Home » » सभासदको कालो कर्तुत मैले बल्ल बुझें

सभासदको कालो कर्तुत मैले बल्ल बुझें



    माधव लामिछाने, रसुवा ।
थेसिसको लागि तयारी गरिरहँदा मोवाईल बज्छ र उठाउछु । उताबाट आवाज आयो 'म प्रेम तामाङ , माधव जी के गर्दै हुनुहुन्छ - 'कालिका हिमालय उच्च माविमा गाणित विषयको लागि शिक्षक खाली भयो । तपाई जस्तो मान्छे जिल्ला र्फकनु पर्यो, तपाईसँग शिक्षण अनुमति पत्र छ कि छैन -' मैले भने 'सैनिक महाविद्यालय भक्तपुरमा शिक्षण गर्दैछु । पर्ढाई डिग्री सकिन लाग्यो, परीक्षा सकें रिजल्टको प्रतिक्षा गरी थेसिस गर्दैछु दाजु ।' 

'यसपाली जसरी पनि हामी स्थानीयलाई नियुक्ति गर्छौ।' उहाँको ती आवाजले मलाई झन् जिल्ला र्फकने चाहनालाई नवीकरण गर्यो । मैले भनें 'अनुमति पत्र त छ तर ड्रि्रीको रिजल्ट बाँकी छ त्यसले केही फरक पर्छ कि -' 'हामी व्यवस्थापनमा छौं , मिलाउला फरक पर्दैन, म पर्सी जिल्ला जाँदैछु र्सर्टिफिकेट मलाई पठाइदिनु म आफै निवेदन दर्ता गरिदिन्छु' भन्ने आवाज पछि पनि मैले हुन्छ भनें । पर्सिपल्ट बहिर्गमित लडाकुको बन्द परेकोले र्सर्टिफिकेट पठाउन सकिन ।

स्थानीयलाई अवसर दिने भने पनि अर्का एकमात्र डिग्री सक्नुभएका दाजुलाई पनि सोधें । उहाँको पनि रसुवा र्फकने चाहना नदेखेपछि ढुक्क भएर आफु कार्यरत सैनिक महाविद्यालयमा राजीनामा लेखें रसुवामा आफ्नो पक्का देखेर । विद्यालय छाड्नु भन्दा तीन महिना अघि जानकारी नदिए तीनमहिनाको तलव क्षतिपूर्ति तिर्नु पर्ने नियमले म राजीनामा दिन औताएँ । 

पुस २५ गते रसुवा पुगेर दरखास्त दर्ता गराएँ, मैले दरखास्त दिने बित्तिकै सभासद र विद्यालयका प्रअ उमा आरसीको बैठक बसेछ । सभासदज्युले लेखापाल हरि ढकाललाई निर्देशन दिएछन्, चण्डेश्वरी उच्चमावि तुप्तेमा कार्यरत आशा र्राईलाई बोलाउन । भोलिपल्ट अन्तिम म्यादका दिन उनको पनि दरखास्त पर्यो । दोस्रो दरखास्त परेपछि एकदिन म आशा मिर्सलई भेट्न तुप्चे गएँ । उहाँले मलाई बिएड् दोस्रो वर्षा कालिकामा पढाउनु भएकोले शिक्षक विद्यार्थीको सम्बन्ध थियो । कुराकानी भयो आफुलाई विद्यालयले बोलाएको र उमेर पनि ३५ वर्षकट्न लागेकोले दरवन्दीमा बस्ने इच्छा भएको तथा कालिका हिमालयमा प्लस टु र्साईन्स चलेकोले चिलिमे जलविद्युत कम्पनीको छात्रबृत्तिमा छोरी पढाउन जान चाहेको बताउनुभयो । मैले भने 'करार दरबन्दीका लागि उमेरहद लाग्दैन चिलिमेको छात्रबृत्ति रसुवालीलाई हो बाहिरकालाई होईन । तुप्चेमा जे छ कालिकामा पनि त्यही हो त्यसैले मेरो ठाउँमा मलाई छाडिदिनुहोस् । मेरो घर तपाईलाई छोडेर म कहाँ जाउँ ।' उहाँले भन्नु भयो 'मैले तिमीसँग भिडेर खान त सक्तिन तिमी फ्रेस छौं । सैनिक स्कुलमा मैले पनि ४/५ पटक परीक्षा दिएर प्रयास गरेको नाम निकाल्न सकिन तर तिमीले निकाल्यौं । विद्यालय निरीक्षकमा पनि दिएँ, सकिएन । परीक्षा दिनुपर्ने भएमा म आउदिन, त्रि्रो ठाउँमा तिमीले नै गर । त्यति भनेपछि म फर्किएँ । पछि परीक्षा तोकियो । परीक्षाको दिन आशा मिस पनि आउनुभयो । उहाँले मलाई प्रेम दाईले गरेको कल समरी देखाउँदै 'मलाई प्रेमदाईले फोन गरेर जसरी भएपनि आउन भन्नुभएको छ, मैले दरखास्त झिके पुरै रद्ध पारिदिने रे, फेरि उमा मिसले पनि मेरै हुन्छ भनेपछि आएँ' भन्नुभयो । उहाँले त्यसो भन्दासम्म परीक्षा हुने भएपछि राम्रो लेखेर हराउँछु भन्ने मेरो कन्पफडेन्स थियो । 

परीक्षा चल्यो, प्रयोगात्मक भयो । प्रयोगात्मकमा मैले तुलनात्मक रूपमा धेरै राम्रो गरें । दश मिनेट पढाउने समय दिइएको थियो । आशा मिसले समय मिलाउन नजानेर ५ मिनेटमै पर्ढाई सक्याएर घण्टी बजाउन लगाउनुभयो ।मूल्यांकन समितिका अध्यक्ष प्रेम अध्यक्ष , प्रअ उमालयायत ६ जना थिए । प्रयोगात्मक सकिएपछि अध्यक्ष प्रेमलगायत विद्यार्थीहरूको प्रतिक्रिया लिए 'कसले पढाएको राम्रो - ३ जा बाहेक सबै विद्यार्थीले माधव लामिछाने भनी हुटिङ्ग गरे पछि प्रेमले आशा मिसको बढी पर्ढाई भएकोले मिस राम्रो भन्न बार्गेनिङ गरेछन् । 

सभासदको कालो कर्तुत बल्ल त्यतिबेला मैले बुझें । प्रयोगात्मक पछि अन्तवार्ता भयो । अन्तवार्तामा एकजना तटस्थ र आशा मिसको पक्षमा ४ जना देखेको थिएँ । 

भोलिपल्ट परीक्षा समितिका एकजनाले नेताज्यूलाई परीक्षफल घोषणा गर्नु पूर्व नै आउट गर्दै गरेको थाहा पाएँ । लिखितमा त माधवले जित्यो । महिला र जनजातिको नम्बरले गर्दा माधवले भ्याएन । पछि बुझदा राम्ररी थाहा भयो । मैले १२ भन्दा बढी नम्बरले लिडिङ गरेको रहेछु । मलाई हराउन उनीहरूले ड्रि्री र्सर्टिफिकेटको र शिक्षा नियमावलीमा प्रावधान नै नभएको करारको अनुभवको नम्बर दिएर जनजाति र महिला भनेर आफूखुसी नम्बर राखेर मलाई हराएछन् । यसरी तयार गरेको रिजल्ट सभासदज्युले १५ दिनसम्म पनि व्यवस्थापन समितिमा अनुमोदन गराउन सकेनन् । स्थानीय सक्षमलाई प्राथमिकता दिनु पर्ने पक्षमा ६ जना र -अध्यक्षको निर्णय मत समेत ) आशा मिसको पक्षामा ५ जा भएछन् । सभासद पक्षका ५ जना बसेर निर्णय गरी सिन्दुरे जात्रा सहित ताप्लेजुङकी आशा र्राई कालो घोडामा र प्रेम तामाङ सुरूमा कालो छाता ओढेर चढेका थिए । प्रेम, आशा र्राई र पछि उमा आरसी तीनजान चढेको घोडा धपाउन लाठी सहित दुई गोठाला थिए । सबैको पोशाक कालो थियो अपसगुनको प्रतीक । 

हुन त संविधान बनाउन रसुवाली जनताको मत पाएका सभासदलाई शिक्षा ऐन बनाउन कत्रो कुरा रहृयो र ! जे नियम बनाउदा आफुले चाहेको मानिस भित्रिन्छ, त्यही बनाए, मुखै कानून । उमा आरसीलाई तीसवर्षबस्दा पनि रसुवा प्रति प्रेम पलाएन, रसुवालीलाई अवसर दिनु हुँदैन । आफु जस्तै बाहिरीया ल्याउने सोच । आफुले बिएड् गरेर उमाविको प्रिन्सिपल र क्याम्पस चिफ बन्न हुने, स्थानीयले शिक्षक बन्न नहुने - यस्तो नियम कहाँ छ - रसुवालीलाई लविङ् र साँठगाठ गर्ने तपाईलाई पनि रसुवा बस्ने अधिकार छैन र्।र् इज्जत छ भने बाटो तताए हुन्छ । डिग्री पास नगरेका प्रिन्सिपल भएर हाम्रो जिल्लाको विद्यालयलाई उच्चमावि शिक्षा परिषदको कालो सूचिमा पार्न पाइदैन । ताप्लेजुङकी मैयाको त कुरै नगरौं तिनी पनि डिग्रीको परीक्षा मात्र सकेर रिजल्ट नभैकन मलाई बिएड दोस्रो वर्षपढाउन आएकी थिईन् । । अस्ट्रेलिया उड्छु भनी बीच सेक्सनकै छाडेर गएकी, रसुवा लाली फेरि चढेछ । डिग्रीको परीक्षा सकेकालाई काठमाण्डौंका राम्रा कलेजले पार्ट र्टाईम दिन्छन् । रसुवाको कालिका हिमालयमा जिल्ला बाहिरकाले पाउने जिल्लावासीले नपाउने नियम छ भन्ने मलाई थाहा थिएन । जे होस् आशा र्राईले यसपटक भने रामै काम गरिन् । घगडान नेताको पुच्छर समाएर बैतरणी तरिन्, जालजेलद्वारा एक आफ्नो विद्यार्थी हर्राई ठाउँमा जना तीनलाई केही लाज लागेन । 

यसपाली ठूलो लाज मलाई भयो, मैले सक्षमसँग हार्न पाइन, असक्षमसँग हार्न पर्यो । हुनत कालिका हिमालयमा यस्ता घटना यसअघि नै नभएका होइनन्, । यसअघि नेपाली विषयमा डिल्लीकुमार देवकोटा बाहिरीयासँग यसरी नै पछि परेका थिए । उहाँ जस्ता राम्रो मान्छे मत होइन, म स्वीकार गर्छ, देवकोटा दाईसँग मेरो चिनजान नभएपनि मलाई थाहा छ त्रिविबाट एमफिल गर्ने अवसर त्रिविकै उपप्राध्यापकले त पाउँदैनन् त्यो अवसर पाउने मानिस सानो तिनो क्षमताको हुँदैन । यस्ता मानिस रसुवा जाने कुरा सोच्दा पनि सोच्दैनन् तर रसुवामा कक्षा ५ पास गरेर व्यवस्थापन समितिमा छिर्ने र डिग्री पढेकाहरूको मुल्याङ्कन गर्ने हरिलठ्ठकहरूलाई यस्तो कुरा के थाहा ? प्रेम तामाङ मिठो बोली बोल्ने, मैले पनि धेरै मन पराएको मानिस, चुनाव जित्नु अघि र जितेपछि कालिका हिमालयमा प्राङ्गणमा उनले गरेको भाषण सुनेर ताली बजाउने एक म पनि हुँ । उनले भनेका थिए म रसुवाको ५ वटा ज -जमिन, जल, जंगल, जडिबुटी र जनशक्ति) को सदुपयोग गरेर निकै सुन्दर रसुवा बनाउँछु । ठिक मानिसलाई ठिक ठाउँमा पुर्याउँछु.....। त्यही मिठो भाषणले झुक्यायो मलाई पनि । हुन त प्रेम तामाङको राजनीतिमा मेरो केही लगानी छैन । त्यसैले प्रेम तामाङले गरेको व्यवहारमा मैले चित्त दुखाउने ठाउँ छैन किनकी उनले त हरीप्रसाद दवेकोटा, जो निजी स्रोतमा रसुवाको राम्चेस्थित सेतीभूमे माविमा गणित र विज्ञान पढाउने त्यत्तिकै सक्षम शिक्षक थिए साथै पार्टीको कार्यकर्ता पनि, जसले प्रेम तामाङलाई सभासद् बनाउन एक महिनाको तलव ७००० र भोट माग्दै हिडेर श्रम पनि खर्च गरेका थिए, अरूको सभासद् जनतालाई जागिर खुवाउँछन् हाम्रा सभासद् भएका जागिर पनि खाइदिन्छन् । सभासदले मलाई त केही पनि दिनुर्पर्दैन तर अलिकति मात्र पनि नैतिकता छ भने हरीसरबाट चुनाव जित्नको लागि लिएको त्यो ७ हजारको सावाँ व्याजसहित भोलि फिर्ता गरिदेऊ । तर तिमीमा त्यति ठूलो नैतिकता छ जस्तो मलाई लाग्दैन । अस्तिसम्म तिमीलाई देख्दा नमस्कार गर्न उठ्ने यी हातहरू बरू थुकले भरिएर आउँला, त्रि्रो अनुहारमा थक्नु नथुक्नु त्यो अर्को कुरा । 

परीक्षा सकेको भोलिपल्ट मैले सभासदलाई भनेको थिएँ 'रसुवाभरिमा निम्न आर्थिक स्तर भएको म पनि हुँ, तपाईले नै बोलाएर आएको, मेरो जागिर पनि अब त गैसक्यो त्यसैले निर्णय गर्नुभन्दा पहिले एक पटक सोच्नुहोला ।' आखिर यति किन भने मैले त्यो माहामानवलाई - त्यसैमा मलाई ठूलो ग्लानी छ । जागिर त मेरो लागि ठूलो कुरा होइन, फेरी मास्टरीलाई मैले जागिर भन्ने गरेको छैन । तैपनी मेरो दुःख यतिसम्म मात्र हो, रसुवामा रसुवालीको भाग रहेनछ, पढेको मानिस राजनीतिमा नहुनु ठूलो समस्या हो । एसएलसी पास गरेको सभासद्को बुद्धि -२ भन्दा बढी रहेनछ, र त्यस्ता डुकुलठ्ठक सभासद्लाई पत्याउने मेरो पनि बुद्धि प्लस टु भन्दा बढी होइन । यस्तो सभासद्ले संविधान सभामा कस्तो संविधान लेख्ला - स्थानीयताको हकमा के लेख्ला ? आत्मानिर्णयको अधिकार भनेको के लेख्ला ? स्यात्तता कस्तो लेख्ला ? अधिकारको विकेन्द्रीकरण कसरी गर्ला ? कस्तो लोकतन्त्रको वकालत गर्ला, रोजगारीको हक कसरी लेख्ला ? धेरैले धेरै कुराहरू भने, आजकल सभासद्लाई नाक थेप्चो तिव्वती घोडा साह्रै मन पर्छ अरे ! त्यसैले सभासद् चढेको कालो घोडा तिव्वती हो । कोही भन्छन् होइन अरेवियन नै हो । ठूलो गाँठिको महंगो घोडा, तर मैले केही खुट्याउन सकिन । आखिर प्रेमले चढेको घोडा कुन हो त- छुट्याउन बैद्य बा को २, प्रदिप नेपालको २ पुस्तक पढे, कही पनि त्यसको व्याख्या भेटिन । झन् वीपिको आत्मकथा र आत्मवृतान्तमा झन् छनक सम्म पनि रहेनछ् । विलक्लिन्टनको किताव किन्न भोटाहिटी पुगेको मलाई घोडा चिन्ने नसाले अझै छाडेन । बोकें मार्क्सको DAS CAPITAL।

अहिलेको रसुवाको समस्या भनेको प्रेम प्रवृत्ति हो । माधव कहिल्यै व्यक्तिको विरोध गर्दैनन्, गर्छ प्रवृत्तिको विरोध । प्रेम भाई तैले अब चाहेर पनि गाँस फिर्ता गर्न सक्छस् - अब सक्दैनस् । हुन त महिनाको ६० हजार खाने सभासद्लाई गरीवको गासँको महत्व के थाहा ? लहडमा चल्न र वर्षो एक महिनाको तलव जागिर लगाई दिए वापत पाउन जस्तो सुकै कार्य गर्ने प्रेम प्रवृत्ति । अर्का आशा र्राई प्रवृत्ति बाहिरीयाहरूमा क्षमताको कमी छ र घगडान नेता र राजनीतिक दलको खुट्टादेखि टाउकोसम्म मोल्ने र दाम तिरेर खुसी बनाउने अनि आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति, अर्को उमा प्रवृत्ति, बाहिरीया सोच बाहिरैको ल्याउनुर्पर्छ, जिल्लावासीलाई अवसर दिनुहुदैन, अर्को समस्या जुनसुकै कुरालाई राजनीतिक चस्माले हेर्न यहाँको नेताको गिद्धे दृष्टि, बाउ आफ्नै पार्टी नरहे यहाँ बाउ छोराको सम्बन्ध सकिन्छ, जिउँदाको जन्ती र मर्दाको मलामी टाढै जाओस्, । म रसुवा जाउँला र धेरै धन कमाउँला भनेर रसुवा आउन खोजेको थिइन् आऊनुमा ममा एक मात्र स्वार्थ थियो, खासमा कालिका हिमालयमा साधान र स्रोत भएको र त्यसलाई गति दिन एक सहयात्री बन्ने एक मात्र इच्छा, मैले ग्रिन गार्डेन वोडिङ्ग चलाएको तीन वर्षो अनुभव, उत्तरगया वोर्डिङ्ग स्कुल वेत्रवातीमा पढाएको एक वर्षो अनुभव र सैनिक माहाविद्यालयमा पढाएको दुई अनुभव गरी कालिका हिमालयलाई ल्याङग्वेज र कल्चरल ल्याव सहितको आधुनिक मिडियम स्कुलको रूपमा स्थापित गराउन सहयोग गरी सरकारी स्कुलमा छोराछोरी पढाउने निम्नस्तरको जनताको सेवा गर्ने र जगौँ जुग जिउने । कालिकामा बढा शिक्षक जाने र नयाँ शिक्षक भित्रिने युग भएकाले त्यो असम्भव थिएन, यसको लागि म प्रेमको कार्यकर्ता होइन, प्रेमलाई मेरो कार्यकता बनाउन चाहन्थेँ, उसले सायद यही सोच्यो, रसुवालीले राम्रो शिक्षा पाए भोलि मेरो पछि को लाग्छ ? प्रेम भाई यति सोच अहिलेलाई कहिलै पनि लहडमा र सिमित व्यक्तिको सल्लाहमा चल्न हुदैन , ज्ञानेन्द्र होइन्छ एक दिनको, एक क्षण्को मस्ति त के हो र - अहिले हेर न त रहृयो आफु, न रहृयो राजसंस्था, तिमीलाई त्रि्रो पार्टिको साइको थेरापिस्टका कहाँ उपचार गराउँ छ की गराउँदैन ! 

यस घटनाको असर दिर्घकालीन रहन्छ, ताप्लेजुङकी मैयाँले भनेकी छिन् 'थोरै जग्गा किन्ने रसुवामा, छोरीको नागरिकता रसुवाबाट बनाउने र प्लस टु पछि चिलिमेको छात्रवृतिमा पढाउने ।' हाम्रो रोजगारी आमाले खाइन, हाम्रा भाइबहिनीको पढ्ने अधिकार छोरीले खान्छिन कति ठूलो रोग सल्किएछ रसुवामा । रसुवाकी बहिनी अहिले यति कमजोर अवस्थामा छिन् की चित्कार गर्न पनि सक्दिनन्, लुट प्रेम लुट मौका यही हो , आशा, उमा र प्रेम मिलेर लुट् ,आफुले चाहेको पोजमा । 

प्रेम तामाङको तन्त्रलाई लुट तन्त्र - Spoil Sytem) भनिन्छ । राष्टपति जर्ज वासिङटनले सिमित पोष्टहरूमा राजनीतिक नियुक्ती गर्न थालेसँगै अमेरिकामा सुरू भएको लुट तन्त्र सन् १८८१ एक बेरोजगार युवकले राष्टपति गाफिर्ल्डको हत्या गरेसँगै सकिएको थियो । रसुवामा २ सय जना डिग्री पढेका युवा बेरोजगार जम्मा भएपछि लुट तन्त्र सकिन्छ र त्यससँगै प्रेम जस्ता राजनीतिज्ञको राजनीति पनि मसानघाटमा पुग्नेछ । कहिल्यै नर्फकने गरी र "रसुवा छोडो" आन्दोलनसँग नवीन रसुवाको जग हामी हाल्नेछौँ । जहाँ क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाह हुनेछ अनि बन्नेछ हाम्रो रसुवा प्रेम तामाङ तिमीलाई । रसुवालीको अमूल्य भोटको गुन तिमीले राम्रै तिर्यौ । अब अर्को चुनाव लड्न चाहिँ ताप्लेजुङ नै गए कसो होला !


http://www.teampromote.com/viewcampaign/11937066


0 सुझाव लेख्नुहोस्:

Post a Comment

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com