आमा बन्न नसकेकी आमा


रसुवा खबर, वर्ष १, अंक ३६ , २०६७ असार ४ गते, शनिबार 

आमा हुन् जगकी दयामय कला आदर्शकी आदर
आफ्नो सिर्जनमा सुहाइ रहने मातृत्वकी सागर ।
खाई कष्ट डटेर जीवन दिइन् संसार सारा भरिन्
मायाका अनुरागले भुवनमा कल्याण ठूलो गरिन् ।।


आमा शब्द अत्यन्त आदर्श छ । डा. ओमवीरसिंह बस्न्यातले लेख्नुभएको 'आमा' खण्डकाव्यको यो एक श्लोकले आमाको अर्थलाई परिभाषा गरिरहेको छ । मानिस पृथ्वीमा देखापर्नैका लागि पनि आमा विना सक्दैन । आमाको सहायताले नै भरखर जन्मेको एक बालकले जीवन पाउँछ । जन्मदेखि मृत्यु पर्यन्तसम्म आमाले केही न केही पाटोमा सहायता प्रदान गरेकी हुन्छिन् ।

आमाको महिमा कति रहन्छ भनेर सायद कसैलाई पनि भनिरहन नपर्ला । बितेको साता यो नजरमा यस्तो एक आमा देखा परिन् । ती आमा ओमवीरसिंह बस्न्यातको कविताको भावभन्दा ठीक उल्टो थिइन् । माथिको श्लोक आमाको वियोगमा एक छोराले भनेको हो । तर छोराछोरीको पनि आमाप्रतिको भाव त्यस्तो रहेन यहाँ । आमा भएर निर्वाह गर्न नसकेको भूमिकाका कारण ती साना बालकहरूले आमा नहुँदा पनि कुनै अप्ठ्यारो महशुस गरेनन् । बरू आमा नजिकै अर्को घरबार बसाल्दाको पीडामा पिँढीमा रूँदै बसेका बाबाको आँशु पुछ्न गए 'नरूनुस् बाबा' भन्दै ।

घटना  पीडादायक बन्यो । गरिव परिवारमा सौतेनी मामिलाका कारण सानैदेखि आफ्नै पाखुरीका निर्वाहमा हर्ुर्केको एक मान्छे । गरिव भएर पेटभरि खान नपाउने भएकै कारण लामो समयसम्म विवाहको लगन जर्ुर्दैन । बल्लतल्ल  कच्चा उमेरको एक महिलासँग उनको विवाह हुन्छ । आफ्नो छोरोभन्दा सानो उमेरका अरूको सन्तान भइसक्दा र छोराको विवाह नहुँदा एकताका तिनको आमालाई निकै पीर परेको थियो । बल्लतल्ल छोराको विवाह गर्न सकिएपछि ती आमाको हर्षो सीमा रहेन ।

खेतीपाती कम थियो ।जसको कारण विदेशीका भारी बोकेर हिमालका फेदी र चुचुरा नाप्दै कमाएको धनले आमा पाले, श्रीमती पाले । आमाको देहवसानपछि त्यस्तै दुःख गर्दै दुई सन्तान र श्रीमतीलाई अत्यन्त ममताकासाथ पालिरहे । अत्यन्त दुःख गरी ममताकासाथ पालेको श्रीमतीलाई दैलो नजिकै अर्कैले लाँदाको पीडा मर्माहत बन्यो तिनको जीवनमा । अघिल्ला समयमा आमा र सन्तानको सम्बन्ध जे भएपनि अर्कैसँग पुःन भित्रदाको अवस्थामा छोराछोरीप्रति एक रौ पनि माया देखिएन । घरभित्र र बाहिर दोबाटोसम्मको अत्यन्त सुन्दर वातावरण, सरसफाई र सन्तान तथा परिवारको पालनपोषण गाउँकै लागि नमूना घर र श्रीमानले दिएको माया ममता 'कुकुरलाई घिउ किन पच्थ्यो -' भनेझै श्रीमतीको जीवनमा श्रीमानको साथ नरहने भयो । त्यो घर साँच्चिकै सरसफाइका हिशावले नमूना नै थियो । कतिपयले 'घरमा खाने कुरा छैन दोवाटोसम्म बढारेर के पाउँछ यसले ? भन्थे । हिमालपारी गएर धन आर्जन गर्न मुस्किल पर्दै गएपछि परिवारको सुखका निम्ति तिनले अधिँयामा अर्काको खेती गर्ने रोजेको माध्यम पनि चकनाचूर भयो ।

खोक्रा पेट अनाज भेट नहुने भोका नाङ्गा उठ
कोदाला उठ बञ्चरा र हँसिया, डोका र नाम्ला उठ ।
साहूका करकापका कठिनता भोग्नेहरू हो उठ
ताकेका जिमिदारले युवतिका लोग्नेहरू हो उठ ।।

यतिखेर म युद्दप्रसाद मिस्रको 'पृथ्वी' खण्डकाव्यको अर्को कविता सम्झन्छु । कवितामा भनेजस्तै भयो तिनको जीवनमा । यो कविता लेखिएको बेलामा जिमिदारले मात्र अर्काका श्रीमतीहरू ताक्दा रहेछन् । तर यतिबेला ती मानिस छिमेकीले आफ्नो श्रीमती ताकेको मात्र नभई खोसेर लगेको पीडामा छन् । तामाका मुना छोराछोरीको माया  र श्रीमानको माया भुलेर श्रीमती छिमेकीसँग पोइल जान मञ्जुर हुँदासम्म नजाउ भनेर भनिरहेका थिए ।  आफू घरमा नहुँदा छिमेकी एक युवक र यिनको श्रीमती बीच श्रीमान श्रीमतीको व्यवहार भएछ । छरछिमेकी सबैलाई यस्तो व्यवहारको जानकारी हुँदाहुँदै कसैले पनि दुर्व्यवहारको खण्डन नगर्दा घटनाले यस्तो रूप पाएको हो । श्रीमानको अनुपस्थितिेमा गाउँको अर्को केटासँगको सर्म्पर्कमा अर्को सन्तानको जन्मको इशारा गर्दै गाउँ, समाजको अगाडि दाइजोसम्म मागेर पोइल जान तयार  भएपछि समाज नै त्यतैतिर तानियो । कोही कालो मोसो दलेर दुबैलाई गाउँबाट लखेट्नलाई अड्कल काटिरहेका थिए भने कोही घटना नै सत्य हैन, कपोलकथित हो वा आरोप लगाउन पाइदैन भनेर गाउँको दुर्व्यवहारलाई संरक्षण गर्न लागिरहेका थिए । 

आमाको संज्ञा पाएर आमाको भूमिका निर्वाह गर्न नसकेकी महिला एउटा ढोका बन्द गर्दै अर्को ढोका उर्घार्न गएपछि समाज पनि त्यतैतिर लाग्छ । ती महिलाले उर्घार्न खोजेको ढोकामा नपुग्दै पीडित पक्ष लाठीमुरी गर्दै गएपछि घटनाले अर्को रूप धारण गर्छ । गाउँमा अनैतिक कार्यमा संलग्न भएको पुष्टि भएपछि पीडितहरूले गाउँमा बस्न नपाउने जानकारी  गराउँदै  अनैतिक कार्यका ती दुबै मुख्य पात्रलाई गाली बेइजती समेत गर्छन् । तर त्यसको विरूद्धमा एक जमात लाग्छ । अनैतिक कार्यका पात्रलाई ससम्मान भगाउने सुरमा सबै भित्रिन्छन् र जो पीडित हो उसलाई छिट्टै ठूलो कारवाही गर्र्छौं भन्दै अनैतिक कार्यका दुबै पात्रलाई विदाई गर्दछ । समाजमा दर्ुर्व्यवहार गर्नेलाई समेत संरक्षण गर्नुपर्छ भन्नु यस्ता घटना दोहोरिन हुन्छ भन्नु हो ।  कैले कस्तो त कहिले कस्तो पटक पटक गाउँमा अप्रिय घटना घटिरहेका छन् । गतवर्षयस्तै प्रकृतिको घटना घट्यो । त्यसको लगत्तै गाउँका २ सय घरधूरीले पिउने पानीको ट्याङ्कीमा विष हालेर पुण्य कमायो गाउँले । अहिले घटना घटेको घरमा गतवर्षसाना बालबालिकालाई लक्षित  गर्दै चकलेटमा विष राख्ने जस्ता क्रिया सम्पन्न भएका हुन् । यो पंक्तिकारको घरमा पनि गत बैशाख १३ को राती त्यस्तै प्रकृतिको मिश्रीमा विष राखी बालबालिकालाई लक्षित गरिसकिएको हो । यी त भए अप्रत्यक्ष घटना वा लुकेर गर्ने घटना । गाउँमा  रहेका विभिन्न समूह तथा संस्थामा पनि व्यर्थैको बाहानामा झगडा हुने गरेका छन् । वास्तविकतालाई लुकाएर आफ्नो पहुँचमा निर्ण्र्ाागर्न नसके वा समूह / संस्थाको विकास हुन खोज्यो भने र त्यहाँ अर्कैले नेतृàव गरेको छ भने डाहाले मर्ने गरेका छन् समाजसेवीहरू । खानेपानीमा विष राख्ने दोषी को हो भनेर खोज्न समेत् नसकेका कारण वा घटना सेलाएको कारण पनि  यस्ता विभिन्न सामाजिक बरबादीका घटनाहरू मौलाउँदै गएको छ । जुनसुकै प्रकारको घटना घटेपनि कारवाहीको कुरा त बेग्लै हो, खोजीसम्म हुन नसकेका कारण समाजका दुराचारीहरूले प्रश्रय पाइराखेका छन् ।

भरखर गाउँमा घटेको घटनामा धेरै पात्रहरू थिए । श्रीमानको अनुपस्थितिमा दाम्पत्य व्यवहार गर्ने पीडितको श्रीमती र विएड अध्ययनरत एक युवक यी घटनाका पहिलो पात्र हुन् । श्रीमतीको मायालाई जवर्जस्ती बिर्सन बाध्य भएर पीडादायक जीवन पाएका व्यक्ति अर्का दोस्रो पात्र हुन् । घटना घट्छ भनी थाहा हुँदाहुँदै घटना न्यूनीकरण गर्न नखोज्ने समाजका अगुवाहरू एक खालका भिन्नै व्यवहारका तेस्रो पात्रहरू हुन् भने घटनाका दोषीलाई ससम्मान भगाउने वा संरक्षण गर्ने अर्का चौथो पात्रहरू हुन् । पीडितले न्याय पाउनुपर्छ र दुर्व्यवहार गर्नेले सजाय पाउनुपर्छ भन्नेहरू पनि एक पाँचौं पात्रहरू हुन् । तर त्यसो भनेकै आधारमा कुनै दिन  चौंथो पात्रका सिकार हुने हुन् कि भन्ने अर्को सन्त्रास पनि नदेखिएको भने हैन । तर आमाको अनुपस्थितिमा टुहुरा भएका यी बालबालिकाको संरक्षण र मायामा भने सबैको ध्यान जानुपर्दछ । 

आमाकै अनुराग प्यार ममता यो सृष्टिको सार हो
आमाकै दशधार भित्र रहनू यो एक आधार हो ।
आमा नै यदि नासिइन् अब भने संसार यो के रहृयो -
मेरो जीवन ज्योति त्यो हृदयको सौभाग्य मेरो गयो ।।

डा. ओमविरसिंह बस्न्यातको यो कविता ठूले र उसकी आमासँग सम्बन्धित छ । ठूले काठमाडौंमा पढ्न बस्छ र उसकी आमाले परीक्षा सकेर छिट्टै आउनु भन्छिन् । तर काठमाडौंमा पढ्दापढ्दै आमा मरेको खबर आउँछ । ममतामयी आमाको वियोगमा वर्णन गर्दै आमा विनाको जीवनको ज्योति र हृदयको सौगात नासिएको भाव व्यक्त छ यो कवितामा । यो कविताको भाव मुताविकको समय वा समस्या रसुवाको घटनाका बाल्यपात्र ती टुहुराले कहिल्यै पाउने छैनन् । आमा मरेको पीडामा पाउने आमाको महत्व यी दुइ छोराछोरीले कहिल्यै पाउँदैनन् । अहिले सानो छँदा तिनले आमाको ममताको अनुभूति गर्न सक्छन् वा सक्दैनन् त्यो उनीहरूमा देखिने मनोविज्ञान अध्ययनले बताउला । तर आमा भन्ने शब्द वा आमाको उपस्थिति उनीहरूको आँखामा कहिल्यै पर्दैन । आमाको मर्म बुझ्न नपाउने वातावरण सिर्जना गर्ने व्यक्ति वा अहिलेको घटनाको पहिलो एक पात्र छिमेकी युवाप्रति ती बालबालिकाले बुझ्ने भएपछि कस्तो दृष्टिले हेर्लान् र आमा भएर पनि आमा बन्न नसकेकी आमा प्रति कस्तो नजर रहला ?    

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com