन विनाश र विश्व वातावरणमा प्रतिकूल असरलगायतका समस्याहरू विद्यमान छन्  । 

घरभित्र खाना बनाउन प्रयोग हुने इन्धन व्यवस्थित वा उन्नत प्रविधिको प्रयोगमा हाम्रो समुदायले बुझेर पनि बुझ पचाएको अवस्था छ । जसका कारण घाँटी खस खसाउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, कफ आउने, आँखा बिझाउने, चिलाउने, हेर्न कठिनाई हुने, आँसु आउने, घॉंटी दुख्ने, बच्चालाई निमोनिया हुने जस्ता तत्कालीन रोगहरू देखा पर्दछन् भने लामो समयसम्म दुषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, आँखासम्बन्धी रोग जस्तै मोतियाबिन्दु आदि दीर्घकालीन रोगहरू लाग्ने गर्दछन्  । यसको अलावा गर्भवती महिला धेरै समयसम्म धुँवामा बसेको खण्डमा बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चाको जन्म हुने र अत्याधिक प्रदुषणका कारण मृत बच्चाको जन्म हुनसक्ने सम्भावना रहन्छ । घरेलु वायु प्रदुषणका कारण विशेष गरी महिला तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयहरूको प्रतिवेदन हेर्ने हो भने निमोनियाँ वा श्वासप्रश्वास सम्बन्धि समस्याहरू एक नम्बरमा आउने गरेका छन् । फोहोर पानी, दुषित हावा, असुरक्षित यौन सम्पर्क पछि रोग निम्त्याउने चौथो कारक तत्वको रूपमा घरभित्रको धुँवा रहेको पनि स्वास्थ्यविद्हरू बताउँछन् । 

यी विविध समस्या समाधानका लागि मुख्य गरी दुइवटा उपायहरू छन् । दाउरा वा कृषिजन्य रहेलपहेल, गुँइठा, कोइला, त्र्रिकेट आदि प्रयोग गर्दा  भेन्टिलेसन वा हावा राम्रोसँग ओहोर दोहोर हुने कोठामा सुधारिएको वा धुँवा वाहिर जाने प्रविधिहरू जस्तै सुधारिएको चुल्हो, चिम्नीहुड तथा उन्नत स्वच्छ चुल्होको प्रयोग गर्ने एउटा उपाय हो भने गोबरग्याँस, सौर्य उर्जा र विद्युतीय चुल्होको प्रयोग गर्नु अर्को उपाय हो । यसो गर्दा भान्छाको सफाई, स्वास्थ्य सुधार र काममा सहजता भई समाज आर्थिक उन्नति र विकासको पाटोमा अघि बढ्दछ । 

हामी यतिबेला पुननिर्माणको संघारमा छौं । पुननिर्माणको समयमा उल्लेखित समस्यालाई ध्यान दिन सकिएको छैन अर्थात् पुननिर्माणमा घरको डिजाइन गर्दा उन्नत चुल्होलाई अनिवार्य गर्न सकिएको छैन । विनाशकारी भुकम्पका कारण क्षतिग्रस्त संरचनाको पुननिर्माणमा नेपाल सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै छ । तर पनि पुननिर्माणको कार्यक्रममा सरकारकै सहश्राब्दी विकास लक्ष्य अनुरूप सन् २०१७ सम्ममा नेपाललाई घरभित्रको धुँवामुक्त देश बनाउने लक्ष्यलाई समावेश गराउन सकेको छैन । पुननिर्माणसँगै घरलाई स्वच्छ, सफा र उत्तम बनाउन प्रत्येक घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अनिवार्य हुन्छ । नेपाल सरकारको “क्लिन कुकिङ सोलुसन टु अल” को लक्ष्य पुरा गर्न, वन वातावरण जोगाउँदै विश्व वातावरण संरक्षणमा योगदान दिन तथा मानव स्वास्थ्यमा सुधार गरी समृद्ध समाज निर्माणमा स्वच्छ वा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अपरिहार्य छ ।  




भानुको सम्झनामा

जन्मीए तनहूँ पवीत्र नगरी नेपाल भूमी महाँ
पँडीत्को कुल भानु आदि कबि नै बन्दै रहेछन् जहाँ ।
जुन् हो छन्द त आज लोक प्रिय भो शार्दूलबीक्रीडित
त्यसैका गुरु भानुभक्त कहिए श्रेयै भयो सञ्जित ।। १

यिन्कै हात महाँ थियो बल बहुत् सीर्जीय रामायण
माला , भक्ति, बधू ,रसै अरु अनेक् प्राचीन पारायण ।
लेख्दै ज्ञान बिचारका तवरले श्री राम गीता पनि
घर् घर्का सबले त गाउन भनी छोडी गएछन् अनि ।। २

प्रश्नोत्तर् गुण गानले भरियको गीता सबैमा बन्यो
जाग्यो ज्ञान र प्रेरणा त उनमा घाँसी कुवा जाँ खन्यो ।
आऊ भानु उदाउ फेरि जगमा जोड्दैछु मै अञ्जली
भाबै देखि चढाई आदि कविमा हज्जार श्रद्दाञ्जली ।। ३

२०६३ आषाढ २९ बिहीवार

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com