व्यवसायीक फलफूल खेतीबाट जीवन सुधार

रसुवा खबर वर्ष १, अंक ५, २०६७ कार्तिक २७ गते शनिवार
मन, वचन र कर्मका साथ कुनै पेशामा लीन हुन सके धेरै ठूलो धनराशी खर्च नगरेपनि जीवन शैलीमा सुधार ल्याउन सकिँदो रहेछ । न त धेरै जग्गामा नै खेतीपाती गर्नुपर्छ, न त सँधैभरि नङ्ग्रा खियाउनु पर्दो रहेछ । आधुनिक फलफूल खेतीलाई व्यवसायीक रूपमा लगाउन सकेमा मनग्य आम्दानी गर्न सकिने रहेछ भन्ने उदाहरण देखाउन सफल भएका छन् रसुवा जिल्ला, सरमथली गाविस, २ दनुस्वारा बस्ने नेमावाङ्दी लामा ।

कफीको कुरा गर्दा लाग्छ रसुवामै नेमावाङ्दीको नाम आउँछ । पञ्चायतकालीन समयदेखि नै व्यवसायीक फलफूल र कफी खेतीमा निरन्तर लागिरहेका लामा व्यवसायबाट सन्तुष्ट देखिएका छन् । परम्परागत खेतीलाई भन्दा व्यवसायीक फलफूल खेतीलाई प्राथमिकता दिदै आएका लामाको बारीमा हाल धेरै किसिमका फलफूल लगाइएका छन् ।

विसं २०४६ सालमा जिल्ला वन कार्यलयले आयोजना गरेको ७ दिने अध्ययन भ्रमणबाट प्रभावित भएर हालसम्ममा उनी यो स्थानमा आइपुगेका हुन् । ५९ वर्षो जीवन प्राय अनुसन्धनात्मक रहेको बताउँछन् उनी । विसं २०५३ सालमा उनले पाल्पाबाट कफीको बीउ ल्याएर खेती लगाउन सुरु गरेका हुन् । जिल्ला भू-संरक्षण कार्यलय रसुवाको सहयोगमा उनले दनुस्वारालाई सुन्तला खेतीको पकेट क्षेत्र बनाउने योजना प्रस्तुत गर्दा त्यतिखेर गाउँलेको सहयोग नपाउँदा सफल हुन नसकेको अनुभव उनी सुनाउँछन् ।

मकै, कोदो जस्ता परम्परागत खेती लगाउन कम गरी सुन्तला र कफी लगाउँदा गाउँलेहरूले खिस्सी गर्ने गरेको र निरन्तर जाँगर र उत्साहका साथ व्यवसायतर्फलागेकोले सफलता प्राप्त गरेको दावी गर्दै सरमथली गाविसलाई कफी र सुन्तला खेतीको ठाउँ भनेर चिनाउन लागी पर्ने समेत् लामाले बताए । सानो पहराको फेदमा ६ घर छ, बोटले नै नथाम्ने गरि सुन्तला फलेका छन् र अन्य फलफूल पनि त्यत्तिकै छन्, हर्ेदा लाग्छ कतै र्स्वर्गको टुक्रा नै हो कि - र्स्वर्गकै कुना जस्तो लामाको बगैंचामा सुन्लता, कफी, अनार, आरु, वनलसुन, भप्पु, अलैंची, आँप, नासपाती, लिच्ची, केरा, तारिका, सुकुमेल, ओखर, कागती, लहरे आँप, निबुवा, अमला, बगैना, बडहर जस्ता धेरै थरिका फलफूल रहेका छन् । 'बाह्रै महिना केही न केही फूलेका हुन्छन् र केही न केही फलेका हुन्छन्' खुसी हुँदै उनले व्यक्त गरे । परिवारका सदस्यहरूले सँधै उनको अभियानलाई सहयोग पुर्याएका छन् । संकटकालीन अवस्थामा भने केही अप्ठ्यारो वातावरण सिर्जना भएको थियो तर पनि निरन्तरता, धर्ैयता र सहनशीलताका कारण व्यवसाय फस्टाउँदै गएको थियो ।

कफी खेती लगाउँदै गर्दा उनलाई जिल्लास्थित दीगो उद्यम तथा वातावरण विकास समाजबाट लघु उद्यम कार्यक्रममार्फ प्राविधिक तथा आर्थिक सहयोग पनि प्राप्त भएको थियो । उनी अहिले स्तरोन्नती भएका उद्यमीहरू मध्ये एक हुन् । कफी उत्पादनमा बृद्धि हुँदै जाँदा कफी छोडाउने मेशीन पनि घरैमा छ । अरु व्यवसायीले उत्पादन गरेका कफी पनि उनी आफैं बजार लैजान्छन् । घरैमा प्रशोधन गरिएको कफी रसुवाको धुन्चे, कालिकास्थान, स्याफ्रुबेसी, तातोपानी, गोसाइँकुण्ड, लाङटाङ र काठमाडौंको केशरमहलमा बिक्री हुने गरेको छ । कफीबाट वाषिर्क ४० हजार रूपैयाँ बराबरको आम्दानी लिने गरेका छन् । बोक्रा छोडाएको कफी प्रतिकेजी २ सय ४० रूपैयाँमा बिक्री हुने गरेको छ । फलेको कफी मात्र नभएर बिरूवाको लागि नर्सरी पनि उत्पादन गरि प्रति बोट सरकारी दर अनुसार १० रूपैयाँमा बेच्ने गरेका छन् ।

मौषम सहित करिव २ सय बोटमा सुन्तला फल्ने गरेका छन् । सुन्तला बेच्नको लागि गाउँबाट अन्यत्र लानु नपरेको र तिहारको समयमा घरबाट नै बिक्री हुने गरेको पनि उनी बताउँछन् । वाषिर्क ५० हजार रूपैयाँ बराबरको सुन्तला बेचेर आम्दानी हुने गरेको छ । अलैंचीको उत्पादन पनि राम्रै छ । वर्षो ३० हजार बराबरको अलैंची बेच्ने गरेका छन् । आफूले सुरु गर्दा गिल्ला गर्नेहरू अहिले कफीखेतीमा आकषिर्त भएकोमा गर्व गर्छन् उनी । सरमथली १ र २ का कृषकहरू कफीखेतीमा लागि सकेका पनि उनले बताए । 'मेरो परिवारमा दाजुभाई सबैले कफी र सुन्तला लगाएका छन् । उनीहरूको सहयोगले पनि मलाई हौसला बढाएको छ' उनी भन्छन् ।

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com